म्याग्दी समाचार
३२ जिल्लामा एमाले र माओवादीको भागवण्डा टुंगियो (सूचीसहित)
३ कात्तिक, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् । दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको हो, जसलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ । आजै उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण गरिने माओवादी नेता एवं कार्यदल सदस्य वर्षमान […]
म्याग्दीमा कस्ले पाउला टिकट ?
सन्तोष गौतम/विकल्प न्यूज बेनी २ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तालमेल गरेका नेकपा एमाले र (माओवादी केन्द्र) बिच उमेद्वार सिट बाँडफाँडको गृहकार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर ४ अन्तरगत प्रदेशसभामा एक र प्रतिनिधि सभामा दुई क्षेत्र रहेको म्याग्दीमा बाम गठबन्धनबाट कुन दलले कुन क्षेत्र पाउँछन् भन्ने चर्चा र चासो चुलीएको […]
‘नेपालमा लगानी गर्न आतुर छौं’ः आचार्य
विकल्प न्यूज/कुश्मा कार्तिक २ गते । गैरआवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित उपाध्यक्ष कुल आचार्यले एनआरएन नेपालको सम्बृद्धीका विषयमा निकै चिन्तित रहेको बताए । उनले बिदेशिएका धेरै युवाहरुको बाल्यकालको शिक्षा कष्टकर भएको भन्दै अब पनि सोहि अवस्था नदोहोरियोस् भन्नका लागि शैक्ष्ँिक क्षेत्रमा सहयोग गर्न पाउ“दा खुशी लागेको बताए । पर्वतको कुश्मास्थीत शिवालय माविमा सञ्चालित […]
बामगठबन्धन ः म्याग्दीको प्रतिनिधिसभामा माओवादीको चर्चा
विकल्प न्यूज/बेनी कार्तिक २ गते । आसन्न प्रतिनिधि र प्रदेश सभामा बाम तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्र विच निर्वाचन क्षेत्रको वाँडफाँडको गृहकार्यमा नेताहरु जुटेका छन् । केन्द्रबाट प्राप्त स्रोत अनुसार प्रतिनिधिसभाका लागि म्याग्दी माओवादीको भागमा परेको बुझिएको छ । राष्ट्रिय समाचारहरुमा जनाइए अनुसार म्याग्दी माओवादी केन्द्रलाई दिन एमाले सहमत भइसकेको छ । प्रतिनिधिसभाको […]
कुल आचार्यसंगको कुराकानी

१४ वर्ष अघि स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले संसारभरि छरिएका प्रवासी नेपालीहरुलाई एकजुट गर्नुका साथै नेपाललाई समृद्ध बनाउन योगदान पुराउने बताउँदै आएको छ। http://www.bbc.com/nepali/41672596 यसै साता काठमाडौंमा सम्पन्न संघको आठौं विश्व संमेलनले जापानमा लामो समयदेखि व्यवसाय गर्दै आएका एकजना व्यवसायी भवन भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा […]
बेनीका जुवाडेहरु धमाधम पक्राउ पर्न थाले
सन्तोष गौतम /विकल्प न्यूज बेनी २ कात्तिक । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सामाजिक विकृतीको रुपमा रहेको जुवा नियन्त्रण “अपरेशन”लाई तिब्रता दिएको छ । बेनीका जुवाघरहरुमा छापा मारेर प्रहरीले दैनिकजसो जुवाडेहरु पक्राउ गर्न थालेको हो । ब्यवसायीक रुपमा जुवा खेलाईने ठाउँमा प्रहरीले छापा मार्न थालेपछि जुवाडेहरुको भागाभाग भएको छ । एक हप्तायता तिन वटा जुवाघरमा छापा […]
“स्वर्ग जस्तै कति प्यारो राम्चे गाउँ”(म्यूजिक भिडियो)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ मा पर्ने राम्चे गाउँको प्रचारप्रसारका लागि गीत र म्युजीक भिडीयोको छायांकन गरिएको छ । डिके पुनले लेखेको “स्वर्ग जस्तै कति प्यारो राम्चे गाउँ” बोलको म्युजीक भिडीयो बनाउन लागिएको हो । राम्चेको न्यू देउराली युवा क्लबको पहलमा निर्माण हुन लागिएको म्युजीक भिडीयोको छायांकन सकिएको क्लबका […]
तिहारसंगै बेनीमा देउसी भैलोको रौनक बढ्यो(फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १ कात्तिक । तिहारको आगमनसंगै म्याग्दीमा देउसीभैलोको रौनकता बढेको छ । म्याग्दीको सदरमुकाम बेनीका साथै विभिन्न ग्रामिण बस्तीमा सामुदायीक विद्यालय, संघ संस्था, युवा कल्व, आमा समूहले तिहारको अवसरमा देउसी भैलोको आयोजना गरेका छन् । परम्परागत समाजमा मनोरञ्जनका लागि खेलिने देउसी भैलोबाट सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउने प्रभावकारी माध्यम बनेको हो […]
म्याग्दी उद्दार समिति बहराईनद्धारा शान्ति कोषलाई १३ लाख सहयोग
सन्तोष गौतम /विकल्प न्यूज बेनी १ कात्तिक । म्याग्दी उद्दार समिति बहराईनले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई करिब तेह् लाख रुपैया सहयोग उपलब्ध गराएको छ । विपन्न र गरिबको उपचारमा सघाउने उद्देश्यले कोषले स्थापना गर्न लागेको एक करोड पचास लाख रुपैयाको अक्षयकोषमा बहराईनमा रहेका म्याग्देलीहरु आवद्ध समितिले तेह् लाख ९३ हजार ३३० रुपैया सहयोग गरेको […]
शिक्षा कार्यालयको बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी कार्तिक १ गते । जिल्ला शिक्षा कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०७४/७५ मा कार्यालय मार्फत सञ्चालन हुने योजना तथा कार्यक्रमहरुको बुधबार बजेट सार्वजनिक गरेको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम तर्फ चालु आर्थिक वर्षको नौ करोड ४४ लाख ४९ हजार रुपैयाँ बजेट बिनियोजन भएको जानकारी गराइएको हो । शिक्षकको तलब भत्ता, छात्रवृत्ती वितरण, […]
अपाङ्ग संघको अध्यक्षमा केसी
सन्तोष गौतम\विकल्प न्युज बेनी १ कात्तिक । अपाङ्ग संघ म्याग्दीको १४ औ साधारणसभा तथा १० औ अधिवेशन सम्पन्न भएको छ । बेनीमा मंगलबार सम्पन्न अधिवेशनबाट गोपाल केसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । संघको बरिष्ठ उपाध्यक्षमा गणेश सुवेदी, दितृय उपाध्यक्षमा सन्ध्या छन्त्याल, सचिवमा सुरेन्द्र केसी, कोषाध्यक्षमा सोबिता चोखाल र सहसचिवमा लवकुश शर्मा रहनुभएको […]
पर्यटकीय गन्तव्य बन्दै झिँ

घनश्याम खड्का /बेनी कार्तिक १ गते । धौलागिरि सेन्चुरी पदमार्गको प्रवेशद्वार रघुगंगा गाउँपालिकाको झिँ पर्यटकीय गन्तव्य बनेको छ । नयाँ पदमार्गमा होटल, बाटोको विस्तार, खानेपानीको व्यवस्था, होमस्टेजस्ता पूर्वाधारले पर्यटकलाई आकर्षण गर्न लागिएको हो । गाउँलाई पर्यटन प्रवद्र्धन समूह र उद्योग वाणिज्य संघको अगुवाइमा नेपाल सरकारले होमस्टे बस्तीसमेत घोषणा गरिसकेको छ । फराकिलो बाटो र खानेपानीको […]
एनआरएनए मा म्याग्दीका कुँवर र बरुवाल
विकल्प न्यूज/बेनी असोज ३१ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौमा सम्पन्न आठौ विश्व सम्मेलनबाट दुई जना प्रवासी म्याग्देली निर्वाचित भएका छन् । एनआरएनएको यूरोप संयोजकमा शिवकुमार बरुवाल र एसिया प्यासिफीक उपसंयोजकमा बिनोद कुँवार निर्वाचित हुनुभएको हो । अन्नपूर्ण गाउँपालीका ६ घारमा जन्मिएका बरुवाल हाल बेल्जीयम र बेनपा ४ डाडाँखेतमा जन्मिएका कुँवर कोरीयामा बसोबास गर्दै […]
शान्ति समाजको सभापतिमा शर्मा
सन्तोष गौतम /विकल्प न्यूज बेनी ३१ असोज । मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको मंगलबार बेनीमा नवौ अधिवेशन तथा पन्ध्रौ साधारणसभा सम्पन्न भएको छ । अधिवेशनले ठाकुरप्रसाद शर्माको अध्यक्षतामा शाखाको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उपसभापतीमा नवराज पौडेल, सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा मुकुन्दप्रसाद आचार्य र सहसचिवमा शिवप्रसाद सुवेदी चयन हुनुभएको छ । कार्यसमिति […]
जनता आवास कार्यक्रम अन्तरगत म्याग्दीमा यस वर्ष थप एक सय घर बन्ने
सन्तोष गौतम/विकल्प न्यूज बेनी २७ असोज ।आर्थिक रुपमा विपन्न र गरिबीको रेखामुनी रहेका दलित समुदायको भौतिक अवस्थामा सुधार, स्वस्थ्य र सुरक्षित आवासमा पहुँच बढाउन म्याग्दीमा सञ्चालीत जनता आवास कार्यक्रमलाई यस वर्ष पनी निरन्तरता दिइने भएको छ । सहरी आवास तथा निर्माण डिभिजन कार्यालय बागलुङ मार्फत गत वर्षदेखि सुरु भएको कार्यक्रम यस वर्ष मंगला गाउँपालिकाको ३ […]