ताजा समाचार:
Search

म्याग्दी समाचार

बरंजामा पुर्व विद्यार्थीद्धारा चार कोठे भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ पुष । म्याग्दीको मंगला गाउँपालिका ३ मा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले व्यक्तिगत लगानीमा कक्षा कोठा भवन निर्माण गर्नुभएको छ । हाल हङकङमा बस्दै आउनुभएका पूर्व विद्यार्थी ईन्जिनियर हर्कमान घर्तीले ११ लाख रुपैयाँको लगानीमा चार कोठे पक्कि कक्षा कोठा भवन निर्माण गर्नुभएको हो । विद्यालयको ५९ औ स्थापना […]

म्याग्दीमा स्वास्थ्य बिमा मा सत्रसय परिवार आवद्ध

विकल्प न्यूज/बेनी पुस १९ गते । आर्थिक रुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालीत स्वास्थ्य बिमा कार्यक्रममा म्याग्दीका करिब सत्र सय परिवार आवद्ध भएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले वि.स २०७३ पुष १३ गतेदेखि म्याग्दीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो । एक वर्षको अवधिमा एक […]

बेनी–जोमसोम सडक स्तरवृद्धि तिब्र

सन्तोष गौतम/विकल्प न्यूज पुस १९ गते । ४ नम्बर प्रदेशको लाईफ लाईन मानीएको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम सडक स्तरवृद्धिको कामले तिब्रता पाएको छ । नवलपरासीको बर्दघाट देखि मुस्ताङको कोरला सम्मको उत्तर दक्षिण जोड्ने नेपालको सबैभन्दा छोटो दुरीको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको बेनी देखि मुस्ताङको जोमसोम सम्मको ७६ किलोमिटर सडक कालोपत्रेका लागि फराकीलो बनाउने काम तिब्र […]

मल्लाज सहकारीद्धारा शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/जलजला पर्वत पुस १९ गते । पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा रहेको मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाले ११ औ स्थापना दिवसको अवसरमा बुधबार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जलजला गाउँपालिका २ मा रहेको बिन्दबासीनी आधारभुत विद्यालयका २१ जना दलित र विपन्न बालबालिकालाई झोला, कापी र कलम वितरण गरिएको हो । कार्यक्रममा सहकारीका अध्यक्ष लालबहादुर […]

म्याग्दीकाली ले १० प्रतिशत वोनस सेयर वितरण गर्ने

सन्तोष गौतम /विकल्प न्यूज बेनी १९ पुष । म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सामाजिक परिवर्तन, शुसासन र दिगो विकासका लागि सञ्चार माध्यमले जागरणमुलक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विकास र सम्बृद्धिका लागि […]

जन्म दिनमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/बेनी पुस १९ गते ।  बेनी नगरपालिका ९ का चक्रवहादुर केसीले आफ्नो जन्म दिनका अवसरमा वालवालिकालाई शैक्षिक सामागग्री वितरण गर्नुभएको छ । नेपाली कांग्रेसका वडा सभापति समेत रहनुभएका केसीले बालसंगठनका ११ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेर जन्मदिन मनाउनुभएको हो । जन्मदिनलाई अनावश्यक तरीकाले मनाउन भन्दा पनि आफ्नो सहयोगले बालबालिकाहरुकोे शैक्षिक आबश्यकतालाई सहयोग पु¥याउने […]

३२ महिनापछि निजी आवास पुननिर्माणको तयारी

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ पुष । म्याग्दीमा ३२ महिना अघिको भुकम्पका कारण क्षति पुगेका निजी आवास पुननिर्माणको तयारी भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पबाट कम प्रभावितको सूचीमा राखेको म्याग्दी लगायत जिल्लामा प्राबिधिक खटाएपछि पहिलो किस्ता अनुदान बुझीसकेका भुकम्प प्रभावितले निजी आवास निर्माण गर्ने बाटो खुलेको हो । प्राधिकरणले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा […]

मिस्त्रीखोलाको निर्माण युद्धस्तरमा

सन्तोष गौतम /विकल्प न्यूज पुस १९ गते । मिस्त्रीखोला जलविद्युत आयोजनाको बाँध निर्माण गरिँदै । तस्विर नवविकल्प नारच्याङम्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मिस्त्रीखोला जलविद्युत आयोजनाको सुरुङ र विद्युत गृह निर्माणको काम आधा भन्दा बढी सकिएको छ । स्वदेशी लगानीमा बन्न लागेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला म्याग्दीमा हालसम्मको ठूलो जलविद्युत आयोजना हो । जलविद्युत आयोजनाको पूर्वाधारतर्फ […]

जेसीज कपमा वेष्ट प्वाइन्ट युगको उदय

विकल्प न्यूज/बेनी पुस १९ गते । जेसीजकप फुटबल प्रतियोगिताको युगलाई नियाल्ने हो भने, सबैभन्दा अभागी टिम हो न्यू वेष्ट प्वाइन्ट कलेज । ११ औँ पटक फाइनल पुग्दा जति स्वर्णिम इतिहास उसँग छ, त्यति नै ९ पटक उपाधी गुमाउँदा र उपविजेता बन्दाको दुखद् पल पनि । पछिल्लो पटक सन् २०१२ मा प्रकाश माविलाई हराउँदै उपाधी चुमेको […]

छोराको जन्मदिन पारेर विद्यार्थीलाई पोशाक वितरण

विकल्प न्यूज/जलजला पुस १८ गते । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीका एक परिवारले आफ्नो छोराको जन्मदिनको अवसर पारेर विद्यार्थीहरुलाई पोशाक वितरण गरेका छन् । पर्वत बेनी प्रावीका विद्यार्थीहरुलाई लायन्स क्लब अफ बेनी मल्लाजका अध्यक्ष दिलीपकुमार बरुवालले छोरा दिगान्तको पाँचौ जन्मदिनको अवसर पारेका पोशाक वितरण गर्नुभएको हो । १५ जना विद्यार्थीहरुलाई मंगलबार पोशाक वितरण गरिएको […]

अन्नपूर्ण गाउँपालिकामा माओवादी केन्द्रको नयाँ कमिटी

विकल्प न्यूज/बेनी पुस १८ गते । नेकपा माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालीकाको दोस्रो सम्मेलन मंगलबार पोखरेबगरमा सम्पन्न भएको छ । सम्मेलनले बागबिर पाईजाको अध्यक्षतामा २५ सदस्यीय गाउँपालीका कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा पूर्ण पाईजा, सचिवमा प्रदिप पुन, कोषाध्यक्षमा थमबहादुर बराईली र सहसचिवमा नानुमाया बरुवाल रहनुभएको छ । सम्मेलनमा नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य […]

बेनीमा दूग्ध व्यवसायीहरुसंग अन्तरक्रिया

सन्तोष गौतम/विकल्प न्यूज बेनी १८ पुष । बेनीमा मंगलबार दूग्ध व्यवसायीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालीका अन्तरगत पशु सेवा शाखाको आयोजनामा भएको कार्यक्रममा दूग्ध उत्पादक कृषक, दूग्ध व्यवसायी, पशु सेवा र स्वास्थ्य प्राबिधिकहरुबीच दूधको गुणस्तर र उत्पादन वृद्धीको विषयमा छलफल भएको थियो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक डाक्टर […]

मालीका गाउँपालिकाले सडक र घरको मापदण्ड तोक्यो

सन्तोष गौतम/विकल्प न्यूज पुस १८ गते । म्याग्दीको मालीका गाउँपालीकाले सडक र घरको मापदण्ड कायम गरेको छ । गाउँ कार्यपालीकाको हालै बसेको बैठकले गाउँपालीका क्षेत्रका सडक, घर र भवनको मापदण्ड तोकेको हो । बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ लागु गर्ने निर्णय भएपछि नयाँ घर निर्माणको नक्सा पास र सडकको मापदण्ड कायम […]

धौलागिरी गाउँपालिकामा पशुपालनको सम्भावनाका विषयमा अन्तरक्रिया

सन्तोष गौतम /विकल्प न्यूज बेनी १८ पुष । म्याग्दीको धौलागिरी गाउँपालीकाका सरोकारवालाहरुबीच पशुपालनको सम्भावना र चुनौतीको विषयमा अन्तरक्रिया कार्यक्रम मुनामा सम्पन्न भएको छ । गाउँपालीकाको पशु सेवा शाखाको आयोजनामा जनप्रतिनिधि, पशु सेवा र स्वास्थ्य प्राबिधिक, गैरसरकारी संस्थाका प्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो । गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षता, नायव पशु सेवा प्राबिधिक पृथराज ढकालको […]

म्याग्दी क्याम्पसले २७ औ वार्षिक उत्सव मनायो

सन्तोष गौतम /विकल्प न्यूज बेनी १८ पुष । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले मंगलबार विभिन्न कार्यक्रम गरेर २७ औ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा बेनी बजारमा ¥याली गर्नुका साथै क्याम्पसमा औपचारीक समारोहको आयोजना गरिएको थियो । क्याम्पसबाट सुरु भएको विद्यार्थी, प्राध्यापक र सञ्चालकहरुको ¥याली बजार परिक्रमा गरेर सभामा परिणत भएको थियो । […]