धवलागिरी गाउँपालिका

प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार

बेनी, फागुन १९  गते । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गर्नुभयो । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उहाँ जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आउनुभएको हो । आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रुपमा नियुक्त […]

मुनामा लोक र शिक्षक सेवा तयारी कक्षा सञ्चालन

विकल्प न्यूज/बेनी फागुन १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले शैक्षिक बेरोजगारहरुलाई लक्षित गरेर लोक र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ । गाउँपालिका भित्र बसोबास गर्ने एसईइ उतिर्ण भएका, शिक्षक र लोक सेवा आयोगको परिक्षामा सहभागि योग्य व्यक्तिहरुबाट […]

धौलागिरि चक्रीय पदमार्गको विकासमा प्रदेश र पालिकाकाे चासो

पोखरा, २ फागुन । संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् । ओझेलमा परेको म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार विकास र प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रले साझेदारी गर्ने विषयमा पोखरामा छलफल भएको हो । धौलागिरि हिमाल म्याग्दीको […]

घोडा चढेर किसानका गोठमा पुग्छन् ताकमका पशु प्राविधिक

२९ माघ, म्याग्दी । पश्चिम म्याग्दीको सुन्दर र सुविधा सम्पन्न गाउँ हो ताकम । धवलागिरि गाउँपालिका–७ मा पर्ने यो गाउँका अधिकांश ठाउँमा सडकको सुविधा छ । घरघरमा मोटर साइकल र अन्य सानाठूला सवारी साधन छन् । यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी गोठगोठमा पुगेर किसानलाई सेवा दिन घोडा चढेर गाउँबस्तीमा पुग्ने गर्छन् । […]

धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधि हेम माविलाई

विकल्प न्यूज । बेनी शिवाङ, २२ माघ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ । माघ १९ देखि शिवाङमा शुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । १३ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको हेम माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र सहित […]

महिला भलिबलको उपाधि अन्नपूर्णले जित्यो

ठाकुरप्रसाद आचार्य/म्याग्दी माघ ६ गते । म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरि गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो । प्रतियोगितामा धवलागिरि गाउँपालिकालार्ई २२–२५, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण […]

विद्यालय सुधार योजना निर्माण सम्बन्धी अभिमुखीकरण

विकल्प न्यूज/बेनी पुस १६ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा विद्यालय सुधार योजना निर्माण तथा सामाजिक परिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । धवलागिरी गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रम तीन दिन सम्म सञ्चालन हुनेछ् । २८ वटा विद्यालयका प्रअहरुको सहभागिता रहेको तालिमको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले उद्घाटन गर्नुभयो । कार्यक्रममा जिल्ला शिक्षा […]

७४ वर्षीय प्रेमबहादुरको सङ्घर्ष : ६ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन

२६ पुस, बेनी । धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गरे । उमेरले बुढ्यौली लागे पनि उहाँको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ । पुर्ख्यौलीरूपमा गरिंदै आएको घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्ने पेसालाई घर्तीमगरको परिवारले निरन्तरता दिएका छन् । छ बहिनी छोरी र दुई भाइ छोरासमेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उनकी […]

धवलागिरीमा थप तीन कराेड ३४ लाख बजेट विनियोजन

विकल्प न्युज / बेनी २६ पुस । धवलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९/०८० का लागि थप बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना तथा कार्यक्रमलाई बिनियोजन गर्ने प्रस्ताव सर्वसहमतिमा पारित भएको हो । “गत […]

दुर्गम गाउँ गुर्जाबाट गर्भवतीको हेलिकप्टरबाट उद्दार

विकल्प न्यूज / म्याग्दी पुस १० गते । म्याग्दीको दुर्गम धबलागिरि गाउँपालिका १ गुर्जाकी एक गर्भवतीलाई आइतबार हेलिकप्टरबाट उद्दार गरी पोखरा पु¥याइएको छ । गर्भवती व्यथा लागेकी ३० वर्षीय अनुवा छन्त्याललाई गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको समन्वयमा एयर डाइनेष्टिको हेलिकप्टरबाट उद्धार गरेर पोखरा गण्डकी  अस्पताल लगिएको गुर्जा स्वास्थ्य चौकीले जनाएको छ । अस्पताल पु¥याइएकी […]

दरबाङ–धारापानी सडक स्तरोन्नतिपछि कालोपत्रे योजना

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस १ गते । दरवाङ देखि धारापानी सम्मको सडक स्तरोन्नतिको योजना सञ्चालनमा छ । मालिका गाउँपालिका केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत पहिलो चरणमा ७ किलोमिटर सडक स्तरोन्नति गर्दै कालोपत्रे गर्ने उद्देश्य छ । दरबाङ देखि धारापानीसम्म सडक स्तरोन्नतिको कार्यले गति लिएको हो । ठेकेदार कम्पनीले सम्झौता समयभित्र योजनाको सवै […]

ताकममा निर्माणधिन अस्पताल भवन अलपत्र, ठेकेदार फरार

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २८ गते । यहाँको एक पालिका स्तरीय निर्माणधिन अस्पताल भवन अलपत्र पारेर ठेकेदार सात महिनादेखि गायब भएको छ । धवलागिरि गाउँपालिका स्तरीय ५ शैयाको अस्पताल भवनको ठेक्का लिएको निर्माण कम्पनीले बीचमै काम छाडेपछि भवन निर्माण यतिखेर अलपत्र परेको हो । पटक पटक ताकेता गर्दा पनि ठेकेदारले वेवास्ता गरेको धवलागिरि गाउँपालिकाले जनाएको छ […]

मुनामा आयोजित व्यवसाय दर्ता शिविरमा १५ वटा फर्म दर्ता

विकल्प न्यूज/बेनी मंसिर २७ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा आयोजित दुई दिने व्यवसाय दर्ता शिविरमा विभिन्न १५ वटा व्यवसायिक फर्महरु दर्ता भएका छन् । धवलागिरि गाउँपालिका र उद्योग बाणिज्य संघ धवलागिरि इकाई समितिको समन्वयमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले सोमबार र मंगलवार गरि दुई दिनसम्म सञ्चालन गरेको शिविरमा उद्योगतर्फ कृषि र होटल गरि ५वटा […]

 हिमालको काँखैमा सुन्दर ताकम गाउँ !

विकल्प न्यूज/बेनी मंसिर २७ गते । हिमालको काँखैमा सुन्दर ताकम गाउँ ! गुर्जा,चुरेन र मानापाथी हिमालको काँखमा रहेको धवलागिरि गाउँपालिका ७ ताकम गाउँ । तस्विर ठाकुरप्रसाद आचार्य /म्याग्दी

धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

विकल्प न्यूज/बेनी मंसिर १९ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको छ । भवनको सोमबार शिलन्यास गरिएको हो । वडा नम्बर ३ घट्टेखोलामा निर्माण हुन लागेको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत असार ३ गते प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीले रु। सात करोड ७१ लाख ८९ हजार ६६६ […]