मालिका गाउँपालिका
प्रसिद्ध धार्मिक स्थल मालिका मन्दीरमा पुर्वाधार निर्माण

विकल्प न्युज बेनी, जेठ २४ गते । म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकिय स्थल मालिका मन्दीरमा पुर्वाधार निर्मााण गरिएको छ ।मालिका गाउँपालिकाको वडा नं ६ ,७ र रघ्ुगंगा गाउँपालिकाको वडा नं ६को सिमानामा रहेको मालिका धुरीमा पुजा गर्न आउने श्रद्धालु भक्तजनलाई लक्षित गरि गाउँपालिकाको आर्थिक सहयोगमा पुर्वाधार निर्मााण गरिएको हो । मालिका गाउँपालिकाको १४ लाख ४० […]
राष्ट्रिय जागरण अभियान दरबाङमा, विभिन्न पार्टी त्याग गरी कांग्रेसमा प्रवेश

विकल्प न्युज बेनी जेठ २२ गते । नेपाली कांग्रेस म्याग्दीको राष्ट्रिय जागरण अभियान मालिका गाउँपालिका ६ दरबाङमा सम्पन्न भएको छ । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई तिब्र रुपमा सात प्रदेशका सबै जिल्लाका शहर र गाउँगा केन्द्रीत बनाएको छ । गाउँ जागरण अभियानको क्रममा नेपाली कांग्रेस म्याग्दीले बुधबार दरबाङमा जागरण अभियानको आयोजना गरेको हो । […]
जनप्रिय माविमा निवन्ध लेखन प्रतियोगिता

विकल्प न्युज बेनी , जेठ २२ गते । मालिका गाउँपालिकाको आयोजना र इलाका प्रहरी कार्यालय दरबाङको सहकार्यमा गाउँपालिकाको सबै वडाहरुमा लागु पदार्थ दुव्र्यसनि सम्बन्धी विभिन्न संचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको छ । यसैगरी सोही कार्यक्रम अन्तर्गत बुधबार वडा नं ६ दरबाङमा निवन्ध लेखन कार्यक्रम सम्पन्न भएको छ । लागु पदार्थ दुव्र्यसनी विषयक निबन्ध लेखन कार्यक्रममा २४ […]
देविस्थानको पर्यटकीय स्थल गाईखर्क ताल जाने सडक निर्माण

विकल्प न्युज बेनी, जेठ २० गते । पछिल्लो समय पर्यटकीय स्थलको रुपमा विकास भएको म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा रहेको पर्यटीय स्थल गाईखर्क ताल जाने सडक निर्माण भएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित दुई लाख रुपैयाँ र स्थानीय बासिको ५० हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोत्ता समितिका अध्यक्ष रविन्द्र राना मगरले जानकारी […]
फुलबारीमा लागु औषध दुव्र्यसनी नियन्त्रण कार्यक्रम

विकल्प न्युज बेनी, जेठ १६ गते । म्याग्दीको मालिका गाउँपालिका– ४ फुलबारीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध दुव्र्यसनी नियन्त्रण अभियान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना ,इलाका प्रहरी कार्यलय दरबाङको सहआयोजना र छहारी युवा क्लबको सहकार्यमा विहिबार फुलबारीमा कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरिक्षक रामप्रसाद […]
नेपाली काँग्रेस ओखरबोटका सचिव नेकपामा प्रवेश

विकल्प न्यूज/बेनी जेठ १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मालिका गाउँपालिका ४ ओखरबोटमा वडा कमिटिको पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ । वैठकका अवसरमा नेपाली काँग्रेस ओखरवोट गाउँ कार्यसमितिका सचिव प्रेम सिउथानी काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नुभएको छ । सिउथानीलाई नेकपाका जिल्ला सदस्य रेशम जुग्जाली र गाउँपालिका कमिटीका अध्यक्ष बेगप्रसाद गर्बुजाले अविर लगाएर […]
देउताभिर कपको उपाधी सुर्यमुखी युवा क्लबले जित्यो

बालकुमार फगामी /देविस्थान जेठ १२ गते । मालिका गाउँपालिका ५ देविस्थानको मगरदाङमा बुद्ध जयन्तीको अवसरमा स्थानीय देउताभिर युवा क्लबले आयोजना गरेको वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधी सूर्यमुखी युवा क्लब घरथोकले जितेको हो । प्रतियोगिताको महिला फुटबलको उपाधी भने सामाखुसी फुटबल क्लब काठमाडौंले हात पार्न सफल भएको छ । विजेता समुहले ७५ हजार नगद , मेडल […]
मालिका गाउँपालिकाको सबै वडामा मेलमिलाप केन्द्र स्थापनाको तयारी

विकल्प न्युज दरवाङ , जेठ ११ गते । म्याग्दीको मालिका गाउँपालिकाको सबै वडामा मेलमिलाप केन्द्र स्थापनाको तयारी भएको छ । वडा स्तरमा हुने बिवाद निरुपण र मेलमिलाप कायम गर्न सहजिकरणका लागि ७ वटै वडामा केन्द्र स्थापना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । वडा कार्यालय अन्तरगत केन्द्र स्थापना गर्न कार्यालय व्यवस्थापनका लागि आवश्यक सामग्री जुटाइएको र […]
मालिकामा दुई दिने पत्रकारिता तालिम सम्पन्न

विकल्प न्युज दरवाङ, जेठ ११ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा शुक्रबारदेखि सुरु भएको आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । म्याग्दी मिडिया सोसाईटीको आयोजना, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र मालिका गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिम शनिबार समापन भएको हो । तालिममा मालिका गाउँपालिकाको ७ वटा वडाका ३५ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएका […]
मालिकामा पत्रकारिता तालिम सुरु

विकल्प न्युज दरवाङ , जेठ १० गते । मालिका गाउँपालिका ६ दरबाङ्गमा शुक्रबारदेखि आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । म्याग्दी मिडिया सोसाईटीको आयोजना, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र मालिका गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा मालिका गाउँपालिकाको ७ वटा वडाका ३६ जना सहभागि छन । […]
कांग्रेसको जागरण अभियान च्युरिबोटमा

विकल्प न्युज /बेनी ,जेठ ८ गते । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान म्याग्दीमा तिब्र रुपमा अगाडी बढेको छ । यसै गरी जिल्लाको मालिका गाउँपालिकाले बुधबार देखी जागरण अभियान सुरु गरेको छ । वडा नं ४ स्थित च्युरिबोटमा एक कार्यक्रम गरी जागरण सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै चर्चित युवा नेता गाउँपालिकाका अध्यक्ष एवम् तरुण […]
मालिकाको दरबाङमा कुक तालिम

विकल्प न्युज/दरबाङ, जेठ ७ गते । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङमा कुक तालिम सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजना र धौलागिरी प्राविधक शिक्षालय मुस्ताङ ,लेतेको प्राविधिक सहयोगमा हिमाल होटेलमा ५ गते देखी १४ दिने कुक तालिम सुरु भएको हो । तालिममा खानाका परिकार , पकाउने विधि तथा होटेल व्यवस्थापनका बारेमा सिकाइने तालिमका प्रशिक्षक जयप्रकाश गुरुङले […]
हरि गौतमको अध्यक्षतामा मालिकामा बाल सञ्जाल गठन

साधन राम्जाली/ विकल्प न्युज दरबाङ जेठ ७ गते । म्याग्दीको मालिका गाउँपालिकामा गाउँपालिका स्तरिय बाल सञ्जाल गठन गरिएको । मंगलबार गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित कार्यक्रमबाट किसानी माविका हरि गौतमको अध्यक्षतामा मालिका गाउँपालिका बाल सञ्जाल गठन गरिएको हो । उपाध्यमा मिता पुर्जा ,सचिवमा विनय सेती ,सहसचिवमा सफल सेञ्चुरी,कोषध्यक्षमा सवि भट्टचन र सदस्यहरुमा रविना घर्र्ति ,मनिसा जुग्जाली […]
दरवाङमा होटल व्यवस्थापन सम्बन्धी तालिम सुरु

विकल्प न्यूज/दरवाङ जेठ ७ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा होटल व्यवस्थापन तालिम सुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र धौलागिरि प्राविधिक शिक्षालय मुस्ताङको प्राविधिक सहयोगमा सोमबार देखि दुइहप्ते आधारभूत होटल व्यवस्थापन तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले पछिल्लो समयमा दरवाङ बजार विस्तारको क्रममा रहेको र होटल खुल्ने […]
मालिकाको देविस्थानमा एक हप्ते होमस्टे तालिम सम्पन्न

साधन राम्जाली /विकल्प न्युज बेनी जेठ ६ गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानमा होमस्टे (घरवास) तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनमा संचालित एक हप्ते तालिम आइतबार सम्पन्न भएको हो । आईतबार सम्म संचालन भएको तालिममा २६ जना प्रशिक्षार्थि सहभागि भएका थिए । तालिममा प्रशिक्षक घनश्याम गिरीले प्रशिक्षणा दिनुभएको थियो । तालिमको […]