राप्रपा प्रजातान्त्रीकको चुनाव प्रचार अभियान

विकल्प न्यूज/बेनी

कार्तिक २० गते ।

हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्रलाई प्रमुख चुनावी एजेण्डा बनाएको राप्रपा प्रजातान्त्रीकले म्याग्दीमा आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान सुरु गरेको छ ।

राप्रपा प्रजातान्त्रीकका केन्द्रिय सदस्य जगतप्रसाद गौचनको नेतृत्वमा विभिन्न वडा स्तरमा कार्यकर्ता तथा मतदाता भेटघाट अभियान सञ्चालन भएको हो । सोमबार राप्रपा प्रजातान्त्रीक म्याग्दीका अध्यक्ष रुपनारायण गौचन लगायत नेता कार्यकर्ता सहित रघुगंगा गाउँपालीका २ भगवती र ३ पिप्लेमा मतदाता भेटघाट गरिएको केन्द्रिय सदस्य गौचनले बताउनुभयो ।
यसअघि मालीका गाउँपालीकाको दरवाङ, मंगला गाउँपालीकाको बाबियाचौर, बेनपाको तातोपानी, सिंगा क्षेत्रमा पनी घरदैलो गरिएको थियो । राप्रपा प्रजातान्त्रीकले म्याग्दीमा समानुपातीकतर्फ प्रतिनिधिसभामा तोपबहादुर केसी र प्रदेशसभातर्फ जगतबहादुर शाही, नन्दकली शर्मा र उमा घर्तीक्षेत्रीलाई उमेद्वार बनाएको छ ।