विकल्प न्यूज/बेनी
कार्तिक १९ गते ।
बेनी नगरपालीका ५ पुरुण्डीमा आईतबार एमाले माओवादीको बाम गठबन्धनको चुनाव प्रचार अभियान अन्तरगत कार्यकर्ता तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
बाम गठबन्धनका युवा विद्यार्थी नेता अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेलको उपस्थितीमा एमाले माओवादीका स्थानीय कार्यकर्ता र स्थानीय बासिन्दाहरुबीच आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारीको विषयमा छलफल भएको थियो ।
दलित समुदायको बाहूल्य बसोबास रहेको पुरुण्डका मतदाताहरुले दलित समुदायको उत्थानमा महत्वपूर्ण योगदान गरेका एमाले र माओवादीबीच तालमेल र पार्टी एकताको खबरले उत्साहीत भएको स्थानीय बिनोद परियारले बताउनुभयो ।
उनिहरुले सचेत भएर पैसाको प्रलोभनमा नपरी पार्टी, निती, कार्यक्रम र विगतको योगदानको आधारमा मतदान गर्नुपर्ने बताएका थिए ।