मल्लाज सहकारीद्धारा शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/जलजला पर्वत
पुस १९ गते ।

पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा रहेको मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाले ११ औ स्थापना दिवसको अवसरमा बुधबार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

जलजला गाउँपालिका २ मा रहेको बिन्दबासीनी आधारभुत विद्यालयका २१ जना दलित र विपन्न बालबालिकालाई झोला, कापी र कलम वितरण गरिएको हो । कार्यक्रममा सहकारीका अध्यक्ष लालबहादुर अधिकारीले गरिब विपन्न विद्यार्थीको शिक्षामा पहुँच वृद्धि र गुणस्तर सुधारमा सहयोग पुगोस भनेर सहयोग गरिएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमकुमार विश्वकर्माको अध्यक्षता, शिक्षक डम्मरबहादुर जिसीको सञ्चालन र प्रअ गुप्तबहादुर कार्कीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहकारीका उपाध्यक्ष हिराबहादुर जिसी, कोषाध्यक्ष रामचन्द्र कार्की र प्रबन्धक प्रेमबहादुर भण्डारीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।