विकल्प न्यूज/बेनी
कार्तिक २३ गते ।
म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा बाम गठबन्धनबाट एमालेकी उम्मेदवार नरदेवी पुनको टोललिे शुक्रबार मंगला गाउँपालिकाको विभिन्न बस्तीहरुमा घरदैलो गरेको छ ।
मंगला गाउँपालिका २ सिमलचौर, कुकुर बिसौना, मिठौलामा घरदैलो गरिएको हो । टोलीमा पूर्व राज्यमन्त्री समेत रहनु भएकी पुन, मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी लगायत एमाले र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
उम्मेदवार पुनले मतदाताको घरका साथै खेतबारीमै पुगेर मत माग्नुभएको थियो । उहाँले संबिधानमा महिलाहरुको हकअधिकारका लागि भएका व्यवस्थाको कार्यान्वयनसंगै आफू राज्यमन्त्री हुँदा म्याग्दीका विकासका क्षेत्रमा सुरु गरिएका कामलाई निरन्तरता दिन आफू र बामगठबन्धनलाई जिताउन आग्रह गर्नुभएको थियो ।