काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

विकल्प न्यूज/बेनी
असोज ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि बुधबार दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । Road Bistarसडक फराकीलो बनाउने काम भैरहेको ठाउँमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । डोजर परिचालन गरेर पहिरो हटाएर सडकमा यातायात सूचारु गराउन पहल भैरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले बताउनुभयो ।

Road Khulauna Probleउहाँका अनुसार पहिरो ठूलो खसेकाले तत्कालै सडक खुलाउन सम्भव छैन् । मानिसहरु समेत आवत जावत गर्न कठिन छ । सडक अवरुद्ध हुदाँ मुस्ताङको कागबेनीमा सोह् श्राद्ध गरेर घर फर्कन लागेका तिर्थयात्री, आन्तरीक तथा बाह्य पर्यटक र स्थानीय बासिन्दा प्रभावित भएका छन् । पर्यटक र स्याउ ढुवानीको मुख्य सिजनमा पहिरोले सडक अवरुद्ध बनाएको हो । फाइल तस्विर