ताजा समाचार:
Search

म्याग्दी समाचार

म्याग्दीका उम्मेद्वारका प्राथमिकता

सन्तोष गौतम/नवविकल्प कार्तिक २३ गते । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रतिस्पर्धामा उत्रिएका म्याग्दीका उम्मेदवारहरुको प्राथमिकता समान देखिएको छ । एमाले–माओवादी केन्द्रको वाम र काँग्रेस–राप्रपाको लोकतान्त्रीक गठबन्धनको राजनीतिक एजेण्डा फरक भएपनि स्थानीय एजेण्डा प्रायः समान छन् । दुवै गठबन्धनका उम्मेदवारहरुले सडक, जलस्रोत, पर्यटन र कृषिको विकास, शिक्षा, स्वास्थ्य सेवाको […]

जलजलामा जेष्ठ नागरिकलाई सम्मान

विकल्प न्यूज/जलजला पर्वत २२ कात्तिक । पर्वतको जलजला गाउँपालिका वडा २,३ र ४ का ८४ वर्ष पुगेका ५५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । साविक मल्लाज माझँफाट गाविसको आर्थिक बर्ष ७३÷७४ को विनियोजित बजेटबाट वडा कार्यालयको आयोजनामा समाजका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । प्रमुख आथिथ्यता गर्नुभएको जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले ८४ वर्ष […]

वाम गठबन्धनको दोस्रो चरणको चुनावी अभियान सुरु

सन्तोष गौतम /विकल्प न्यूज भकिम्ली, कात्तिक २२ । चुनावी तालमेलसँगै पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले बुधबारदेखि म्याग्दीमा दोस्रो चरणको चुनावी सभा सुरु गरेका छन् । पहिलो चरणमा प्रदेशसभा–२ को मंगला गाउँपालिकाबाट प्रचार अभियान थालेको वाम गठबन्धनको टोलीले आजबाट प्रदेशसभा १ अन्तर्गत बेनी नगरपालिका–३ भकिम्लीबाट दोस्रो चरणको अभियान सुरु […]

जलजलावासीको चाहना वमोजिम काम गर्दछु ः उम्मेदवार अधिकारी

विकल्प न्यूज/जलजला पर्वत कार्तिक २२ गते । आगामी मंसिर २१ गते हुन लागेको दोस्रोचरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पर्वतको प्रदेशसभा क्षेत्र १ (क)बाट वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नेत्र अधिकारी सहितको संयुक्त टोलीले बुधवार जलजला गाउँपालिका ७ धाइरिङमा घरदैलो,कार्यकर्ता भेटघाट र कोणसभामा उम्मेदवार अधिकारीले जलजलावासीको चाहना वमोजिम काम गर्ने प्रतिवद्धता व्याक्त गर्नुभएको […]

जलजला गाउँपालिकाद्धारा सुन्तला पकेट क्षेत्र कार्यक्रम सञ्चालन

विकल्प न्यूज/जलजला पर्वत कार्तिक २२ गते । पर्वतको जलजला गाउँपालिकाले बाँसखर्क र मल्लाजमा सुन्तला पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । बाँसखर्क र मल्लाज क्षेत्रमा सुन्तला खेतीको विकास, विस्तार र प्रर्वद्धनका लागि पकेट कार्यक्रम कार्यान्वयन प्रक्रिया सुरु गरेको हो । कार्यक्रम कार्यान्वयनका लागि मंगलबार गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को उपस्थितीमा भएका गाउँपालिकाको १, २ र […]

वाम गठबन्धनका उम्मेदवारलाई जिताउन दानामा चुनाव प्रचारप्रसार समिति

विकल्प न्यूज/बेनी कार्तिक २१ गते । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई जिताउन चुनाव प्रचारप्रसार समिति गठन भएको छ । आसन्न चुनावमा तालमेल र त्यसपछि पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा मङ्गलबार समिति गठन गरिएको हो । सुनिल […]

प्रशासनको आँखा छलेर डोलेमा नेकपाको चुनाव खारेजी सभा

विकल्प न्यूज/बेनी कार्तिक २१ गते । बेनी नगरपालीका ३ भकिम्लीको डोलेमा मंगलबार नेत्रबिक्रम चन्दको नेकपाको चुनाव खारेजी सभा भएको छ । प्रतिनिधी र प्रदेशसभा निर्वाचनको खारेज गर्नुपर्ने माग गर्दै नेकपाले सो कार्यक्रम गरेको हो । कार्यक्रममा नेकपाका नेता धु्रब घिमीरे बिप्लवले चुनावले नेपालको समस्या समाधान नहुने भएकाले खारेज गर्नुपर्ने बताउनुभयो । नेकपाका नेता नविनले सञ्चालन […]

पश्चिम म्याग्दीमा लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रम तिव्र

विकल्प न्यूज/बेनी कार्तिक २१ गते ।नेपाली काँग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धनले जिल्लाको पश्चिम भेगमा चुनावी कार्यक्रमलाई तिव्रता दिएको छ । प्रतिनिधिसभाका उम्मेदवार खम्बिर गर्बुजा र प्रदेश क्षेत्र २ का उम्मेदवार क्याः अमलाल फगामी सहितको टोलीले आमसभा,घरदैलो र कार्यकर्ता भेटघाटलाई तिव्रता दिएको हो । कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार खम्बीर गर्वुजाले जिल्लाको पश्चिम क्षेत्र विकासले पछाडी परेकाले […]

जनताको जिवनस्तरमा परिवर्तन र सुधार ल्याउन वाम गठबन्धनलाइ मत दिन आग्रह

विकल्प न्यूज/बेनी म्याग्दी २१ कात्तिक । चुनावी तालमेल र पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रले म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा पहिलो चरणको चुनावी अमसभा सकेको छ । मंगला, मालीका र धौलागिरी गाउँपालीकाको सबैजसो वडा स्तरमा प्रतिनिधि र प्रदेशसभाका उमेद्वार सहितको टोलीले घरदैलो, कार्यकर्ता, भेटघाट र चुनावी सभा गरेको गठबन्धनले बुधबारदेखि क्षेत्र (क)को बेनपा ३ भकिम्लीदेखि […]

म्याग्दीका २२ मतदान स्थल संवेदनशिल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ कात्तिक । म्याग्दीका २२ मतदान स्थल संवेदनशिल रहेका छन् । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले संवेदनशिल मतदान स्थलको लागि बिशेष सुरक्षा योजना तयार पारेको छ । विगतका चुनावमा भएका गतिबिधि, भौगोलिक बिकटता, सञ्चार, यातायात सुबिधाको पहुँच लगायतका आधारमा संवेदनशिल मतदान स्थलको […]

छैठौ म्याग्दी महोत्सव माघमा

विकल्प न्यूज/बेनी बेनी २१ कात्तिक । आगामी माघमा बेनीमा छैठौ म्याग्दी महोत्सव एवं माघे संक्रान्ती मेला आयोजना हुने भएको छ । दशौ अधिवेशनबाट निर्वाचित भएको म्याग्दी उद्योग वाणिज्य संघको सोमबार बसेको दोस्रो बैठकले पुष २८ देखि माघ ७ गतेसम्म महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षतामा बसेको पदाधीकारी र कार्यसमिति सदस्यहरुको […]

पर्वतको विकास र समृद्धिका लागि वाम गठबन्धनलाई मत ः उम्मेदवार अधिकारी

विकल्प न्यूज/जलजला पर्वत कार्तिक २१ गते । माओवादी केन्द्रका पोलिट व्युरो सदस्य एवम् प्रदेशसभा क्षेत्र नम्बर १ पर्वत का उम्मेदवार नेत्र अधिकारीले नेपालमा राजनीतिक स्थायीत्व कायम गर्नका लागि आगामी निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने विचार व्यक्त गर्नुभएको छ । लामो समय राजनीतिक अस्थिरताका कारण विकास र समृद्धि हासिल गर्न नसकेको बताउँदै उम्मेदवार अधिकारीले मुलुकको आर्थिक […]

म्याग्दीको नमुना मतपत्र यस्तो छ

  विकल्प न्यूज/बेनी कार्तिक २१ गते । निर्वाचन आयोगले म्याग्दीका लागि नमुना मत पत्र सार्वजनिक गरेको छ । myagdi

भकिम्लीमा वाम गठबन्धनको चुनाब प्रचार समिति गठन

विकल्प न्यूज/बेनी कार्तिक २० गते । आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि बाम गठबन्धन म्याग्दीले चुनाब प्रचार प्रसार अभियानलाई तिब्र बनाएको छ । अभियान अन्र्तगत सोमबार बेनी गनरपालिका –३ भकिम्लीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र बामपन्थी नेता तथा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । सो भेलाले […]

जिल्लाको विकास गरी जनताको अनुहारमा खुसि ल्याउछु ः उम्मेदवार गर्बुजा

विकल्प न्यूज/बेनी कार्तिक २० गते । नेपाली काँग्रसले नेतृत्व गरेको लोकतान्त्रीक गठबन्धनले म्याग्दीमा चुनावी अभियानलाई गाउँगाउँ सम्म पु¥याएको छ । लोकतान्त्रीक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम वहादुर (खम्बिर) गर्बुजा सहितको टोली सोमवार मालिका गाउँपालिकाको वडा नं २ रुममा पुगेको छ । रुम भएको चुनावी कार्यक्रममा उम्मेदवार गर्बुजाले जिल्लाको विकास गरि जनताको अनुहारमा खुसि ल्याउन […]