म्याग्दी समाचार
म्याग्दीको विकासको लागि लोकतान्त्रीक गठबन्धनलाई मतः गर्वुजा

विकल्प न्यूज/बेनी कार्तिक २६ गते । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आइतबार रघुगंगा–७ चिमखोलामा चुनावी आमसभा सम्पन्न गरेको छ । मंसिर १० मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोजित आमसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम्बीर गर्बुजाले समग्र जिल्लाको विकासका लागि लोकतान्त्रीक गठबन्धनलाई विजयी गराउन अनुरोध गर्नुभयो । जिल्लामा शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा […]
विप्लवका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
विकल्प न्यूज/बेनी कार्तिक २६ गते ।नेत्रबिक्रम चन्द् नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता आईतबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बेनी नगरपालिका ४ सुर्केमेलाका धनराम पुन र रोशन क्षेत्री नेकपा परित्याग गरि माओवादीमा प्रवेश गर्नुभएको हो । पुन र क्षेत्रीलाई माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेलले स्वागत गर्नुभएको थियो । नेकपाको राजनितिक कार्यदिशा ठिक […]
दग्नाममा बुथ कब्जा गरे बद्ला लिन्छौ ः वाम गठबन्धन
विकल्प न्यूज/बेनी कार्तिक २६ गते । रघुगंगा गाउँपालिकाका केही मतदानस्थललाई विपक्षीदलले कब्जा लिएर एकलौटी मतदान गर्न खोजे त्यसको बदला लिने वाम गठबन्धनले कडा चेतावनी दिएको छ । स्वच्छ,शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने नागरिकको अधिकारलाई बञ्चित गर्ने गरि बुथलाई कब्जा लिए त्यसको बद्ला लिने उद्घोष वाम गठबन्धनले गरेको हो । मंसिर १० गते पहिलो चरणमा हुन […]
म्याग्दीको निर्वाचनः आचारसंहिता र सुरक्षाको विषयमा छलफल
सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनाव प्रचारको क्रममा आचारसंहिता पालना र सुरक्षा अवस्थाको विषयमा आईतबार म्याग्दीका सरोकारवालाहरुबीच छलफल भएको छ । जिल्ला प्रशासन कार्यालयमा निर्वाचन आयोगका सहसचिव डाक्टर हरि पौडेल, सहायक निर्वाचन अधिकारीहरु, सुरक्षा अधिकारी, राजनितिक दलका प्रतिनिधिहरुबीच आचारसंहिता पालना र सुरक्षा अवस्थालाई […]
घतानमा आमसभा ः म्याग्दीको विकासको लागि वाम उम्मेद्वारलाई मतदान गर्न आग्रह
विकल्प न्यूज/बेनी म्याग्दी २५ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले शनिवार बेनी नगरपालीका ९ नेप्टेचौरमा चुनाबी आमसभा सम्पन्न गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य तथा समानुपातीक उमेद्वार थममाया थापाले परिवर्तनको संस्थागत गर्दै विकास र […]
वाम गठबन्धनको लुलाङ, किमचौर र झाँक्रेपानीमा घरदैलो

विकल्प न्यूज/बेनी कार्तिक २५ गते । म्याग्दीको प्रदेशसभाको क्षेत्र (ख)मा बाम गठबन्धनका उमेद्वार र नेता कार्यकर्तालाई चुनाव प्रचार अभियान अन्तरगत घरदैलोलाई तिब्र बनाएका छन् । शनिबार एकै दिन तिन ठाउँमा घरदैलो भएको छ । लुलाङमा प्रदेशसभा क्षेत्र ख की उमेद्वार एमाले नेता नरदेवी पुन, मंगला गाउँपालीका ४ झाँक्रेपानीमा गाउँपालीका अध्यक्ष सतप्रसाद रोका र ५ नम्बर […]
लोकतान्त्रिक गठबन्धनको मुनामा चुनावी आमसभा, मुदीमा भेटघाट
विकल्प न्यूज/बेनी कार्तिक २५ गते । धौलागिरि गाउँपालिका–३ मुनामा शनिबार लोकतान्त्रिक गठबन्धनले चुनावी आमसभा सम्पन्न भएको छ । आगामी मंसिर–१० गने हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचनलाई लक्षित चुनावी आमसभालाई सम्बोधन गदैं निर्वतमान सांसद रेशम बहादुर बानियाँले पश्चिम म्याग्दीको विकासमा लोकतान्त्रिक गठबन्धन प्रतिबद्ध रहेको बताउनुभएको छ । धौलागिरि गाउँपालिका भित्र रहेका सम्भावना र आवश्यकताका […]
मगर विद्यार्थी संघद्धारा पोशाक र शैक्षिक सामाग्री वितरण
विकल्प न्यूज/बेनी कार्तिक २४ गते । नेपाल मगर विद्यार्थी संघ बेनी सामुदायिक ईकाई कमिटिले शुक्रबार बेनी नगरपालीका ५ बगुवाखोलामा रहेको बालजागृती आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री सहयोग गरेको छ । वौद्धीक अपाङ्गता स्रोत कक्षाका २२ र अन्य गरी ६३ जना विद्यार्थीलाई पोशाक, कापी र कलम वितरण गरिएको संघले जनाएको छ । ईकाई समितिका […]
ताकममा काँग्रेसको चुनावी आमसभा
विकल्प न्यूज/बेनी कार्तिक २४ गते । प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले विकास निर्माणको क्षेत्रमा पछाडी परेको पश्चिम म्याग्दीको सुन्दर भविष्यका लागि निरन्तर सक्रिय हुने बताएका छन् । आगामी मंसिर–१० गने हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्बाचनलाई लक्षित चुनावी आमसभा शुक्रबार ताकममा सम्पन्न भएको छ । लोकतान्त्रिक गठबन्धनले शुक्रबार धौलागिरि गाउँपालिका–७ ताकममा […]
उम्मदेवार पुनको टोलीद्धारा घरदैलो अभियान जारी

विकल्प न्यूज/बेनी कार्तिक २३ गते । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा बाम गठबन्धनबाट एमालेकी उम्मेदवार नरदेवी पुनको टोललिे शुक्रबार मंगला गाउँपालिकाको विभिन्न बस्तीहरुमा घरदैलो गरेको छ । मंगला गाउँपालिका २ सिमलचौर, कुकुर बिसौना, मिठौलामा घरदैलो गरिएको हो । टोलीमा पूर्व राज्यमन्त्री समेत रहनु भएकी पुन, मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी लगायत एमाले र […]
जन्म गाउँ रत्नेचौरमा थापाले भन्नुभयो ः जनताको असल सेवक भएर काम गर्दछु

विकल्प न्यूज/बेनी बेनी २४ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले शुक्रबार बेनी नगरपालिका १ रत्नेचौरमा संयुक्त आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीटब्युरो सदस्य तथा समानुपातीक उम्मेदवार थममाया थापाले नेपालमा कम्प्युनिष्टको नेतृत्वमा भएको परिवर्तनलाई संस्थागत […]
म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी
सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ कात्तिक । जिल्ला निर्वाचन कार्यालयले आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बदर मतको दर घटाउन मतदाता शिक्षा अभियान सञ्चालन गर्ने तयारी गरेको छ । मतदान केन्द्र स्तरमा परिचालन हुने स्वमसेवकहरुलाई शुक्रबारदेखि सदरमुकाम बेनीमा मतदाता शिक्षा सम्बन्धि तालीम दिन सुरु भएको छ । एकएक दिनका […]
निर्वाचनको सुखद लहर
निर्मलकुमार आचार्य/काठमाण्डौं कार्तिक २४ गते । निर्वाचनको लहरले मुलुकलाई छपक्कै छोपेको छ । आउँदो मङ्सिर १० तथा २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल सबै सक्रिय रहेका छन् । बहुपक्षीय क्रियाशीलताकै कारण हुनुपर्छ, आशंकाका बादल कतै दृष्टिगोचर भइरहेका छैनन् । निर्वाचन नचाहने कतिपय आन्तरिक तथा बाह्य तŒव समेत बढ्दो […]
वाम गठबन्धनको खबरा, भकुण्डे र अर्जममा चुनाबी आमसभा
विकल्प न्यूज/बेनी म्याग्दी, २३ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजीकिएसंगै म्याग्दीमा वाम गठबन्धनले चुनाबी आभियनलाई तिब्रता दिएको छ । निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको टोलीले विहिवार बेनी नगरपालिका– १ अर्जम, बेनी नगरपालिका–२ भकुण्डे र खवरामा चुनाबी आमसभा सम्पन गरेको हो । भकुण्डेमा […]
वाम गठबन्धनको सालिजा र लेखफाँटमा घरदैलो र कोणसभा
विकल्प न्यूज/जलजला पर्वत कार्तिक २३ गते । प्रदेशसभा क्षेत्र नम्बर १ पर्वतका वाम गठबन्धनका साझा उम्मेदवार नेत्र अधिकारी सहितको टोलीले विहिवार जलजला ५ लेखफाँट र ६ सालिजामा कोणसभा र घरदैलो सम्पन्न गरेको छ । वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य अधिकारीले जलजला गाउँपालिका कृषि खेतीमा उर्वर भूमि भएकाले यसको व्यवसायिक र आधुनिकिकरण गर्न […]