सन्तोष गौतम/विकल्प न्यूज
बेनी १८ पुष ।
बेनीमा मंगलबार दूग्ध व्यवसायीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालीका अन्तरगत पशु सेवा शाखाको आयोजनामा भएको कार्यक्रममा दूग्ध उत्पादक कृषक, दूग्ध व्यवसायी, पशु सेवा र स्वास्थ्य प्राबिधिकहरुबीच दूधको गुणस्तर र उत्पादन वृद्धीको विषयमा छलफल भएको थियो ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक डाक्टर मनबहादुर पुनले म्याग्दीमा दूध उत्पादनको अवस्था र दूधको उत्पादन तथा गुणस्तर वृद्धीका लागि अपनाउनुपर्ने रणनीतीको बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले बेनी नगरपालीकालाई दूधमा आत्मनिर्भर बनाउन ब्यवसायीक गाईभैसी पालनको विस्तार, नश्ल सुधार, आहराको विकास र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
बेनी नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले नगरपालीकाबाट चालु आर्थिक वर्षमा पशु सेवाका योजना तथा कार्यक्रमका लागि १५ लाख रुपैया बिनियोजन भएको जानकारी गराउनुभयो ।
कृषक कमल पौडेलको अध्यक्षता र पशु स्वास्थ्य प्राबिधिक सुभाष रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरपालीकाको पशु स्वास्थ्य शाखाका प्रमुख पशु चिकित्सक जिवन आचार्यले स्वागत गर्नुभएको थियो ।