रघुगंगा गाउँपालिका

लामो पुलको अवलोकन गर्दै पर्यटक (फोटो)

विकल्प न्यूज/बेनी चैत ११ गते । रघुगंगा गाउँपालिका १ बेगखोलमा निर्माण गरिएको नेपालकै लामो पुलको अवलोकन गर्दै बेनीबाट पुगेका आन्तरिक पर्यटकहरु । एकवर्ष अघि बेगको बाँदुक र बेग गाउँलाई जोडन निर्माण गरिएको पुलको पछिल्लो समय अवलोकन गर्न बेनी देखि आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् । पुल तिसय ६५ .८ मिटर छ । तस्विर ठाकुरप्रसाद आचार्य  […]

रुइसे र लामो पुलमा उद्योग बाणिज्य संघको पर्यटन प्रबद्र्धन कार्यक्रम (फोटोफिचर)

विकल्प न्यूज/बेनी चैत १० गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग बाणिज्य संघले जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धन गर्ने अभियान थालेको छ । म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल बनाउन संघले पर्यटकीय क्षेत्रहरुमा पुगेर प्रबद्र्धनात्मक कार्यक्रमको सुरुवात गरिएको संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो । यसै शिलशिलामा शनिबार रघुगंगगा गाउँपालिकाको २ भगवति […]

झोलुङ्गे पुलले जोड्यो गाउँ र सहर (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज चैत १० गते । तत्कालिन गाउँ र इलाका परिषद हुँदै जिल्ला परिषदले ८ बर्ष अघि माग गरे पनि अहिले मात्र पुल निर्माण भएको हो । रघुगंगा नदीको दुवै किनारको थाकन ढिल माथि बनाइएको पुल एकसय २१ मिटर लामो छ । सस्पेन्सन ब्रिज डिभिजन ललितपुर मार्फत पुल निर्माणको लागि गत साउनमा थानी–बिएलटी […]

झिँ र शिखमा हेलिप्याड निर्माण

विकल्प न्यूज/बेनी चैत १० गते । रघुगंगा गाउँपालिका–५ झिँ र अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबार हेलिप्याड निर्माण भएको छ । अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सम्बन्धित स्थानीय तहको आर्थिक र सुरक्षा निकायको प्राबिधिक सहयोगमा हेलीप्याड निर्माण भएको हो । झिँ र शिख सहित म्याग्दीका ४५ मध्य […]

जापानमा संयुक्त लगानी सम्मेलन,ठाडोखोला जलविद्युतमा १० करोडको प्रतिबद्धता

विकल्प न्यूज/जापान चैत ६ गते ।  जापानमा रहेका नेपालीहरुले म्याग्दीमा निर्माण हुन लागेको ठाडोखोला जलविद्युत आयोजनामा संयुक्त लगानीका बारेमा छलफल तथा अन्तरक्रिया गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ र एनआरएन जापानको अगुवाईमा छलफल तथा अन्तरक्रिया गरिएको हो । एनआरएनएका अध्यक्ष भबन भट्टको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रम मा ठाडो खोला जलविद्युत परियोजनाको बिषयमा आफ्ना कुरा […]

क्षयरोगी पहिचान गर्न खकारको नमुना परिक्षण सुरु

विकल्प न्यूज/बेनी फागुन ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा बिहीबारदेखि क्षयरोगी पहिचान गर्न खकारको नमुना परिक्षण सुरु भएको छ । स्वास्थ्य मन्त्रालय अन्तरगतको राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौको आयोजनामा बेग स्वास्थ्य चौकीमा तीन दिन सम्म साविक बेग गाविसको ५ वटा वडाका ५१० जनाको खकारको नमुना परिक्षण गरिने जनाइएको छ । क्षयरोगको अवस्था पहिचान गर्न […]

रघुगंगाको आवधिक योजना निर्माण सुरु

सन्तोष गौतम/ विकल्प मौवाफाँट २४ फागुन ।म्याग्दीको रघुगंगा गाउँपालिकाले त्रिवर्षीय आवधिक योजना निर्माण गर्न लागेको छ । गाउँपालिकाको वर्तमान वस्तुअवस्था, सम्भावना, आवश्यकता, चुनौति र स्रोत साधनको विश्लेषण गरेर आवधिक योजना बनाउन लागेको हो । आवधिक योजना तयार गर्ने जिम्मा लिएको इगल सोलुसन प्रा.लीले गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रबार जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा […]

राखुपिप्ले स्वास्थ्यचौकीमा बहिरङ्ग उपचार केन्द्र स्थापना

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, फागुन १८ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३, स्थित राखुपिप्ले स्वास्थ्यचौकीमा शुक्रबार बहिरङ्ग उपचार केन्द्र स्थापना भएको छ । रघुगंगा गाउँपालिका र वडा कार्यालयको पहलमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा बहिरङ्ग उपचार केन्द्रको स्थापना गरिएको हो । बहिरङ्ग उपचार केन्द्र स्थापना कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिका भित्रका […]

राष्ट्रपति रनिङ शिल्ड विजेता रघुगंगा र मुक्तिधाम माविको बिजय उत्सव

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ फागुन । रघुगंगा गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिताको उपाधिको बिजेता पिप्लेको रघुगंगा र उपबिजेता भगवतीको मुक्तिधाम माविले आइतबार बिजयउत्सव मनाएका छन् । रघुगंगा माविका शिक्षक, विद्यार्थी र अभिभावकहरुले बाजागाजा सहित पिप्ले गाउँ परिक्रमा गरेर विद्यालयमा पदक दिलाउन योगदान गर्ने विद्यार्थीहरुलाई सम्मान गरेका थिए […]

भगवतीमा आयोडिन नुनको बारेमा जनचेतनामुलक कार्यक्रम

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ फागुन । आयोडिन नुनको प्रयोगको बारेमा म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीमा रहेको मुक्तिधाम माविमा आइतबार सन्देशमुलक कार्यक्रम सम्पन्न भएको छ । साल्ट टे«डीङ कर्पोरेशन बागलुङको आयोजनामा आयोडिन नुनको महत्व, सुरक्षित प्रयोगको बिधीको बारेमा जनचेतनामुलक कार्यक्रम गरिएको हो । सो अवसरमा २० जना विद्यार्थीहरुलाई आयोडिनयुक्त नुनको चिन्ह अंकित झोला वितरण गरिएको थियो […]

राखु पिप्लेकी ८१ बर्षिया बृद्ध बलात्कृत

विकल्प न्युज/ बेनी फागुन १२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखु पिप्लेकी ८१ बर्षिया बृद्धा बलात्कृत हुनुभएको छ । शुक्रवार राती १० बजे आफ्नै घरमा स्थानीय ३३ बर्षिय गोरे दर्जीले कान नसुन्ने, मुख नबोेल्ने अपाङ्ग बृद्धालाई बलत्कार गरेको जिल्ला प्रहरीे कार्यालय म्याग्दीले जनाएको छ । राती घरभित्र बृद्धा मात्र सुतेको अवस्थामा छिमेकी दर्जीले एक्लै […]

रघुगंगाको प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधी रघुगंगा माविलाई

विकल्प न्यूज/बेनी फागुन ११ गते । रघुगंगा गाउँपालिका ५ झिँमा शनिबार सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधी रघुगंगा मावि राँखु पिप्लेले जितेको छ । १० स्वर्ण ५ रजत र ४ काश्य गरी कुल १९ मेडल प्राप्त गरी प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेको हो । यसै गरी […]

रघुगंगाको झिँमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी फागुन १० गते । म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा शुक्रवार देखि अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । रघुगंगा गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसील उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दै जिसस प्रमुख केसीले स्थानीय तहमा आयोजना गरिएको प्रतियोगिताले […]

स्थानीय तहहरुमा पनि प्रजातन्त्र दिवस मनाइयो

विकल्प न्यूज /बेनी फागुन ७ गते ।  म्याग्दीका स्थानीय तह र वडा स्तरमा पनि मंगलबार विभिन्न कार्यक्रम गरेर ६९ औ प्रजातन्त्र दिवस मनाइएको छ । धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको आयोजनामा प्रजातन्त्र दिवस मनाइएको हो । धवलागिरी गाउँपालिकाको ७ वटै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयहरुको आयोजनामा सरफाई कार्यक्रम गरेर दिवस मनाइएको गाउँपालिकाका अध्यक्ष थमसरा […]

दृष्टिविहिन स्रोत कक्षालाई रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा सहयोग

विकल्प न्यूज/बेनी फागुन २ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले दृष्टिविहिन स्रोत कक्षालाई रु २१ हजार बराबरको सहयोग गर्नुभएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षामा रहेका बालबालिकाहरुको लागि अध्यक्ष भण्डारीले बुधवार सो सहयोग गर्नुभएको हो । उहाँले २१ हजार बराबरको मादल, सारङ्गी, अडियोको पेनड्राईभ, स्पिकर, […]