म्याग्दी समाचार
विकास र समृद्धिका लागि बामपन्थीको सरकार

विकल्प न्यूज/बेनी बेनी २० कात्तिक । नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले नेपालमा राजनितिक स्थिरता कायम गर्न आगामी निर्वाचनबाट गठन हुने प्रतिनिधी र प्रदेशसभामा बामपन्थीको दुई तिहाई बहुमत आवश्यक पर्ने बताउनुभयो । मालीका गाउँपालीका ७ बिममा सोमबार आयोजित चुनावी सभामा थापाले नेपाली काँग्रेसले अनुशरण गर्दै आएको संसदीय व्यवस्थाका कारण नेपालमा नौनौ महिनामा सरकार परिवर्तन […]
म्याग्दीमा चुनावको तयारी तिब्र
सन्तोष गौतम/विकल्प न्यूज बेनी २० कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधी र प्रदेशसभा निर्वाचनको म्याग्दीमा तयारी तिब्र बनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले चुनावको मिती नजिकिदै गर्दा आवश्यक तयारी तिब्र बनाएका हुन् । मुख्य निर्वाचन अधिकृत रामकुमार कोईरालाले चुनावका लागि कर्मचारी खटनपटन, समन्वय र व्यवस्थापकीय […]
राप्रपा प्रजातान्त्रीकको चुनाव प्रचार अभियान
विकल्प न्यूज/बेनी कार्तिक २० गते । हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्रलाई प्रमुख चुनावी एजेण्डा बनाएको राप्रपा प्रजातान्त्रीकले म्याग्दीमा आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान सुरु गरेको छ । राप्रपा प्रजातान्त्रीकका केन्द्रिय सदस्य जगतप्रसाद गौचनको नेतृत्वमा विभिन्न वडा स्तरमा कार्यकर्ता तथा मतदाता भेटघाट अभियान सञ्चालन भएको हो । सोमबार […]
वाम गठबन्धनलाई जिताउन रत्नेचौरमा ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति

विकल्प न्यूज/बेनी कार्तिक २० गते । बेनी नगरपालिका १ रत्नेचौरमा सोमबार एमाले माओवादी केन्द्रको वाम गठबन्धनको ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एमालेका उमेद्वार भुपेन्द्र थापाको गाउँ रत्नेचौरमा भएको एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुको भेलाले पदमबहादुर रावलको संयोजकत्वमा उक्त प्रचारप्रसार समिति गठन गरेको हो । समितिको सहसंयोजकमा सेते […]
जनमोर्चाको चुनावी अभियान
विकल्प न्यूज/बेनी कार्तिक २० गते ।आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि राष्ट्रिय जनमोर्चा म्याग्दीले अभियान सुरु गरेको छ । राष्ट्रिय जनमोर्चाका उमेद्वार सहितको टोलीले मालीका गाउँपालीका ६ दिच्यामबाट घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गरेको हो । आईतबार साँझ दिच्याममा कार्यकर्ता भेटघाट गरेको सो पार्टीको टोलीले सोमबार बिहान बिममा […]
जन्म दिनका अवसरमा विपन्न छात्रालाई सहयोग

विकल्प न्यूज/जलजला कार्तिक २० गते । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक वस्ने सुनिता जिसीले आफ्नो छोराको जन्मदिनका अवसरमा आर्थिक अवस्था कमजोर भएकी छात्रा पुष्पा पुर्जा मगरलाई आर्थिक सहयोग गर्नुभएको छ । जिसीको छोरा प्रसान्त जिशी को जन्म दिनको उपलक्ष्यमा जलजाल ६ शालिजा माबी मा अध्यनरत छात्रा पुर्जा मगरलाई मासिक एकहजारका दरले सहयोग गर्ने घोषणा गर्नुभएको […]
म्याग्दीको निर्वाचन ः बाह् पुरुष उम्मेदवारका बिचमा एक महिला भिड्दै

विकल्प न्यूज/बेनी कार्तिक २० गते । आसन्न मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा एक जनामात्र महिला उम्मेदवार हुनुहुन्छ । वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा नेकपा (एमाले)ले नरदेवी पुनलाई उम्मेदवार बनाएको हो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य […]
जलजलामा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २० कात्तिक । जलजला गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । यसअघि राष्ट्रिय वाणिज्य बैङकको बेनी शाखाबाट वितरण हुदै आएको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय भएको हो । चालु आर्थिक वर्ष २०७४७५ को पहिलो चौमासीकको सामाजिक सुरक्षा भत्ता यसैहप्ता भित्र वितरण गरिने भएको छ […]
दोवा र भुरुङको सिमा बिवाद समाधान
सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका दुई वटा वडाका बासिन्दाहरुबीचको वनको सिमा बिवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालीका १ दोवा र २ भुरुङ तातोपानीका बासिन्दाहरुबीच दुवै वडाको सिमा क्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका बिषयमा बिवाद रहदै आएको थियो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जिल्ला […]
मराङमा निल भयो भनेर भ्रमको राजनीति नगर्न माओेवादीको चेतावनी

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । माओवादी केन्द्र म्याग्दीले धौलागिरि गाउँपालिका वडा नम्बर ६ मराङमा माओवादी निल भयो भनेर नेपाली काँग्रसले गरेको प्रचारलाई भ्रमको राजनीति भनेर भनेको छ । यस्ता हल्लाका पछि नलाग्न उसले कार्यकर्ता पक्तीलाई अपिल समेत गरेको छ । माओवादी केन्द्रले यस्तो भ्रमको राजनीति नगर्न सम्बन्धित पक्षलाई कडा चेतावनी समेत दिएको छ । […]
लोकतान्त्रीक गठबन्धनको चुनावी अभियान तिव्र
विकल्प न्यूज/बेनी कार्तिक १९ गते । आसन्न मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेसशभा निर्वाचनमा मत माग्न उम्मेदवार सहित लोकतान्त्रीक गठबन्धन गाउँपसेको छ । नेपाली काँग्रेसले नेतृत्व गरेको गठबन्धनले रघुगंगा गाउँपालिकामा चुनावी कार्यक्रम सकेर धौलागिरि र मालिका गाउँपालिकामा पुगेको छ । चरणको चुनावी अभियान अन्र्तगत नेपाली कांग्रेस राप्रपाको लोकतान्त्रीक गठबन्धनको चुनावी आम सभा […]
पुरुण्डीमा वाम गठबन्धनको कार्यकर्ता तथा जनभेटघाट

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । बेनी नगरपालीका ५ पुरुण्डीमा आईतबार एमाले माओवादीको बाम गठबन्धनको चुनाव प्रचार अभियान अन्तरगत कार्यकर्ता तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ । बाम गठबन्धनका युवा विद्यार्थी नेता अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेलको उपस्थितीमा एमाले माओवादीका स्थानीय कार्यकर्ता र स्थानीय बासिन्दाहरुबीच आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको […]
पाखापानीका जनता भन्छन–‘राज्यमन्त्री हुँदा पनि गाउँको मुहार उस्तै रहयो,,फेरी मत माग्न लाज मान्नुपर्ने हो (भिडियो सहित)

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । निर्वाचनलाई लक्षित गरि राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न गाउँ गाउँ पुग्न थालेका छन् । दलका नेताहरु भोट माग्न गाउँ पुुग्ने क्रम बढेसंगै जनताहरुले समेत नेताहरुलाई संधै आश्वासन मात्रै दिएको भन्दै गुनासो गरेका छन् । रघुगंगा गाउँपालिका–६ ठाडखानीका ९१ बर्षिय रनप्रसाद छन्त्यालले धेरै नेताहरुलाई मतदान गरि बिजयी गराएपनि गाउँको […]
“मतलाई पैसामा बेच्दा जनताले दःुख पाउँछन्”– थापा

सन्तोष गौतम /विकल्प न्यूज बेनी १९ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत एमाले र माओवादी केन्द्रले आईतबार धौलागिरी गाउँपालीका ६ मराङमा आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले व्यक्ति, जात, धर्म, सम्प्रदाय भन्दा पनी पार्टीले विगतमा गरेका काम, निती […]
पात्लेखेत र घतानमा वाम गठबन्धनको कार्यकर्ता भेटघाट

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । बेनी नगरपालीका ९ घतान र १० पात्लेखेतमा नेकपा एमाले र माओवादी केन्द्रको चुनाव प्रचार अभियान अन्तरगत आईतबार कार्यकर्ता तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बाम गठबन्धनको तर्फबाट क्षेत्र (क)मा माओवादीका उमेद्वार बिनोद केसी सहितको एमाले र माओवादीका जिल्ला स्तरीय नेताहरुको टोलीले स्थानीय कार्यकर्ता र मतदातासंघ भेटघाट गरेको […]