बेनी नगरपालिका

म्याग्दीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, पुस २६ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु भएको छ । क्याम्पसको अध्ययन अध्यापनलाई अनुसन्धानमूलक बनाउने उद्देश्यसहित ग्राण्ड विश्वविद्यालय आयोगको सहयोगमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले अबको शिक्षा गुणस्तरीय र अनुसन्धानमूलक हुनुपर्ने बताएका छन् । […]

बेनी नगरपालिकाद्वारा डिपिआर बनाउन पूर्वाधार योजना छनौट

विकल्प न्यूज/बेनी पुस २३ गते । बेनी नगरपालिकाले सहरी विकास तथा भवन निर्माण विभागले तयार पार्ने डिपिआरका लागि सोमबार योजना छनौट गरेको छ । बिभागले तीस/तीस करोड रुपैयाँका दुई वटा योजनाको लागि डिपिआर तयार बनाउन प्राथमिकता निर्धारण गर्न नगरपालिकालाई आग्रह गरेको थियो । विभागको आग्रह अनुसार सोमबार नगरपालिकामा भएको छलफलपछि नगरपालिकाको मुख्य नारा तय गरेर पूर्वाधार […]

आइएमई लाइफ ईन्स्योरेन्सको ६७औं शाखा बेनीमा

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, पुस २३ गते । आइएमई लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको ६७औं शाखा म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको छ । ‘बचत लगानी र सुविधाका लागि बीमा, बीमाका लागि आइएमई लाइफ ईन्स्योरेन्स’ भन्ने नारासहित शाखा विस्तार गरिएको हो । शाखाको सोमबार एक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष डाक्टर रामहरि अर्यालले उद्घाटन गर्दै बीमाप्रति युवा पुस्तालाई आकर्षण […]

म्याग्दीका उच्च भेगमा हिमपात,चिसोले जनजिवन कष्टकर

साधन राम्जाली/विकल्प न्यूज पुस २३ गते । म्याग्दीका उच्च भेगमा सोमवार दिउसो सामान्य हिमपात भएको छ । गय रातीदेखी उच्च पहाडी भेगमा हिउँ परे संगै म्याग्दीमा चिसो बढ्न थालेको छ । अत्याधिक चिसको कारण धारा टंकी र पानी जमेर बरफ बनेपछि पिउने पानी र सरफाइका लागि पानीको अभाव हुने गरेको स्थानीयको भनाई छ । मौसममा […]

तातोपानीमा ‘बाथ टव’ निर्माण

विकल्प न्यूज/बेनी पुस २२ गते । प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्न (डुब्न) आउने बिरामीलाई लक्षित गरी ‘बाथ टब’ निर्माण गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डमा बिरामीको अत्यधिक चाप बढेसँगै पूर्वाधार विस्तार गर्ने क्रम पनि बढिरहेको छ । विशेषगरी पछिल्लो समय विदेशी पर्यटक र नेपालका विशिष्ट […]

व्यवसायी केसीद्धारा कालीपुलमा नाली मर्मत गरेर ढल व्यवस्थापन

बिकल्प न्युज बेनी पुस २२ गते । म्याग्दी प्रवेशद्धार बेनीको कालीपुल बसपार्कको सडक छेउको नाली एक व्यवसायीले व्यक्तिगत खर्चमा मर्मत गर्नुभएको छ । कालीपुलको केवी अटो पाट्र्स एण्ड मोटरसाईकल सर्भिस सेन्टरका सञ्चालक खेम केसीले सडकबाट बग्ने ढललाई नाली बनाएर व्यवस्थापन गर्नुभएको हो । दुई दिनसम्म चार जना मजदुर र चार घण्टा ब्याकुहोलोडर परिचालन गरेर करिब […]

म्याग्दी जेसीजको अध्यक्षमा खम थापा निर्वाचित

विकल्प न्यूज/बेनी पुस २२ गते । म्याग्दी जेसीज २०१९ को अध्यक्षमा बेनीका खम थापा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न भएको २० औं वार्षीक साधारणसभा तथा शाखा अधिवेशनले थापालाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले बरिष्ठ कार्यकारीणी उपाध्यक्षमा भरत रकाल,कार्यकारीणी उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ,सुजन बरुवाल,महासचिव सन्दीप खत्री,कोषाध्यक्ष अर्जुन पौडेल,शाखा सम्पादक भिमनाथ शर्मा,उपाध्यक्षहरुमा रमेश आचार्य,निर्मल खत्री र सुमन […]

निर्माण व्यवसायी संघ म्याग्दीमा फेरी किचलो !

विकल्प न्यूज/बेनी पुस २१ गते । निर्माण व्यवसायी संघ म्याग्दीको बिवादका कारण स्थगित भएको अधिवेशनको मिति तय भएपनि किचलो कायमै छ । संघको गत भदौ २६ गतेको बैठकले मंसिर १५ गते तय गरेको एघारौ अधिवेशन तथा १८ औ साधारणसभा पुष १७ गतेको भेलाले अधिवेशन आयोजक समिति गठन गरि माघ ५ गते अधिवेशनको मिति तय भएपनि […]

बन्दुक देखाएर किमचौरमा लुटपाट गर्ने समुह प्रहरी नियन्त्रणमा

विकल्प न्यूज/बेनी म्याग्दी, २० पुस ।  म्याग्दी जिल्लाको मंगला गाउँपालिका –५ किमचौरमा बन्दुक देखाएर लुटपाटमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । किमचौरकी ६३ बर्षिया बृद्धा लीलमती बुढाथोकीको घरमा एकनाले भरुवा बन्दुक देखाउँदै लुटपाटको प्रयास गर्ने मंगला गापा–३ बरंजा भाँक्रिपानी घर भई हाल बागलुङ ताराखोला बस्ने ५५ बर्षिय पुथलाल छन्त्याल, भाँक्रिपानीका ३३ बर्षिय टेकेन्द्र […]

गण्डकी प्रदेशको नीति तथा योजना निर्माण गर्न बेनीमा सुझाव संकलन

साधन राम्जाली/विकल्प न्यूज पुस २० गते गण्डकी प्रदेश सरकारले नीति तथा योजना निर्माणका लागि जिल्ल्ला स्तरमा सुझाव संकलन सुरु गरेको छ । सुझाव संकलन अभियान अन्तर्गत शुक्रबार म्याग्दी आएको टोलीले सुझाव संकलन गरेको हो । सामाजिक विकास मन्त्री नरदेवी पुन मगरको टोलीले म्याग्दीका सरोकारवाला निकायहरु सँग सुझाव संकलन गरेको छ । टोलीले प्रथम पञ्चवर्षीय योजना […]

भाडा समायोजनको माग

विकल्प न्यूज/बेनी पुस २० गते ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले सार्वजनिक भाडादर समायोजनको माग गरेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पुगेका अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारीले सदरमुकाम बेनी देखि लामो तथा छोटो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर समायोजनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् । अनेरास्ववीयुका सुवास विश्वकर्मा र अनेरास्वीयु क्रान्तिकारीका […]

महिला उद्यमीहरुको अगुवाईमा बेनीमा माघेसंक्रान्ती मेलाको आयोजना हुने

विकल्प न्यूज/बेनी पुस १८ गते ।  म्याग्दीका महिला उद्यमीहरुले म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्नका लागि सदरमुकाम बेनीमा मेलाको आयोजना गर्ने भएका छन् । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा आगामी पुस ३० र माघ १ गते सदरमुकाम बेनीमा माघे […]

अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गरौं

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, पुस १८ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले अन्तर्राष्ट्रिय शिक्षा नीतिसँग प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । म्याग्दी बहुमुखी क्याम्पसको बुधबार बेनीमा २८औं वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले अन्तर्राष्ट्रिय बजारमा बिक्ने जनशक्ति तयार गर्नुपर्ने बताउनुभएको हो । उहाँले विगतमा शिक्षा लिने र दिने सवालमा त्रुटिहरु भएको हुँदा अन्तर्राष्ट्रिय बजारमा […]

निर्माण व्यवसायी संघ म्याग्दीको विवाद सुल्झीयो

विकल्प न्यूज/बेनी पुस १७ गते । निर्माण ब्यवसायी संघ म्याग्दीको १० औ अधिवेशन तथा १८ साधारणसभा आगामी माघ ५ गते हुने भएको छ । दुइ पक्षमा विभाजित भएका व्यवसायीहरु मंगलबार एकै ठाउँमा भेला भएर अधिवेशनको मिती तोकेका हुन । आधिवेशनको मिति तोकेसँगै निर्माण व्यवसायी संघको विवाद सुल्टीएको छ । संघमा विवाद चुलिएपछि पुसको ३ गते […]

रेडियो उद्घोषण तथा पत्रकारिता तालिमको समापन

विकल्प न्यूज/बेनी पुस १७ गते । एक हप्तादेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी आधारभूत रेडियो उद्घोषण तथा पत्रकारिता तालिम मङ्गलबार सम्पन्न भएको छ । म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित म्याग्दीकाली एफएम ८८ दशमलव २ मेगाहर्जको आयोजनामा तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले तालिममा सिकेका ज्ञान र सिपलाई व्यवहारमा उतार्न […]