विकल्प न्यूज/बेनी
कार्तिक २० गते ।आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि राष्ट्रिय जनमोर्चा म्याग्दीले अभियान सुरु गरेको छ ।
राष्ट्रिय जनमोर्चाका उमेद्वार सहितको टोलीले मालीका गाउँपालीका ६ दिच्यामबाट घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गरेको हो । आईतबार साँझ दिच्याममा कार्यकर्ता भेटघाट गरेको सो पार्टीको टोलीले सोमबार बिहान बिममा घरदैलो गरेको थियो ।
टोलीमा जनमोर्चाको प्रदेशसभा क्षेत्र ख का उमेद्वार रमेशकुमार पुन, क्षेत्र क का फौदबहादुर कार्की र समानुपातीक उमेद्वार तथा जिल्ला अध्यक्ष छेमबहादुर विश्वकर्मा (छवी) सहभागी हुनुहुन्छ ।