धवलागिरी गाउँपालिका

मल्कवाङमा करेन्ट लागेर १ जनाको मृत्यु

विकल्प न्युज बेनी,असोज ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।बिजुलीको पोलमा चढेको बेला आकस्मिक रुपमा विद्युत आपुर्ति हुँदा मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको त्यहाँबाट बालकुमार सुनारले जानकारी दिनुभयो । बल्व फेर्नका लागि छन्त्याल पोलमा चढ्नुभएको थियो । नन्दीवाङखोला लघुजलविद्युत परियोजनाको विद्युतगृहबाट भेडिखाल्टामा लागेको […]

मराङ गाउँको चिनारी गितको म्युजिक भिडियो सार्वजनिक

विकल्प न्युज बेनी,असोज ८ गते । धवलागिरी गाउँपालिका–६ मा पर्ने साविक मराङ गाविसलाई समेटेर गित र म्युजिक भिडियो तयार भएको छ । चर्चीत लोक गायक खड्ग गर्बुजा र मिना सिंहको स्वर रहेको जहाँ म जन्मे… (मराङ) बोलको गित बुढा सुब्बा म्युजिक प्रा.लिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । खड्ग गर्बुजाको गीत संगित रहेको गितमा […]

राष्ट्रिय मगर संघ धवलागिरीको अध्यक्षमा रोका

विकल्प न्युज बेनी , असोज १ गते । नेपाल राष्ट्रिय मगर संघ धवलागिरी गाउँपालिका अध्यक्षमा देबेन्द्र बहादुर रोका मगर निर्वाचित हुुनुभएको छ । मंगलबार भएको पालिकास्तरिय प्रथम अधिवेशबाट रोका निर्वाचित हुनुभएको हो । रोकाको अध्यक्षतामा गाउँपालिका स्तरिय १५ सदस्य कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा खिम बहादुर गर्बुजा ,सचिवमा सपना पुन मगर,सहसचिवमा नयन्द्र गर्बुजा कोषाध्यक्षमा […]

मालिकाको दरबाङमा निशुल्क दन्त स्वास्थ्य शिविर संचालन हुने

विकल्प न्युज बेनी, भदौ ३१ गते । पश्चि म्याग्दीका मंगला ,मालिका र धवलागिरी गाउँपालिकालाई लक्ष्यित गरेर मालिका गाउँपालिका ६ दरबाङमा दुई दिने निशुल्क दन्त स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ । म्याग्दीको मंगला गाउँपालिका १ घर भइ हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका समाजसेवी एवम् म्याग्दी प्रवासी नेपाली संघ(मोना)अष्ट्रिेलियाका अध्यक्ष मुक्तिप्रसाद रोका र उहाँको परिवारको आयोजना […]

ताकममा कांग्रेसको जनजागरण अभियान

विकल्प न्युज बेनी, भदौ २८ गते । नेपाली कांग्रेस म्याग्दी, प्रदेश सभा २ ले दास्रो जनजागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत शुक्रबार प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ७ ताकममा सम्पन्न भएको छ । ताकमा सम्पन्न जनजागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रदेशसभा २ का संयोजक […]

जनजागरण अभियान मुनामा

विकल्प न्युज बेनी भदौ २६ गते । नेपाली कांग्रेस म्याग्दी, प्रदेश सभा २ को दास्रो जनजागरण अभियान अन्तर्गत विहिबार मुनामा सम्पन्न भएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ३ मुनामा सम्पन्न भएको हो । मुनाको जागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रदेशसभा २ का […]

कांग्रेसको मराङमा जागरण अभियान ,सरकारले जनतालाई निराशा मात्र बाड्यो ःनेता पुन

विकल्प न्युज /बेनी ,भदौ २५ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा २ को दास्रो जागरण अभियान मराङबाट सुरु भएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ५ मराङबाट सुरु भएको हो । मराङको जागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रदेशसभा २ का संयोजक एव्म […]

म्याग्दीका स्थानीय तहमा सवा ५ करोड राजश्व संकलन

साधन राम्जाली /विकल्प न्यूज साउन २८ गते । म्याग्दीका स्थानीय तहले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएका छन् । एक बर्षको अवधिमा एक नगरपालिका सहित ६ स्थानीय तहले करिब सवाँ पाँच करोड रुपैयाँ राजश्व संकलन गरेका हुन । स्थानीय तहले दिएको रिपोर्ट अनुसार गत आर्थिक बर्षमा स्थानीय तहको आन्तरिक आम्दानी उत्साहजनक […]

ताकम कोत पुननिर्माण हुँदै

विकल्क न्युज बेनी ,साउन १७ गते । धौलागिरि गाउँपालिका ७ ताकमधारापानी स्थित पुरानो ताकमकोत। यतिखेर कोतको पुननिर्माण थालिएको छ । तस्विर  : गोपाल आचार्य

झरनाको सुन्दरता

विकल्प न्युज,बेनी साउन १७ गते ।  राउन्ड धौलागिरि पदयात्रामा पर्ने सुन्दर झरना । धौलागिरि गाउँपालिका ४ मुदी बगराको तातोपानी कुण्ड नजिक रहेको झरनाले पर्यटक आकर्षीत गर्दछ । पदयात्रामा रहेका विभिन्न झरनाले पदयात्रालाई थप रोमाञ्चीत बनाउछ । तस्विर : ठाकुरप्रसाद आचार्य

लुलाङका महिलाहरुलाई सिलाई कटाई तालिम

विकल्प न्यूज/बेनी साउन १७ गते ।   धवलागिरी गाउँपालिका–२ लुलाङमा २ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति र गुड नेवर्स इन्टरनेशनल नेपाल म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोग र संगम म्याग्दीको आयोजनामा १० जना उद्यमीहरुलाई तालिम दिइएको हो । तालिमको समापनका क्रममा बिहीबार घरेलु तथा साना उद्योग विकास समितिले […]

म्याग्दीका स्थानीय तहमा न्यायिक समिति मार्फत पीडितलाई घरदैलोमा न्याय

साधन राम्जाली /विकल्प न्यूज साउन १६ गते । संघियता कार्यन्वयन सँगै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि गठन भएको न्यायिक समितिले न्याय सम्पादन गर्न थालेपछि सर्वसाधारणहरुलाई राहत मिलेको छ । स्थानीय तहमा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठन भएको न्यायिक समिति क्रियाशिल भएपछि सर्वसाधारणहरुले घरदैलोमा न्याय पाउन थालेका हुन । गरिब,विपन्न र न्यायको पहुँच भन्दा बाहिर रहेका […]

रुमका पौरखी महिला (भिडियो रिपोर्ट)

विकल्प न्यूज/बेनी साउन १४ गते । रुमका महिलाहरु अल्लो धागोबाट निर्मित कपडा देखाउँदै ।  मालिका गाउँपालिका २ रुमकी मनकुमारी पुनले अल्लोबाट कपडा बुन्न थालेको चारवर्ष भयो । मनकुमारी मात्र होइन रुम गाउँका अधिकांश महिलाहरु अल्लो धागोबाट कपडा बनाउँछन् । सरकारी निकाय र विभिन्न संघसंस्थाको सहयोगमा पछिल्लो समय रुमका महिलाहरु परम्परागत सीपलाई आधुनिक प्रविधिको प्रयोग गरेर […]

धौलागिरी गाउँपालिकामा बालबिवाह न्युनीकरणको पहल

सन्तोष गौतम/गोपाल आचार्य ताकम, साउन १३ गते । बालबिवाह न्यूनीकरणका लागि म्याग्दीको धवलागिरी गाउँपालिका¬ — ७ शिवाङमा आइतबार बालकचहरी सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका, गुड नेवर्स इन्टरनेशनल, कदम र संगम म्याग्दीको आयोजनामा भएका सो कार्यक्रममा बालबिवाहको अवस्था, कारण र समाजमा देखिएका असर तथा न्युनीकरणका उपायका सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा सहभागी जनप्रतिनिधि, सुरक्षा […]

मुदीको बगरा तातोपानीमा पूर्वाधार निर्माण

विकल्प न्यूज/बेनी साउन १० गते ।  धौलागिरि गाउँपालिका ४ मुदीको बगर तातोपानीमा पूर्वाधार निर्माण गरिएको छ । राउन्ड धौलागिरि पदयात्रामा पर्ने तातोपानी कुण्डमा स्नान गर्न पुग्ने पर्यटकको सुविधाका लागि ठाँटी निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷०७६ मा वडाको सिफारिसमा गाउँपालिकाद्धारा विनियोजित करिब साढे सातलाख रुपियाँमा तिनवटा कोठा भएको ठाँटी निर्माण गरिएको छ । स्थानीयवासीहरुको […]