बेनी नगरपालिका

गरिमा विकास बैंकद्धारा बेनी अस्पताललाई युरो गार्ड सहयोग

विकल्प न्युज बेनी ,बैशाख २९ गते । गरिमा विकास बैंकले बेनी अस्पताललाई युरो गार्ड मेसीन सहयोग गरेको छ । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका ८मा रहेको अस्पताललाई गरिमा विकास बैंकले करिब ४० हजार रुपैयाँ बराबरको सो युरो गार्ड मेसिन हस्तान्तरण गरेको हो । आइतबार एक कार्यक्रमका विच वडा नं ८ का अध्यक्ष रामकृष्ण बराइलीको उपस्थितीमा बैंकका  […]

पुलाचौरको जनकल्याण माविमा अक्षयकोष स्थापना

प्रताप बानियाँ/ विकल्प न्युज म्याग्दी, बैशाख २९ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना भएको छ । विद्यालयको आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर जनकल्याण मावि अक्षयकोषको अनावरण गरिएको हो । विद्यालयको शैक्षिक विकाससँगै कक्षा ११ र १२ सञ्चालन गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ । माथिल्लो […]

बेनीमा २६४३ औँ लुम्बीनी दिवस विविध कार्यक्रम सहित बनाइदै

विकल्प न्यूज/बेनी बैशाख २८ गते । म्याग्दीमा २६ सय ४३ औँ लुम्बीनी दिवस विविध कार्यक्रम सहित बनाइने भएको छ । बुद्ध जयन्ती तथा लुम्बीनी दिवस मुल समारोह समिति म्याग्दीले शनिवार बेनीमा पत्रकार सम्मेलन गरि आगामी जेठ २, ३ र ४ गते विविध कार्यक्रम सहित लुम्बीनी दिवस बनाउने कार्यक्रम सार्वजनिक गरेको हो । बुद्धको जन्मदिनको अवसरमा […]

म्याग्दी जेसीजद्धारा ट्राफिक सचेतना कार्यक्रम

विकल्प न्यूज/बेनी बैशाख २८ गते । म्याग्दी जेसीजको आयोजनामा शनिवार बेनीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण गर्ने र सवारी यात्रालाई सुरक्षित बनाउन जनचेतना अभिबृद्धिको लागि आयोजित कार्यक्रममा सार्वजनिक सवारी साधनमा दुर्घटना न्युनिकरणको लागि सचेतनामुलक स्टिगर टाँस गरिएको छ । जिल्लाबाट लामो तथा छोटो दुरीमा छुट्ने सावरी साधनमा स्टिगर […]

अलौकिक धाम गलेश्वर

जमुना शर्मा बर्षा /पोखरा बैशाख २६ गते ।  म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम एक अलौकिक शक्ति धामका रुपमा परिचित छ । धार्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको गलेश्वरधाम रहु नदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शिलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले […]

नेपाली काँग्रेस जनताको घरघरमा पुग्छः शर्मा

विकल्प न्यूज/बेनी बैशाख २६ गते । नेपाली कांग्रेस म्याग्दीले बुधबार देखी पहिलो चरणको हिमाल, पहाड तराई मधेश राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ। राष्ट्रिय जागरण अभियानको उद्घाट गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य शुक्रराज शर्माले जागरण अभियान मार्फत अब नेपाली काँग्रेस जनताको घरघर र हरेकको मनमा पुग्ने बताउनुभएको छ। नेपाली जनताको चाहाना विपरित अहिलेको दुइतिहाइको सरकारले काम […]

विश्व रेडक्रस दिवसको अवसरमा ज्येष्ठनागरिक सम्मान तथा खाद्यान्न वितरण

प्रताप बानियाँ \विकल्प न्यूज म्याग्दी, बैशाख २५ गते । नेपाल रेडक्रस सोासाइटी पुलाचौर उपशाखाको आयोजनामा बुधबार म्याग्दीको बेनी नगरपालिका–५, भीरमुनीमा विविध कार्यक्रमको आयोजना गरेर विश्व रेडक्रस दिवस मनाइएको छ । दिवसको अवसरमा ज्येष्ठनागरिक तथा स्वास्थ्यकर्मी सम्मान र खाद्यान्न वितरण गरिएको हो । बेनपा–५, भीरमुनीका १०२ वर्षीया ज्येष्ठनागरिक मनरुपा बानियाँलाई अबिर लगाई दोसल्ला ओढाएर नगदसहित सम्मान […]

एकल महिला तथा सशक्तिकरण केन्द्रको अध्यक्षमा केसी निर्वाचित

प्रताप बानियाँ\विकल्प न्यूज म्याग्दी, बैशाख २५ गते । एकल महिला तथा सशक्तिकरण केन्द्र म्याग्दीको बुधबार सदरमुकाम बेनीमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनबाट देवी केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । ‘एकल महिला तथा बालबालिकाको अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित सम्पन्न अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । […]

नेकपा म्याग्दीका जिल्ला सदस्यहरुले लिए शपथ

प्रताप बानियाँ/ विकल्प न्यूज म्याग्दी, बैशाख २५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी म्याग्दीका सदस्यहरुले बुधबार शपथग्रहण लिएका छन् । नेकपा म्याग्दीले आयोजना गरेको जिल्ला सदस्यहरुको पहिलो पूर्ण वैठक तथा शपथग्रहण कार्यक्रममा पार्टी एकतापछि बनेको जिल्ला कमिटी सदस्यहरुलाई शपथग्रहण गराइएको हो । नवगठित जिल्ला कमिटी सदस्यहरुलाई शपथग्रहण गराउँदै नेकपाका गण्डकी प्रदेश कमिटी अध्यक्ष […]

बेनी देखि तोरीपानी जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते

विकल्प न्यूज/बेनी बैशाख २५ गते । बेनीबाट बेनी नगरपालिका ९ तोरीपानीका लागि छुटेको ना ५ ख नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको छ । बुधबार साँझ पाँज बजे नेप्टेचौर दे्खि तल भुतादैला नजिकबाट बस तल खस्दा १५ जना यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको सवैको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको […]

प्रअमाथि कुटपिटमा संलग्न व्यक्ति प्रहरी खोरमा

विकल्प न्यूज \बेनी बैशाख २२ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानध्यापक माथि नै कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगंगा गाउँपालिका ८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातिय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो । […]

बेनीमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईयो

विकल्प न्यूज /बेनी बैशाख १९ गते ।  म्याग्दीको सदरमुकाम बेनीमा विहिवार राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा प्रभातफेरी गरिएको छ । कम्प्युटर एशोसियसन अफ नेपाल जिल्ला शाखा म्याग्दीले प्रभातफेरी कार्यक्रमको आयोजना गरेर सूचना प्रविधि दिवस मनाएको हो । डिजिटल नेपाल ः विकास र समृद्धिको आधार भन्ने मुल नाराका साथ बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी बजारका […]

सम्पदा मास्दै बेनी नगरपालिका

विकल्प न्यूज/बेनी बैशाख १९ गते । बेनी नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र महत्वपूर्ण सम्पदाहरु मास्न थालेको छ । नगर क्षेत्र भित्र पर्ने मठमन्दिर,बर पिपल र सार्वजनिक चौतारीहरु भत्काएर व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न थालेको हो । बेनी नगरपालिका वडा नम्बर ७ स्थित बेनी सामुदायिक विद्यालयको छेवैमा रहेको पुराना पिपलको रुखलाई मासेर त्यहाँ व्यवसायिक प्रयोजनका लागि प्रयोग […]

श्रमिक दिवसका अवसरमा सञ्चारकर्मी सम्मानित

विकल्प न्यूज/बेनी बैशाख १९ गते । एकसय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नवविकल्पमा कार्यरत सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ । विगत ११ वर्ष देखि बेनीबाट निरन्तर प्रकाशित हुँदै आएको नवविकल्प साप्ताहिक समाचारपत्रले आफ्नो संस्थामा कार्यरत ३ जना सञ्चारकर्मीहरुलाई नगद सहित सम्मान गरेको हो । श्रमिक दिवसका अवसरमा पत्रिकाको कार्यालयमा आयोजित कार्यक्रमका विच पत्रिकाको स्थापना देखि हालसम्म […]

निर्दयी ठेकेदार ! श्रमिक दिवसका दिन मजदुरको मृत्यु

विकल्प न्यूज/बेनी बैशाख १८ गते । आज एकसय ३० औं मजदुर दिवस । संसारका श्रमिकहरुले विभिन्न कार्यक्रमहरु गरेर मजुदर दिवस मनाइरहेका थिए । तर यता म्याग्दीमा भने एकजना मजदुरको सडक विस्तार गर्ने क्रममा पुरिएर मृत्यु भयो । श्रमिक दिवसका दिन पनि ठेकेदारले मजदुरलाई विदा दिएनन् । विदा नदिएका कारण मजदुरको मृत्यु भयो भन्न खोजिएको त होइन […]