कस्तुरी सहकारीद्धरा नागरिक सहायता कक्ष निर्माणका लागि २० हजार सहयोग

विकल्प न्यूज/बेनी
असोज ४ गते । बेनीको संगम चोकमा रहेको कस्तुरी वहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागेको नागरिक सहायता कक्षको भवन निर्माणका लागि  २० हजार  पाचसय  ५५  रूपियाँ सहयोग गरेको छ ।20170920_122332सहकारीको   नवौ स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रमका विच  प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्कालाई संस्थाका अध्यक्ष राजेश शाक्यले  रकम  हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा प्रनाउ खड्काले सहकारिकाे सफलताकाे शुभकामना दिदै उहाँले भवन निर्माण भएपछि हिसाँमा परेकाहरूलाई  सहयाेग पुग्ने बताउनुभयाे ।

हिंसामा परेका महिला तथा बालबालीकाको सहज वातावरणमा उजुरी तथा गुनासो व्यवस्थापन र अनुसन्धान सहज बनाउन नागरिक सहायता कक्ष बनाउन लागिएको प्रनाउ खड्काले बताउनुभयो । यसैगरी ग्रामिण क्षेत्र र टाढाबाट आउने लक्षित समुदायलाई एक रात सम्म आश्रय सुबिधा दिइने उहाँले बताउनुभयो ।

कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष श्यामलाल न्यौपानेले रकमकाे सदुपयाेग गर्ने बताउनुभयाे ।

सचिब विनय श्रेष्ठले सन्चालन गरेकाे कार्यक्रमकाे अध्यक्षता संस्थाका अध्यक्ष शाक्यले गर्नुभएकाे थियाे भने संस्थाका स्थापक अध्यक्ष एवम बेनपा ७ का वडा अध्यक्ष राजेन्द्र शेष्ठले स्वागत गर्नभएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय परिसरमा हिंसामा परेका महिला तथा बालबालीकाको लागि आश्रय र नागरिक सहायता कक्ष भवनको असारमा निर्माण सुरु गरिएको थियो ।

स्थानीयबासीबाट आर्थिक र भौतिक सामाग्री सहयोग जुटाएर निर्माण गरिने भवनमा सहायता कक्ष र आश्रय स्थलका दुई वटा छुट्टा छुट्टै कक्ष रहनेछन् । ६ लाख २७ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

आश्रयस्थल भएपछि प्रहरी कार्यालयमा उजुरी तथा गुनासो गर्नका लागि होटलमा बास बस्नेगरी बेनी आउने पीडितहरुलाई सहज हुने अपेक्षा गरिएको छ । प्रहरी कार्यालयले सूचना शाखामा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ भने जिल्लामा पीडितको लागि आश्रय दिने संघ संस्था नहुँदा समस्या भएको छ । भवन निर्माणका लागि बजारबासीहरुसंग संस्थागत र व्यक्तिगत रुपमा सहयोगको आव्हान गरिएको छ ।