जलजलावासीको चाहना वमोजिम काम गर्दछु ः उम्मेदवार अधिकारी

विकल्प न्यूज/जलजला पर्वत
कार्तिक २२ गते ।

आगामी मंसिर २१ गते हुन लागेको दोस्रोचरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पर्वतको प्रदेशसभा क्षेत्र १ (क)बाट वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नेत्र अधिकारी सहितको संयुक्त टोलीले बुधवार जलजला गाउँपालिका ७ धाइरिङमा घरदैलो,कार्यकर्ता भेटघाट र कोणसभामा उम्मेदवार अधिकारीले जलजलावासीको चाहना वमोजिम काम गर्ने प्रतिवद्धता व्याक्त गर्नुभएको छ । bam kushma 1मिलनचोक,सल्यान,वास्कोट र धारापानीमा क्षेत्रका मतदाताहरुलाई भेटघाट र घरदैलो गरेर वाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । मिलनचोक र सल्यानमा भएको कोणसभामा उम्मेदवार अधिकारीले राजनीतिक स्थीरता कायम गरि मुलुकलाई विकास र समृद्धिको दिशामा लैजानका लागि वामपन्थीहरु विच गठबन्धन निर्माण भएको बताउनुभयो । आगमी निर्वाचनमा वाम गठबन्धनले दुइतिहाई ल्याउने उम्मेदवार अधिकारीले दावी गर्नुभयो । bam kushma 1मिलनचोक बजारलाई संरक्षण गर्न तटबन्धन निर्माणका लागि आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । कृषि खेतीको आधुनिकिकरण र व्यवसायिकरण लागि वामगठबन्धनले योजना बनाएको बताउँदै उम्मेदवार अधिकारीले जलजलामा सिँचाई,खानेपानी,शिक्षा स्वास्थ्य र ग्रामिण सडकको सुधारका लागि विशेष कार्ययोजना बनाएर काम गर्ने बताउनुभयो । उहाँले धाइरिङ सधै परिवर्तनकारीको पक्षमा रहेकाले यसपटक पनि वामगठबन्धनलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर वि पौडेल,माओवादीका गुप्तहमाल,समानुपातिक उम्मेदवार मनरुपा सुवेदी,23423674_1730180520339510_1387579301_o (1) नेकपा एमाले पर्वतका उपसचिव गोविन्द पहाडी, मेघनाथ शर्मा,पूर्व उपसचिव उदय सुवेदी लगायतले वाम गठबन्धनलाई मत दिन अनुरोध गर्नुभएको थियो । निर्वाचन परिचालन कमिटि जलजलाका संयोजक लाल वहादुर अधिकारीको अध्यक्षता माओवादी केन्द्र धाइरिङका अध्यक्ष हरि आचार्यको सञ्चालन र वाइसिएल नेपालका केन्द्रिय सदस्य लोकराज आचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।