म्याग्दी समाचार

म्याग्दीका मतदान केन्द्रमा सर्वदलीय वैठक र बुथ निर्माण

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ३ गते । भोली आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि म्याग्दीमा मतदान केन्द्रमा सर्वदलीय वैठक र बुथ निर्माण धमाधम भइरहेका छन् । मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहितको टोलीले निर्वाचनलाई सफल बनाउन सर्वदलीय वैठक र बुथ निर्माण गरेका छन् । जिल्लाका सबै मतदान स्थलमा मतदान केन्द्रको संरचना निर्माण लगायतको […]

म्याग्दीमा तयार भयो तारजाली सहितको मतगणनास्थल

ठाकुरप्रसाद आचार्य/बेनी मङ्सिर ३ गते । म्याग्दीमा मतगणना स्थल तयार पारिएको छ । आइतबार सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणनास्थल व्यवस्थापन गर्नेकाम सम्पन्न भएको हो । मतगणनालाई व्यवस्थित र छिटो सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारीका सवै काम सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना […]

मतदानबाट बञ्चित हुँदा निराश भए गलेश्वर आश्रमका ज्येष्ठ नागरिक

ठाकुरप्रसाद आचार्य/ म्याग्दी मंङ्सिर २ गते । गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रममा वस्ने ज्येष्ठ नागरिकहरु । फाइल तस्विर ठाकुरप्रसाद आचार्य  भोली आइतबार प्रतिनिधि सभा र प्रदेशस सभा सदस्यका लागि मतदान हुँदै छ । मत खसाल्न मतदाताहरु उत्साहित बनेका छन् । तर बेनी नगरपालिका ९ मा रहेको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा वस्ने वृद्धवृद्धाहरुलाई निर्वाचनको माहोलले छोएको […]

मतदानस्थल तर्फ जाँदै गरेका कर्मचारी र सुरक्षाकर्मी (फोटोफिचर)

विकल्प न्यूज\बेनी मंसिर १ गते । आगमी आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचन सामग्री लिएर मतदान केन्द्रमा पुगेका छन् । तस्विरहरु  

मंसिर ४ पछि म्याग्दीमा गठबन्धन दुला पस्छन् ः एमाले उम्मेदवार

विकल्प न्यूज\बेनी मंसिर १ गते । नेकपा एमालेबाट आसन्न प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले अब राजनीतिक आन्दोलन नभई विकासे आन्दोलनको थालनी गर्नुपर्ने बताउनुभएको छ । एमाले चुनाव प्रचारप्रसार मूल कमिटी म्याग्दीको आयोजनामा आज (बिहीबार) बेनी नगरपालिका–४, तातोपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य […]

पश्चिम म्याग्दीमा एमाले बलियो भएकाले जित सुनिश्चित छ ः उम्मेदवार गर्वुजा

विकल्प न्यूज\बेनी मंसिर १ गते । २०२६ साल साउन २८ गते म्याग्दीको धवलागिरी गाउँपाकिला ६ मराङमा जन्मिुन भएका याम बहादुर गर्वुजा म्याग्दीको परिवर्तनका आन्दोलनका एक अग्रणी व्यक्ति हुनुहुन्छ ।जनप्रीय मावि दरबाङबाट माध्यामिक शिक्षा हासिल गर्नुभएका गर्वुजाले पोखराको पृथ्वी नारायण क्याम्पसबाट शिक्षा शास्त्र संकायमा प्रविणता प्रमाणपत्र तह सम्मको अध्ययन पुरा गर्नुभएको छ । २०४१ सालमा तत्कालिन […]

म्याग्दीका मतदाताको साथ सहयोग र माया मलाई छ ः उम्मेदवार श्रेष्ठ

विकल्प न्यूज\बेनी मंसिर १ गते । आगामी आइतबार सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीले निवर्तमान जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहेका श्रेष्ठले बितेका चार दशकमा म्याग्दीको राजनीति, समाजसेवा र विकास निर्माणको काममा आफुलाई समर्पित गर्दै आएका छन् । सबैसँग […]

देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

विकल्प न्यूज\बेनी कात्तिक ३० गते । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो । ३० भदौ २०५२ मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ […]

उम्मेदवार कटुवाल ः भद्र, शालिन, बौद्धिक र इमान्दार नेताको पहिचान

विकल्प न्यूज\बेनी कात्तिक ३० गते । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२, राखुभगवतीमा २०२१ सालमा जन्मिनुभएका देवेन्द्रबहादुर कटुवालले स्नातक तहसम्मको अध्ययन हासिल गर्नुभएको छ । वि.सं. २०३७ सालदेखि २०३८ सम्म श्रीकृष्ण प्राथमिक विद्यालय बाँदुकमा प्रधानाध्यापक भई शिक्षण गर्नुभएका कटुवालले ३०३८ सालमा अनेरास्ववियु पाँचौंको सदस्यता प्राप्त गरी सङ्गठित भई राजनीतिको यात्रा सुरु गर्नुभएको थियो । कटुवालले वि.सं. २०४२ […]

जिप दुर्घटना अपडेट ः ६ जना घाइते बेनी अस्पतालमा उपचारपछि घर फर्किए

विकल्प न्यूज\बेनी कात्तिक ३० गते ।  पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनी देखि वडा नम्बर २ माझफाँटको रातढुङ्गा जाँदै गरेको जिप बुधबार साँझ भुर्तुलाको भीरबाट खस्दा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । यात्रु लिएर मल्लाज चोकबाट हिडेको ग १ ज ५२९६ नम्बरको बोलेरो जीप भुर्तुलाको भीरमुनी सडक देखि एकसय पचास […]

दुर्गम गुर्जा प्रस्थान गरे मतदान केन्द्रमा खटिएका कर्मचारी

ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २९ गते । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्र तर्फ लाग्न थालेका छन् । जिल्लाको अति विकट धवलागिरि गाउँपालिका १ गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरु मंगलबार निर्वाचन सामग्री बुझेर त्यसतर्फ प्रस्थान गरेका हुन । मतदान केन्द्रमा खटिएका कर्मचारीलाई जिल्ला निर्वाचन अधिकारी […]

बाम–लोकतान्त्रिक गठबन्धनद्धारा रघुगंगाका पाँच ठाउँमा चुनावीसभा

विकल्प न्यूज\बेनी कात्तिक २८ गते । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बामलोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीमा चुनाबीप्रचार अभियान लाई आक्रामक बनाएका छन् । सोमबार गठबन्धनले रघुगंगा गाउँपालिका–८ घ्यासीखर्क, वडा नम्बर ७ चिमखोला, वडा नम्बर ४ दर्मिजा, दग्नाम र वडा नम्बर ३ पिप्लेमा चुनावी आमसभा सम्पन्न गरेका हुन् । निर्वाचनको दिन […]

म्याग्देली जनताको माझमा लोकप्रिय छवि बनाउन सफल नेता श्रेष्ठ

विकल्प न्यूज/बेनी कात्तिक २८ गते । मंसिर ४ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अहिले चुनावी मैदानमा होमिएका मध्ये मुख्य रुपमा दुई जनाको बीचमा नै प्रतिस्पर्धा हुने देखिएको छ । वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेस म्याग्दीका खमबहादुर गर्बुजा (खम्बीर) तथा नेकपा एमालेको गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठको बीचमा प्रतिस्पर्धा हुनेछ । बेलायती सेनाबाट सेवानिवृत्त […]

म्याग्दीमा विकासको लहर ल्याउँछौं ः गठबन्धन उम्मेदवार

विकल्प न्यूज/बेनी कात्तिक २८ गते । वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारले पाँचबर्षको अवधिमा म्याग्दी जिल्लाको विकास निर्माणको क्षेत्रमा कायापलट गर्न सकिने उद्घोष गरेका छन् । चुनावी आमसभा अन्तरगत आइतबार आयोजित आमसभामा विकास गर्न सकिने उपाय थाहा पाउँदापाउँदै पनि पहुँचको अभावका कारण म्याग्दी जिल्ला धेरै पछाडी परेकाले अब जवरजस्त बिकासको लहर ल्याउनुपर्ने बताएका थिए । बेनी नगरपालिका […]

‘समृद्ध र सुखी’ म्याग्दी बनाउने एमाले उम्मेदवारको घोषणा

विकल्प न्यूज/बेनी कात्तिक २८गते । म्याग्दीलाई ‘समृद्ध र सुखी’ बनाउने एमाले उम्मेदवारद्वयले घोषणा गरेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना र ४ नम्बर वडा नारच्याङमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं आसन्न प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफूले निर्वाचन जितेमा म्याग्दी […]