म्याग्दी–काठमाडौँ सम्पर्क समितिमा केसी

विकल्प न्यूज/बेनी
असोज ३ गते ।
नेपाली काँग्रेस म्याग्दी–काठमाडौँ सम्पर्क समितिका अध्यक्षमा चित्र केसी निर्विरोध निर्वाचित भएका छन् । मँगलबार काठमाडौँमा सम्पन्न समितिको तेस्रो अधिवेशनले केसीको नेतृत्वमा सर्वसम्मत रुपमा ३४ सदस्यीय कार्यसमिति चयन गरिएको हो । 21752031_1292575680872277_846115140054460233_nसमितिको वरिष्ठ उपाध्यक्षमा कमानसिंह पुन, उपाध्यक्षमा प्रदीप श्रेष्ठ, मोहन बुढाथोकी, शिव केसी, रवि गौचन, दिलकुमारी जुग्जाली र प्रेमदत्त पौडेल रहेका छन् । समितिको सचिबमा इन्द्रबहादुर थापा, सहसचिबमा कुसुम मल्ल, हर्कलाल छन्त्याल, दिपेन्द्र रिजाल, कोषाध्यक्षमा गोपाल बानियाँ र सहकोषाध्यक्षमा धर्म सुवेदी रहेका म्याग्दी–काठमाडौँ सम्पर्क समितिले जनाएको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्रको रक्षाका लागि काँग्रेस सशक्त बन्नुपर्ने बताए । आगामी मंसिर १० र २१ गते घोषित स्थानीय तह निर्वाचनमा प्रदेश र संघमा काँग्रेसको अत्यधिक बहुमतले विजय आवश्यक रहेको चर्चा गर्दै महामन्त्री कोइरालाले त्यसका लागि युवाहरु बढी क्रियाशील हुनुपर्ने बताए ।
सम्पर्क समितिका अध्यक्ष केवी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा र सासद रेशम बानियाँले धौलागिरिमा काँग्रेसलाई पहिलो शक्ति बनाउने दाबी गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष केसीले संगठनलाई शसक्त बनाएर अघि लैजान स्पष्ट दृष्टिकोणका साथ अघि बढ्ने भन्दै म्याग्दी काँग्रेसलाई प्रदेश र संघको निर्वाचनमा विजयी गराउन गाउँ अभियान समेत चलाउने प्रतिबद्धता जनाएका थिए ।