प्रशासनको आँखा छलेर डोलेमा नेकपाको चुनाव खारेजी सभा

विकल्प न्यूज/बेनी
कार्तिक २१ गते ।biplob

बेनी नगरपालीका ३ भकिम्लीको डोलेमा मंगलबार नेत्रबिक्रम चन्दको नेकपाको चुनाव खारेजी सभा भएको छ । प्रतिनिधी र प्रदेशसभा निर्वाचनको खारेज गर्नुपर्ने माग गर्दै नेकपाले सो कार्यक्रम गरेको हो । कार्यक्रममा नेकपाका नेता धु्रब घिमीरे बिप्लवले चुनावले नेपालको समस्या समाधान नहुने भएकाले खारेज गर्नुपर्ने बताउनुभयो ।

नेकपाका नेता नविनले सञ्चालन गर्नुभएको कार्यक्रमको सञ्चालन म्याग्दी जिल्ला सेक्रेटरी पदम पुन फिल्टरले गर्नुभएको थियो ।