रघुगंगा गाउँपालिका
रितुङ पुस्तकालय अक्षयकोषलाई शेर्पाको ५१ हजार सहयोग

गोपाल छन्त्याल/बेनी भदौ २३ गते । म्याग्दीको रघुगंगा–८ दुलेखर्कस्थित रितुङ माविमा सञ्चालित रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । दुर्गम क्षेत्रमा सञ्चालित विद्यालय र पुस्तकालय मार्फत गरिब तथा निमुखा विद्यार्थीहरुको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले उदयपुर घर भइ हाल अमेरिकामा कार्यरत आङजम्बु शेर्पाले ५१ हजार सहयोग गरेका हुन् […]
पर्यटन प्रवर्द्धनका लागि रुईसेमा तिज विशेष कार्यक्रम

धिरन खत्री/विकल्प न्यूज म्याग्दी, १७ भदौँ । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुईसे–भेडिओढारमा पर्यटन प्रवद्र्धनका लागि तिज विशेष एवम् दर खाने कार्यक्रम शनिबार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजना, वडा २ को ब्यवस्थापन र आमासमुहको सहयोगमा रुईसेमा तिज विशेष प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाभित्र रहेको मौलिक भेषभुषामा सजिएर १४ टिम आमासमुह सहभागिता रहेको तिज […]
एक विद्यालयले अर्को विद्यालयलाई प्रिन्टर सहयोग

विकल्प न्यूज/बेनी भदौ ९ गते । रघुंगा गाउँपालिका ४ को जनता मावि दग्नामले सोही गाउँको शिव आधारभूत विद्यालय दरमिजालाई प्रिन्टर सहयोग गरेको छ । गाउँपालिकाले उपलब्ध गराएको रकमबाट जनता माविले नयाँ प्रिन्टर खरिद गरि सहयोग गरेको हो । वडा अध्यक्ष रुक बहादुर गर्बुजा,विद्यालयका प्रधानाध्यापक गुन पुन,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गर्बुजाले शिव आधारभूत विद्यालयका प्रअ […]
“दग्नाम गाउँको चिनारी” (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं ५ गते । रघुगंगा गाउँपालिका ४ दग्नामाको परिचय झल्काउने म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका गीता पाइजाको आवाज रहेको म्यूजिक भिडियोको निर्देशन पुष्कार बिवेक थापाले गर्नुभएको छ । खिम गर्बुजा र नमुना गर्बुजाको उत्कृष्ट शब्द, गायिका पाइजा र गायक गगन पुनको सुमधुर आवाज,आँसु लामाको लय,रहेको म्यूजिक भिडियो लाई युवा निर्देशक […]
गाउँपालिका अध्यक्षको तलब बालबालिकाको शिक्षामा

विकल्प न्यूज/बेनी भदौं ३ गते । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गर्नुभएको हो । गाउँ कार्यपालिकाको बैठकबाट परिवारका सदस्यको हक नलाग्ने […]
थापाद्धारा दिवंगत छोरीको स्मृतिमा अक्षयकोष स्थापना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ भदौ । म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापाले दिवंगत छोरीको स्मृतिमा रघुगंगा गाउँपालिका ७ चिमखोला स्थित अमर माविमा अक्षयकोष स्थापना गर्नुभएको छ । अस्टे«लीयाको सिड्नीमा दिवंगत भएकी संगिता राम्जालीको वार्षिक पुण्य तिथी पारेर शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गरिब, विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीको सहयोगका लागि तिन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको […]
ऋखार क्षेत्रमा भक्तजनको स्वागतार्थ जनश्रमदानमा गेट तयार

गोपाल छन्त्याल/बेनीः साउन २९ गते । सप्तऋषिले तपस्या गरेको पूण्यभूमि ऋखारमा पुजापाठ र दर्शनका लागि आउने भक्तजनका लागि स्वागत गेट बनाईएको छ । वडा नं ८ दुवाडीमा ऋखार संरक्षण तथा सुधार समिति र देउराली आमा समूहको ७ लाख रुपैयाँ नगद र जनश्रमदानमा स्वागत गेट बनाईएको हो । उक्त गेट भाद्र ५ गते उद्घाटन गरिने ऋखार […]
पाखापानीमा प्रहरीको नागरिक सुनुवाई

सन्तोष गौतम/विकल्प न्यूज पाखापानी २६ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका बासिन्दाले गाउँका कार्यालयमा कर्मचारी नबसेको र प्रहरीको गस्ती कम भएको गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालयले शुक्रबार पाखापानीमा आयोजना गरेको नागरीक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयबासीहरुले विकृती, अपराध र चोरी निकासी नियन्त्रणका लागि प्रहरीले गाउँगाउँमा गस्ती बढाउनुपर्ने सुझाव दिएका हुन् । स्थानीयबासी दप्रसाद […]
नदी नियन्त्रणपछि दरवाङबासीलाई राहत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० साउन ।म्याग्दी नदीको कटान नियन्त्रण भएपछि म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङका बासिन्दाले सुरक्षित महशुस गरेका छन् । गाउँपालिकाले सुरु गरेको कामलाई पूर्णता दिन सांसद थापाको साथ पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटान नियन्त्रणका लागि किनारमा पक्कि र ग्यावियन पर्खाल निर्माण भएपछि राहत महशुस गरेका हुन् । विगतका वर्षमा ठूलो […]
रितुङ पुस्तकालको अक्षयकोषलाई अमेरिकाबाट ४२ हजार सहयाेग

अनिल पौडेल/बेनी साउन ४ गते । म्याग्दीको रघुगंगा–८ कुईनेमँगलेस्थित रितुङ मावि दुलेखर्कमा स्थापना भएको रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ४२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । कुईनेमँगलेस्थित चौरखानीका खुममायाँ छन्त्याल, इनमायाँ छन्त्याल (इशा), लक्ष्मी छन्त्याल र ललित छन्त्यालले आफ्नो स्वर्गीय हजुरबुवा दलबहादुर छन्त्याल र हजुरआमा तुलसा छन्त्यालको स्मृतिमा एकमुष्ट ४२ हजार रुपैयाँ उपलब्ध गराएका हुन् […]
दग्नामको तोयमा पहिरो जाँदा सडक भासियो

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३२ असार । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँट देखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षातपछि सोमबार दिउँसो जमिन धाजा फाटेर पहिरो जाँदा करिब २५ मिटर सडक भासिएको हो । सडक तलको भिरालो जमिन धाँजा […]
रघुगंगामा प्रभु बैँकको शाखा विस्तार

कमल खत्री /रघुगंगा असार २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रभु बैँकको शाखा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकबाट (क) बर्गको बैंकको अनुमती पाएको प्रभु बैँकले रघुगंगा गाउँपालिकाभित्रका सेवाग्राहीहरुलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ मौवाफाँटमा विहिवारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको हो । १५४ औँ शाखाको रुपमा मौवाफाँटबाट बैँकीङ […]
रघुगंगाको पर्यटन गुरुयोजना तयार

गोपाल छन्त्याल/बेनी असार २५ गते । रघुगंगा गाउँपालिकाले प्रसिद्ध दुई धार्मिकस्थल गलेश्वरधाम र ऋखार क्षेत्र जोड्ने पदमार्गलाई उच्च प्राथामिकता दिदै पर्यटन गुरुयोजना तयार पारेको छ । शुभारम्भ उद्यमशील नेपालको सहकार्यमा पर्यटन विज्ञ सहितको टोलीले बस्तीस्तरमा पुगेर गुरुयोजना तयार पारेको हो । गुरुयोजनाले पाँच बर्षभित्र पर्यटनको क्षेत्रमा गर्न सकिने संभावनाको विषय उजागर गरेको छ । गाउँपालिकाको […]
जलाधार व्यवस्थापन कार्यक्रम मार्फत नौ ठाउँमा पहिरो नियन्त्रण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ असार । जिल्ला भुसंरक्षण कार्यालय म्याग्दीले सञ्चालन गरेको विद्युत जलाशय क्षेत्रको एकिकृत जलाधार व्यवस्थापन कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा म्याग्दीमा नौ वटा योजना तथा कार्यक्रम भएका छन् । कार्यालयले सोमबार बेनीमा आयोजना गरेको समिक्षा कार्यक्रममा जलविद्युत आयोजनाको दिगोपनाका लागि प्रभावीत क्षेत्रमा पानीको स्रोत संरक्षण, भुक्षय र पहिरो रोकथाम गर्ने उद्देश्यले […]
कुईनेमँगले, चिमखोला र दग्नाममा योजनाको अनुगमन

विकल्प न्यूज/बेनी असार २४ गते । रघुगंगा गाउँपालिकाले तीन वडा चिमखोला, कुईनेमँगले र दग्नाममा सञ्चालित योजनाका अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारी, उपप्रमुख कमला तिलिजा, प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाई, सब–इञ्जिनियर कमल चोखाल, विषयगत शाखाका प्रमुखहरुको टोलीले तीन वडामा सञ्चालित विकास निर्माण, उपलब्ध गराएका विषयगत शाखाका अनुदान लगायतका योजनाबारे अनुगमन गरिएको हो […]