मंगला गाउँपालिका

एमाले म्याग्दीद्धारा उमेद्वार सिफारिस

विकल्प न्यूज/बेनी बेनी २० असोज । नेकपा एमाले म्याग्दीले आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उमेद्वारको नाम सिफारिस गरेको छ । बेनीको हाँडेभिर स्थित पार्टी कार्यालयमा बिहीबार र शुक्रबार बसेको जिल्ला कमिटि बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वार सिफारिस गरेको छ । प्रदेशसभाको क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ बैकल्पीक केन्द्रिय सदस्य […]

यस्तो रहयो म्याग्दीका जनप्रतिनिधिको सय दिन

सन्तोष गौतम /विकल्प न्यूज असोज ११ गते । २०७४ बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन मार्फत चुनिएका म्याग्दीका जनप्रतिनिधिहरुले पदभार सम्हालेको एक सय दिन पुरा भैसकेको छ । निर्वाचित भएलगत्तै करिब एक महिना स्वागत तथा सम्मानमै बिताएका जनप्रतिनिधिहरुको पहल र नेतृत्वमा पछिल्लो २ महिनामा भने सार्वजनिक सेवा प्रवाह र विकासको क्षेत्रमा केही […]

बरङ्जाका युवाहरुद्धारा साघु निर्माण

विकल्प न्यूज/बेनी भदौ १८ गते । मंगला गाउँपालिका ३ बरंजाका युवाहरुले झ्याप्रे खोलामा काठको साँघु निर्माण गरेका छन् । गतिशिल युवा क्लबमा आवद्ध बिस जना युवाहरुले एक दिन श्रमदान गरेर साँघु निर्माण गरेका हुन् । साँघु निर्माण भएपछि बरंजा, धापुङ र महेशगाउँका बासिन्दालाई आवत जावतमा सहज भएको छ । यसैबीच सो क्लबको शनिबार रणबहादुर बुढाथोकीको […]

म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयनमा अलमल

सन्तोष गौतम/विकल्प न्यूज भदौ १२ गते ।  कर्मचारी र जनप्रतिनिधिविच समन्वयको अभाव  खटाइएका कर्मचारी कार्यक्षेत्रमा जान अटेर  वडा सचिवहरु अझै सदरमुकाममै  विषयगत कार्यालयले सहजिकरणमा बेवास्ता कर्मचारी व्यवस्थापन गर्न क्षेत्रिय प्रशासकको निर्देशन  म्याग्दीका स्थानीय तहले बजेट बिनियोजन गरेका विषयगत कार्यालयसँग सम्बन्धित योजना तथा कार्यक्रम कार्यान्वयनमा अलमल र अन्यौलता सिर्जना भएको छ । स्थानीय तह, जनप्रतिनिधि र […]

खोला र कुलोको दुषित पानी उपभोग गर्नुपर्ने बाध्यता हट्यो

विकल्प न्यूज/बेनी म्याग्दीको मंगला गाउँपालिका २ मा निर्माण भएको कोत्रवाङ ताराखेत खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएको छ । मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले आयोजनाको उद्घाटन गर्नुभएको हो । ब्रिटिस गोर्खा वेयलफेयरको १४ लाख ८४ हजार ३८९ र उपभोक्ताको नौ लाख चार हजार ९०६ रुपैयाँ लगानीमा निर्माण भएको आयोजनाबाट कोत्रवाङ र तोराखेतका ३९ घरधुरी लाभान्वित […]

सेवा केन्द्रबाट पशुपंक्षीको औषधि उपचारको व्यवस्था मिलाउन कृषकको माग

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर २६ साउन । म्याग्दीको मंगला गाउँपालीका कृषकहरुले पशु सेवा केन्द्रबाट पशुपक्षीको औषधी उपचारको सेवा उपलब्ध गराउन माग गरेका छन् । जिल्ला पशु सेवा कार्यालय म्याग्दीले बिहीबार बाबियाचौरमा आयोजना गरेको कृषक समूहका प्रतिनिधिहरुसंगको अन्तरक्रियामा सहभागी कृषकहरुले यस्तो बताएका हुन् । सेवा केन्द्रबाट औषधी उपचार सेवा उपलब्ध नहुँदा कृषक समस्यामा परेको गुनासो गरेका […]

मंगला र मालीका गाउँपालिकामा वास परियोजना सञ्चालन सम्बन्धि सम्झौता

सन्तोष गौतम /विकल्प न्यूज बाबियाचौर २६ साउन । म्याग्दीको मंगला र मालीका गाउँपालीकामा सरसफाईमा पहुँच वृद्धी र आधारभुत खानेपानीको सुबिधा विस्तारका लागि पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना सञ्चालन हुने भएको छ । यसअघि जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित दोस्रो चरणको उक्त परियोजना राज्य पुनसंरचनासंगै मंगला र मालीका गाउँपालीकामा केन्द्रित भएको हो । मालीकामा […]

बरंजाका युवाहरुले सडक मर्मत गरे

विकल्प न्यूज/बेनी साउन २१ गते मंगला गाउँपालिका ३ बरंजाका युवाहरुले शनिबार सडक मर्मत गरेका छन् । बरंजाको गतिशिल युवा कल्वमा आवद्ध युवाहरुले श्रमदान गरेर सडक मर्मत गरेका हुन् ।क्लबका पदाधीकारी र सदस्यहरुले भुतेदहदेखि मनखोल्सा सम्मको ७ किलोमिटर सडक मर्मत गरेका हुन् । सडकमा खसेको पहिरो पन्छाउने, खोल्सामा बाढीले थुपारेको गेगर पन्छाउने र खाल्डाखुल्डी पुर्ने, भल […]

मंगला ५ किमचौरमा पहिरोका कारण छ घर विस्थापित

सन्तोष गौतम/विकल्प न्यूज साउन १९ गते । बस्ती माथिबाट खसेको पहिरोका कारण म्याग्दीको मंगला गाउँपालिका ५ किमचौरमा छ परिवार विस्थापित भएका छन् । किमचौर गाउँको शिरानमा रहेको गौथलीको भिरबाट खसेको पहिरोको जोखिमका कारण विस्थापित भएका हुन् । चन्द्र्रप्रसाद फगामी, बिमल बुढाथोकी, टिकप्रसाद बुढाथोकी, दुतप्रसाद बुढाथोकी, रामबहादुर फगामी र भिमबहादुर फगामीका परिवार विस्थापित भएका स्थानीय युवा […]

बेनी – दरवाङ सडकमा यात्रुलाई सास्ती

विकल्प न्यूज/बेनी साउन १७ गते । बेनी – दरवाङ सडक अन्तर्गत लाम्पाटामा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नुपरेको छ । पहिरोका कारण अवरुद्ध जिल्लाको तिन वटा गाउँपालिकालाई सदरमुकामसंग जोड्ने बेनी – दरवाङ सडकमा नियमित सवारी सञ्चालन गर्न पहल भएपनि सार्थक हुनसकेको छैन । मंगला गाउँपालिका २ लाम्पाटामा पहिरो खसेपछि दश दिनदेखि अवरुद्ध २४ […]

मंगलामा उद्योग वाणिज्य संघको ईकाई

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ साउन । म्याग्दीको बाबियाचौरमा शनिबार मंगला गाउँपालीकाका उद्योगी, व्यापारीहरुको भेलाले उद्योग वाणिज्य संघको ईकाई गठन गरेको छ ।मंगलाको बाबियाचौर, कुहुँ, बरंजा र अर्मनका उद्योगी ब्यापारीहरुको भेलाले स्थानीय तह स्तरमा ब्यापार, ब्यवसाय, उद्योग क्षेत्रको प्रर्वद्धन, हक हित संरक्षण र सरोकारवालाहरुसंग समन्वयका लागि हुमनाथ पाण्डेको अध्यक्षतामा ईकाईको तदर्थ समिति गठन गरेको हो […]

धौलागिरी र मंगला गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ असार । म्याग्दीको धौलागिरी र मंगला गाउँपालिकाको प्रथम गाउँसभा बिहीबार सम्पन्न भएको छ । गाउँसभामा केन्द्रिय संसदको झल्को दिनेगरी बजेट प्रस्तुत गरिएको थियो ।मुनामा भएको धौलागिरीको गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालले आगामी आर्थिक वर्ष २०७४७५ का लागि कुल २६ करोड ९३ लाख २७ हजार रुपैयाँ बजेट बिनियोजन भएको सार्वजनिक गर्नुभएको थियो […]