विकल्प न्यूज/बेनी
कार्तिक २१ गते ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई जिताउन चुनाव प्रचारप्रसार समिति गठन भएको छ । आसन्न चुनावमा तालमेल र त्यसपछि पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा मङ्गलबार समिति गठन गरिएको हो ।
सुनिल पुनको संयोजकत्वमा ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति बनाइएको छ । दानाका वडाध्यक्ष नरसिङबहादुर पूर्जाको प्रमुख आतिथ्यमा समिति गठन गरिएको थियो । उक्त कार्यक्रममा एमाले जिल्ला सदस्य नारायण पुन, बुद्धि पुन र अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा आसन्न चुनाव वामपन्थीको पोल्टामा पार्नका लागि आवश्यक गृहकार्य र तयारीका लागि अन्तत्र्रिmया र छलफल समेत गरिएको बताइएको छ ।