ताजा समाचार:
Search

अन्नपुर्ण गाउँपालिका

एक आरोहीको मृत्यु, एकको जीवितै उद्धार

म्याग्दी, वैशाख ५  गते । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एक जना बेपत्ता छन् भने अर्का एक जनाको जीवितै उद्धार गरिएको छ । काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार […]

तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा

म्याग्दी, वैशाख  ४ गते । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । पर्यटकलाई घोडेपानीमा […]

कतारकी राजकुमारी र निर्मल अन्नपूर्णको शिखरमा पुग्न सफल

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख ३ गते । कतारकी राजकुमारी आस्मा अल्थानी र आरोही निर्मल पुर्जाको टोली म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको शिखरमा पुग्न सफल भएको छ । राजकुमारी र पुर्जा सँगै शनिबार ३० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरे । नेपाली समय अनुसार शनिबार करिब ३ बजेतिर उहाँहरु […]

अन्नपूर्ण अध्यक्ष कपको उपाधि शिखले जित्यो

विकल्प न्यूज\बेनी बैशाख २ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी वडा नम्बर ५ शिखले जितेको छ । घराम्दीमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको चार वटा मध्य दुई वटा खेलमा स्वर्ण र एक वटामा रजत पदक जित्दै शिख च्याम्पीयन भएको हो । नव वर्ष २०८० को अवसरमा चैत २७ गतेदेखि सञ्चालन […]

प्रौढ भलिबलको उपाधि हिस्तानले जित्यो

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख १ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा जारी अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तर्फको प्रौढ भलिबलको उपाधि वडा नम्बर ७ हिस्ताले जितेको छ । शुक्रबार वडा नम्बर ७ घराम्दीमा भएको फाइनलमा खेलमा वडा नम्बर ५ शिखलाई ३–२ को सेटमा जित निकाल्दै हिस्तानले उपाधि हासिल गरेको हो । प्रौढ भलिबल प्रतियोगितामा प्रत्येक वडाबाट […]

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य /म्याग्दी चैत २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ हिस्तानको घराम्दीमा सोमबार देखि पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता र वास्केटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा(खम्बिर)ले उद्घाटन गर्नुभयो । प्रतियोगिता आगमी वैशाख १ गते सम्म सञ्चालन हुने […]

सुन्दर छ अन्नपूर्णको फुतफुते झरना

ठाकुरप्रसाद आचार्य \विकल्प न्यूज चैत २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरना पर्यटकको आकर्षणको केन्द्र बनेको छ । नारच्याङ देखी अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग ट्रेलमा पर्ने यो झरना सुन्दर र मनोमहक छ । झरनाको दृश्यले पदयात्रालाई रोमाञ्चक बनाउँछ । थकान […]

पोखरेबगरमा सार्वजनिक सुनुवाई : ‘विकास , पर्यटन प्रवद्र्धन र ढिलासुस्तीप्रति ध्यानकर्षण

 विकल्प न्यूज\बेनी चैत १९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिवार प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म सम्पादन भएका विकास गतिविधि, सेवा प्रवाह र समग्र गाउँपालिकाको अवस्थाका बारेमा सेवाग्राही, स्थानीयबासी र सरोकारवालाहरुबाट गुनासा सुन्ने, सार्वजनिक सेवा प्रवाहलाई जवाफदेही बनाउने उदेश्यले आयोजित कार्यक्रममा स्थानीयबासीले गाउँपालिकाभित्रका विकास […]

कतारकी राजकुमारी र निर्मल अन्नपूर्ण हिमालको काखमा

ठाकुरप्रसाद आचार्य म्याग्दी, चैत १  गते ।  राजकुमारी आस्मा अल्थानी र आरोही निर्मल पुर्जाको टोली अन्नपूर्ण हिमालको २ नम्बर क्याम्पमा पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न टोली उक्त स्थानमा पुगेको हो । एक हप्ताअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दानादेखि अन्नपूर्ण हिमालतर्फ प्रस्थान गरेको अल्थानी […]

अन्नपूर्णमा नेकपा (माओवादी केन्द्र)को ‘जनतासंग पार्टी अभियान’ सुरु

म्याग्दी २४ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ‘जनतासंग पार्टी अभियान’ सुरु गरेको छ । बुधवार पोखरेबगरमा बसेको पालिका कमिटीको बैठकले पार्टीले संगठन सुदृढीकरण तथा जनताको गुनासा र अपेक्षा संकलनका लागि गाउँपालिकाका ८ वटै वडामा ‘जनतासंग पार्टी अभियान’लाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकाको सबै वडातहमा पार्टीको संगठन विस्तार, जनवर्गीय […]

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

ठाकुरप्रसाद आचार्य/ म्याग्दी फागुन २२ गते । कतारकी राजकुमारी आश्मा अल्थानीले म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुहुने भएको छ । हिमाल आरोहण गर्न राजकुमारी आरोहण टोलीसहित सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना आइपुग्नुभएको छ । दानाका स्थानीयहरुले राजकुमारी सहितको टोलीलाई बाजागाजा सहित स्वागत गरेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल […]

अन्नपूर्णमा समुदायमा आधारित विपद् प्रतिकार्य तालिम

प्रताप बानियाँ/म्याग्दी फागुन १९ गते । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्यसम्बन्धी तालिम शुक्रवार सम्पन्न भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोग र युकेएडको आर्थिक सहयोगमा विपद्को समयमा आइपर्ने समस्याको सामना गर्नका लागि पूर्वतयारीस्वरुप तालिम सञ्चालन गरिएको हो । स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति अर्थात् विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई लक्षित गरेर सञ्चालन […]

पर्यटकीय स्थलमा फोरजी सेवा विस्तार

म्याग्दी, फागुन १९  गते । नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ । बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक र  पर्यटकीय स्थलमा विस्तार गरिएको यो सेवाले पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने  स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ । नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले १० देखि १५ घर […]

बाइकर्स म्याग्दीले पर्यटकीय गन्तव्य खोप्रामा बोर्ड राख्यो, हेलीप्याड बनायो

विकल्प न्यूज । बेनी माघ २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अबस्थित पर्यटकीय गतब्य स्थल खोपरा लेकमा बाइकर्स म्याग्दी नामक समुहले बोर्ड अनावरण गरेको छ । म्याग्दीका विभिन्न स्थानमा पुगेर त्यहाँको अवस्थाका बारेमा चिनाउन सक्रिय समुहमा आवद्ध यूवाहरुले आर्थिक जुटाएर बोर्ड राखेका हुन् । खोपरा लेक पुगेर त्यस क्षेत्रमा हेली मार्फत आउने पर्यटकलाई सहजका […]

अन्नपूर्णमा थप दुई करोड बजेट प्रस्ताव, लेखा समितिमा चार जनाको दावी

विकल्प न्यूज\बेनी १७ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोहै गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ । सभामा चालु आर्थिक वर्षका लागि थप रु दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको सभामा आर्थिक वर्ष २०७७\७८ […]