लायन्स क्लब बेनी महारानीद्धारा शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/बेनी
असोज २ गते ।Laions Clung Of Beni Maharaniलायन्स क्ल अफ बेनी महारानीले बेनी नगरपालिका २ बगरफाँटमा रहेको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई सोमबार शैक्षिक सामाग्री वितरण गरेको छ ।

क्लबको एक महिना, एक सेवा कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत विपन्न समुदायका दश जना बालबालिकालाई कापी, कलम, पेन्सील, कटर लगायत शैक्षिक सामाग्री वितरण गरिएको हो ।

क्लबका अध्यक्ष प्रमिला जोशी (श्रेष्ठ)को अध्यक्षता, जोन चियर पर्सन सुनिता केसीको प्रमुख आतिथ्यता, कोषाध्यक्ष दिलु पुनको सञ्चालन र दितृय उपाध्यक्ष संगिता श्रेष्ठले समापन गर्नुभएको कार्यक्रम भिमकुमारी सुवेदीले संयोजन गर्नुभएको थियो ।