पश्चिम म्याग्दीमा लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रम तिव्र

विकल्प न्यूज/बेनी
कार्तिक २१ गते ।debisthanनेपाली काँग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धनले जिल्लाको पश्चिम भेगमा चुनावी कार्यक्रमलाई तिव्रता दिएको छ । प्रतिनिधिसभाका उम्मेदवार खम्बिर गर्बुजा र प्रदेश क्षेत्र २ का उम्मेदवार क्याः अमलाल फगामी सहितको टोलीले आमसभा,घरदैलो र कार्यकर्ता भेटघाटलाई तिव्रता दिएको हो ।

कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार खम्बीर गर्वुजाले जिल्लाको पश्चिम क्षेत्र विकासले पछाडी परेकाले आफूले जितेमा पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले जलविद्युत,कृषि र पर्यटनका क्षेत्रमा लगानी जुटाउने कार्यलाई पहिलो प्राथमिकता राख्ने बताउनुभयो ।

मालिका गाउँपालिका वडा नं ४ चिउरीबोटमा आयोजना गरेको चुनावी सभामा बोल्दै उम्मेदवार गर्वुजाले जिल्लाको विकासका लागि यसपटक लोकतान्त्रीक गठबन्धनको जित आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।

पश्चिम म्याग्दी तामाखानी,स्लेटखानी,जडिबुटी, जलश्रोत र वनपैदवारका स्रोतले सम्पन्न रहेको बताउँदै उम्मेदवार गर्वुजाले यी श्रोतहरुलाई संचालनमा ल्याउन र आयआर्जनका माध्यम बनाउन चाहिने उपकरण र अन्य व्यवस्थापकीय चाँजोपाँजो मिलाउन मिलाउने ठोकुवा समेत गर्नुभयो ।

कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका,नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्यहरु अजयमिलन श्रेष्ठ, भिजेन्द्रमान पुन,मेखवहादु पुन,कमरा पटेल,थमन घिमिरे विक लगाएतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभएको थियो ।

नेपाली कांग्रेस चिउरीबोट गाउँ इकाइ समतिका सभापति तमवहादुर पुनको अध्यक्षता ,झपेन्द्र पुनको स्वागत र प्रेम घर्तीको संचालनमा सम्पन्न भएको थियो । मंगलवार विहान दरवाङ बजारमा उम्मेदवार गर्वुजा सहितको टोलीले घरदैलो अभियान समेत गरेको जनाइएको छ । चिउरीबोटमा तमवहादुर पुनको संयोजकत्वमा २७ सदस्यीय लोकतान्त्रिक गठवन्धनको मतदान केन्द्र समिति गठन भएको प्रचार विभागका संयोजक अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो ।