सुन्दरताको खानी खोप्रालेक (फोटोफिचर)

विकल्प न्यूज/बेनी
साउन २० गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारको शिरमा रहेको खोप्राडाँडाको सुन्दरता । बर्षा ऋतुमा पाखा हरियाली र विभिन्न फूलहरु फूलेर खोप्राको पाखा ढकमक्क देखिएको छ । समुन्द्र सतह देखि तिनहजार ६ सय साठी मिटरमा उचाईमा खोप्रा डाँडा रहेको छ । यहाँदेखि ७ घण्टाको पैदल यात्रापछि खयरलेक पुग्न सकिन्छ । यहाँ सुन्दर खयरताल रहेको छ । खोप्राबाट धवलागिरि,अन्नपूर्ण,निलगिरी,माछापुच्छे« लगायत हिमालहरु आँखा अगाडि देख्न सकिन्छ । पाउद्धारका स्थानीयहरु खोप्रा र खयरलेकको पर्यटन प्रवद्र्धनमा जुटेका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य