ताजा समाचार:
Search

म्याग्दी समाचार

काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि बुधबार दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडक फराकीलो बनाउने काम भैरहेको ठाउँमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । डोजर परिचालन गरेर पहिरो हटाएर सडकमा यातायात सूचारु गराउन पहल भैरहेको […]

बेनी– जोमसोम सडकमा रातको समयमा पनि सवारी सञ्चालन खुल्ला

विकल्प न्यूज/बेनी असोज ४ गते । बेनी–जोमसोम सडकमा गत आईतबारदेखि रातीमा पनि सवारी साधन सञ्चालन हुन थालेका छन् । बर्षा कम हुदै गएको र सवारी साधनको चाप बढेकाले गत साउन ५ गतेदेखि रातीको समयमा बन्द गरिदै आएको गलेश्वर–दाना खण्डमा दुई महिनापछि नियमित सवारी सञ्चालनका लागि खुल्ला गरिएको हो ।  भौगोलिक रुपमा बिकट र जोखिमयुक्त सडकमा […]

यसरी हुँदै छ बेनी–जोमसोम सडक स्तरवृद्धिको काम

सन्तोष गौतम /विकल्प न्यूज असोज ४ गते । प्रदेश न. ४ को लाईफलाईन मानिएको कालीगण्डकी कोरिडोर अन्तरगत म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक स्तरवृद्धिको काम सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी देखि जोमसोम सम्मको ७६ किलोमिटर दुरीको सडकलाई कालोपत्रे गर्न काम सुरु गरेको हो । ठेक्का सम्झौता गरेका […]

कस्तुरी सहकारीद्धरा नागरिक सहायता कक्ष निर्माणका लागि २० हजार सहयोग

विकल्प न्यूज/बेनी असोज ४ गते । बेनीको संगम चोकमा रहेको कस्तुरी वहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागेको नागरिक सहायता कक्षको भवन निर्माणका लागि  २० हजार  पाचसय  ५५  रूपियाँ सहयोग गरेको छ ।सहकारीको   नवौ स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रमका विच  प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्कालाई संस्थाका अध्यक्ष राजेश शाक्यले  रकम […]

म्याग्दी–काठमाडौँ सम्पर्क समितिमा केसी

विकल्प न्यूज/बेनी असोज ३ गते । नेपाली काँग्रेस म्याग्दी–काठमाडौँ सम्पर्क समितिका अध्यक्षमा चित्र केसी निर्विरोध निर्वाचित भएका छन् । मँगलबार काठमाडौँमा सम्पन्न समितिको तेस्रो अधिवेशनले केसीको नेतृत्वमा सर्वसम्मत रुपमा ३४ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा कमानसिंह पुन, उपाध्यक्षमा प्रदीप श्रेष्ठ, मोहन बुढाथोकी, शिव केसी, रवि गौचन, दिलकुमारी जुग्जाली र प्रेमदत्त पौडेल […]

कस्तुरी सहकारीको आठौँ बार्षिक साधारण सभा सम्पन्न

विकल्प न्यूज/बेनी असोज ३ गते । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा मंगलबार बेनीमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बेनी नगरपालिका ७ का वडा अध्यक्ष तथा सहकारीका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सहकारीले कृषिको प्रर्वद्धन, विकास र युवालाई रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । संस्थाका सल्लाहकार नैनकुमार श्रेष्ठले […]

तेस्रो वौद्ध कपको बुधबारदेखि क्वाटर फाईनल

विकल्प न्यूज/बेनी बेनी ३ असोज । बेनीमा जारी तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता अन्तरगत बुधबारदेखि क्वाटर फाईनलको खेल हुने भएको छ । बुधबार बिहान बागलुङ जिल्ला फुटबल संघ र वौद्ध सेतोबीचको खेलपछि प्रि क्वाटर फाईनल सकिने र क्वाटर फाईनल सुरु हुने आयोजक वौद्ध युवा क्लबले जनाएको छ । दसै पर्वको अवसरमा आईतबारदेखि सुरु भएको प्रतियोगिताको […]

बेनीमा संबिधान दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ असोज ।बेनीमा पनी मंगलबार विभिन्न कार्यक्रम गरेर तेस्रो संबिधान दिवस मनाइएको छ । संबिधान दिवस मूल समारोह समितिले बेनीमा प्रभातफेरी र समारोहको आयोजना गरेर दिवस मनाएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीहरुको ¥याली निकालीएको थियो । न्युरोड, अस्पताल चोक, गणेशटोल, […]

लायन्स क्लब बेनी महारानीद्धारा शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/बेनी असोज २ गते ।लायन्स क्ल अफ बेनी महारानीले बेनी नगरपालिका २ बगरफाँटमा रहेको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई सोमबार शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबको एक महिना, एक सेवा कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत विपन्न समुदायका दश जना बालबालिकालाई कापी, कलम, पेन्सील, कटर लगायत शैक्षिक सामाग्री वितरण गरिएको हो । क्लबका अध्यक्ष प्रमिला जोशी […]

पात्लेखेतको विपद् तथा राहत व्यवस्थापन कोषमा बेलायतबाट साढे तिन लाख

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ असोज । बेनी नगरपालिका १० पात्लेखेतमा विपद् तथा राहत व्यवस्थापन कोष स्थापना गरिएको छ । प्राकृतिक बिपद्बाट प्रभावित पात्लेखेतका बासिन्दालाई सघाउन वडा कार्यालयको पहलमा कोष स्थापना भएको हो । पहिरो, आगोलागी लगायत भैपरी आउने विपद्बाट प्रभावित हुने स्थानीय बासिन्दालाई तत्कालै सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको वडा अध्यक्ष रिम रोकाले […]

बेनीमा एकिकृत सम्पत्तीकर लागू गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ असोज । म्याग्दीको बेनी नगरपालीकामा आगामी आर्थिक वर्ष २०७५६७ देखि एकिकृत सम्पत्तीकर लागु हुने भएको छ ।एकिकृत सम्पत्तीकर लागु गर्ने नगरसभाको निर्णय कार्यान्वयनका लागि कार्यपालीका बैठकबाट कार्यबिधी पारित गरेको नगरपालीकाले सम्पत्ति मूल्याङ्कन समिति गठन गर्नुका साथै सरोकारवालाहरुसंग छलफल अघि बढाएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा कार्यपालीका सदस्य कृष्णकुमार […]

संविधान दिवसका अवसरमा बेनीमा मैत्रीपूर्ण फुटबल

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ असोज । तेस्रो संबिधान दिवस म्याग्दीमा सोमबारदेखि विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन थालीएको छ । संबिधान दिवस मुल समारोह समितिको आयोजनामा त्रिदीबशिय कार्यक्रम गरेर दिवस मनाउन लागीएको हो । पहिलो दिन सोमबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । कर्मचारी र नेताजनप्रतिनिधि बिच मैत्रीपूर्ण फुटबल खेलाइएको हो । मैत्रीपूर्ण खेल […]

तेजेन्द्र थापाद्धारा शान्तिकोषलाई एकलाख सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ असोज । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई एक व्यक्तिले आईतबार एक लाख रुपैयाँ भन्दा बढी नगद सहयोग गर्नुभएको छ । गरिव तथा विपन्नलाई उपचारका लागि सघाउने उद्देश्यले एक करोड पचास लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने अभियानका क्रममा म्याग्दी उद्धार समिति बहराईनका पुर्व अध्यक्ष तेजेन्द्र थापाले सो रकम सहयोग गर्नुभएको […]

मोना कतारद्धारा कलाकारहरुलाई सम्मान

विकल्प न्यूज/कतार असोज १ गते । “प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुल नारा लिएर खाडी रास्ट्र अन्तर्गतको दोहा कतारमा सन २००३ मा स्थापित म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतार (मोना कतार)ले रास्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ ।  विश्वकर्मा समाज कतारको आयोजनामा तेस्रो विश्वकर्मा बाबाको पुजा तथा शुभकामना आदान प्रदान कार्यक्रम २०१७ का […]

महिला उद्यम विकास समितिको सर्वसम्मत नेतृत्व चयन

सन्तोष गौतम/विकल्प न्यूज असोज १ गते । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शनिबार भएको समितिको सातौ साधारणसभा तथा पाँचौ अधिवेशनले सुनिता आमी (केसी)को सभापतित्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी कार्की, दितृय उपाध्यक्षमा अम्बिका श्रेष्ठ, महासचिवमा बिष्णु गुरुङ, कोषाध्यक्षमा सिर्जना भट्टचन, […]