म्याग्दी समाचार

प्रथम ‘नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग कप सुरू

विकल्प न्युज/ बेनी फागुन ५ गते । म्याग्दीको मंगला गाउँपालिका भलिवल संघको आयोजनामा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप सुरु भएको छ । अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताको म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गर्बुजाले भलिबल खेलले म्याग्दीको पहिचान स्थापित गरेकाले खेलकुद […]

जनकल्याण माविले ग¥यो चन्दादाता र पत्रकारलाई सम्मान

विकल्प न्यूज/बेनी फागुन ५ गते । बेनी नगरपालिका–५ को जनकल्याण मावि पुलाचौरले चन्दादाता र पत्रकारलाई सम्मान गरेको छ । विद्यालयमा स्थापित अक्षयकोषको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा चन्दाता र पत्रकार प्रताप बानियाँलाई सम्मान गरेको हो । बानियाँलाई जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्नका लागि अक्षयकोष स्थापनामा पत्रकारिताको माध्यमबाट पुर्‍याएको […]

तालिम लिएपछि महिलाहरुले बनाए स्वादिष्ट अचार

विकल्प न्यूज/बेनी म्याग्दी, ५ फागुन । बेनीमा महिला उद्यमीहरुलाई ५ दिने अचार बनाउने तालिम दिईएको छ। म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले महिलाहरुको आर्यआर्जन बढाउने उद्देश्यले उक्त तालिम संचालन गरेका हुन् । ५ दिनसम्म संचालन भएको तालिममा सहभागि ८० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई स्थानीय उत्पादीत बस्तुहरुबाट अचारको परिकार […]

मंगला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन

बाबियाचौर, ४ फागुन । शिविरमार्फत मंगला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान संचालन भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा मंगलबारदेखि मंगला गाउँपालिकामा दर्ता अभियान शिविर संचालन भएको हो । मंगला गाउँपालिकाको वडानम्र १, २, ३ र ४ मा फागुन २ गतेदेखि राष्ट्रिय परिचयपत्र दर्ता अभियान संचालन भएको छ […]

उद्योग र पर्यटन क्षेत्रको सुधारका लागि प्रदेश सरकार प्रयासरत छ–मन्त्री जुग्जाली

पोखरा, ४  फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटन र उद्योगको हालको अवस्थालाई माथि उठाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सभाका सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिने क्रममा मन्त्री जुग्जालीले हालको पर्यटन, उद्योग र आर्थिक संकटको धरासायी अवस्थालाई चिरफार गर्नको लागि सरोकारवाला र विज्ञहरुसँग […]

मंगला शिक्षा क्याम्पस क्यूएए प्राप्तीका लागि जुट्यो

विकल्प न्यूज/बेनी फागुन ४ गते । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रिया सुरू गरेको छ। भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले बुधबार विश्व विद्यालय समता अनुदान तथा क्यूएए सम्बन्धि एक दिने अभिमुखीकरण तालिमको आयोजना गरेको हो । तालिमको उद्घाटन गदैं गाउँपालिका उपाध्यक्ष […]

जलजलाका सुकुम्वासीलाई जग्गाको निस्सा वितरण

पर्वत, फागुन ४ गते । पर्वतको जलजला गाउँपालिका भित्र बसोवास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ । लामो समयसम्म सार्वजनिक जग्गामा बसिरहेका भूमिहीन सुकुम्बासीलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले निस्सा वितरण गरेको हो । जलजला गाउँपालिकामा रहेका र हालसम्म निवेदन पेस गरेका सुकुम्वासीको पहिचान गरी निस्सा वितरण गर्ने […]

मुख्यमन्त्री कपमा बाग्लुङ र म्याग्दी विजयी

स्याङ्जा, फागुन ३ गते । गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा पुरुषतर्फ बाग्लुङ र महिलातर्फ म्याग्दीले जितेका छन् । गण्डकी खेलकुद परिषद्ले स्याङ्जाको वालिङमा आयोजना गरेको प्रतियोगितामा बाग्लुङले पर्वतलाई ३–१ सेटले पराजित गरेको थियो । यस्तै, नवलपुरले तनहुँलाई हराएर तेस्रो बनेको हो । महिलातर्फ म्याग्दीले पर्वतलाई सिधा सेटमा पराजित गरेको थियो । यस्तै स्याङ्जाले तनहुँलाई […]

जोमसोमबाट पोखरा जाँदै गरेको बस लेतेमा दुर्घटना

ठाकुरप्रसाद आयार्य/म्याग्दी फागुन ३ गते । मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरलाको ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस बेनी–जोमसोम कोरला सडक अन्तर्गत लेतेमा दुर्घटना भएको छ । दुर्घटनामा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक हबल्दार कृष्ण परियारले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार विहान साढे ८ बजेतिर लेतेको […]

धौलागिरि चक्रीय पदमार्गको विकासमा प्रदेश र पालिकाकाे चासो

पोखरा, २ फागुन । संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् । ओझेलमा परेको म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार विकास र प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रले साझेदारी गर्ने विषयमा पोखरामा छलफल भएको हो । धौलागिरि हिमाल म्याग्दीको […]

गण्डकी मुख्यमन्त्री कप ः अरुणाको कप्तानीमा म्याग्दी फाइनलमा

अर्जुन काफ्ले /स्याङ्जा, फागुन २ गते । गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ बाग्लुङ फाइनमा प्रवेश गरेका छन् । राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाहीको कप्तानीमा कोर्टमा उत्रेको म्याग्दीले स्याङ्जालाई सिधा सेटमा पराजित गरेको हो । म्याग्दीले २५–१२, २५–२३, २५–१० अंकले स्याङ्जालाई पराजित गरेको हो । यस्तै महिला तर्फ नै पर्वतले तनहुलाई […]

प्रेमको उत्सव भ्यालेन्टाइन डे

काठमाडौँ, फागुन २ गते ।  ‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’, प्रेम र प्रेमिका दुई शब्दको निखारअनुसार १९औँ शताब्दीदेखि सुरु भएको यो पर्वको मुख्य उद्देश्य भनेको दुई प्रेमिल जोडीले आफ्नो प्रेमप्रति भाव भएको जानकारी दिएर एकआपसमा मिलन हुन सक्ने दिनका रूपमा मानिन्छ । कसैले कार्डको माध्यमबाट आफ्नो प्रेम व्यक्त गर्छन् भने कसैले फूलको । प्रेम गर्न […]

गलेश्वरको भेटीले बजारमा सडक बत्ती

विकल्प न्युज । बेनी फागुन १ गते । म्याग्दीको धार्मिक पर्यटकीय स्थल गलेश्वरधाममा भक्तजनले चढाएको भेटीले सडक बत्ती जडान गरिएको छ । बेनी नगरपालिका वडा नं ९ स्थित रहेको गलेश्वर बजार क्षेत्रमा सडक बत्ती जडान गरिएको हो । मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म २ लाख तिस हजार ७५० रुपैयाँको […]

बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष सञ्चालन

विकल्प न्यूज /बेनी फागुन १ गते । ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष संचालनमा ल्याइएको छ । संघीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको उपचारकालागि ज्येष्ठ नागरिक बहिरङ्ग कक्ष र वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालको ओपीडि तर्फ र भर्ना […]

उद्यमी सिर्जना गर्न महिलाहरुलाई अचार बनाउने तालिम सुरु

प्रताप बानियाँ/म्याग्दी । फागुन १ गते । सदरमुकाम बेनीमा सोमबार देखि महिलाहरुको आयआर्जनका लागि अचार बनाउने तालिम सुरु भएको छ । महिला उद्यम विकास समिति म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महिलाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले तालिम लिएर महिला दिदीबहिनीहरुले […]