म्याग्दी समाचार
गलेश्वर बजारमा सौन्दर्यकरण

म्याग्दी, फागुन २२ गते । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुआत भएको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो । परियोजना मार्फत गलेश्वर बसपार्क देखि प्रवेशद्धार, […]
जलजलामा नेकपा एमालेको वडास्तरीय प्रशिक्षण सुरु

विकल्प न्यूज\बेनीफागुन २१ गते । पर्वतको जलजला गाउँपालिकामा नेकपा (एमाले) ले वडा–केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गत वडास्तरीय प्रशिक्षण सुरु गरेको छ । पार्टीले मंगलबार वडा नम्बर २ मल्लाजमा वडास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (एमाल)े गण्डकी प्रदेश सदस्य तथा जिल्ला कमिटी पर्वतका निवर्तमान अध्यक्ष राजुप्रसाद पौडेल,प्रदेश कमिटी सदस्य एवम् पालिका इन्चार्ज लालबहादुर अधिकारी,जिल्ला […]
कुमारी सहकारी हिनामिना प्रकरण ः पाँचजनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

विकल्प न्यूज\बेनीम्याग्दी, फागुन २१ गते । म्याग्दीको बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी मुद्दाका आरोपीहरुलाई थुनामा पठाउन जिल्ला अदालत म्याग्दीले आदेश दिएको छ । अदालतको आदेश सँगै रकम हिनामिनाको अभियोग लागेका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित पाँचजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको […]
सहकारीको रकम हिनामिनाको आरोप लागेका जिसस म्याग्दीका प्रमुखलाई एमालेले गर्यो निलम्बन

विकल्प न्यूज\बेनीफागुन २० गते । सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानको क्रममा रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई नेकपा एमालेले गण्डकी प्रदेशले निलम्बन गरेको छ । मंगलबार पोखरामा भएको प्रदेश कमिटीको सचिवालय बैठकले थापालाई निलम्बन गर्ने निर्णय गरेको उपसचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिइन् । थपा नेकपा एमाले म्याग्दीका […]
दरवाङ–ताकम–शिवाङ– मुना–जलजला– ढोरपाटन सडक योजनाको ठेक्का आह्वान

बेनी, २० फागुन ः म्याग्दीको दरवाङ– ताकम– शिवाङ– मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि करिब रु. एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त सडक अन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि रु. ९२ करोड बजेटको योजना सञ्चालन गरेको हो । योजनाको सर्वेक्षण, लागत अनुमान, विस्तृत […]
रुम–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

बेनी २० फागुन ः म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालय म्याग्दीले रुम– ताराखोला सडक आयोजना कार्यान्वयनका लागि मङगलवार बहुबर्षीय ठेक्का आव्हान गरेको कार्यालय प्रमुख बिष्णुप्रसाद पौडेलले बताउनुभयो । रु. तीन करोड बजेट स्रोत […]
माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

म्याग्दी, फागुन २० गते । जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर [माथिल्लो] राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत्गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो । सन् २०२५ को जुलाईभित्र […]
सय रोपनी जग्गा भाडामा लिएर रैथाने धानखेती गरिरहेका ध्रुब

विकल्प न्यूज/बेनीफागुन १९ गते । रोजगारीको सिलसिलामा तीन वर्ष सिंगापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मंगला गाउँपालिका–२ सिमका ध्रुब खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो। कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा पोखराबाट जन्मथलो आएका केसीको बसाइँ पछिल्लो पाँच वर्षयता सिम गाउँमा छ। ‘हाम्रा हजुरबुवाका पाँच परिवार सन्तान हामीहरू विदेश र सहर […]
नेकपा एमाले जलजला वडा केन्द्रीत अभियानमा सक्रिय

विकल्प न्यूज\बेनीफागुन १६ गते । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेले वडाकेन्द्रीत अभियानलाई तिव्रता दिएको छ । पार्टीले संचालन गरेको तीन महिने वडा केन्द्रीत अभियानलाई प्रभावकारी बनाउन नेता तथा कार्यक्रताहरु परिचालन गरेर अभियानलाई तिव्रता दिएको हो । हालै बसेको जिल्ला र पालिका कमिटीको निर्णय अनुसार नेकपा एमालेले जलजला कमिटी ९ वटै वडा तहमा प्रशिक्षण,घर दैलो,सदस्यता नवीकरण,विस्तार,टोल […]
गलेश्वरमा रु. ५१ लाख भेटी सङ्कलन

म्याग्दी, फागुन १५ गते । जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु .५१ लाखबढी भेटी सङ्कलन भएको छ । गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु. ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । […]
अन्नपूर्णमा इको भ्यान दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

विकल्प न्यूज/बेनीफागुन १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईठेमा इको भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भिर घाइते भएका छन् । बा ६ च ४६४४ नम्बरको भ्यान सडक देखि करिब तीनसय मिटर तल कालिगण्डकी नदीमा खसेर दुर्घटना हुँदा गाडी चालक नारच्याङको घराप बस्ने वर्ष ४० की गाडी चालक सुनदेबी […]
जलजलाको माझफाँटमा अस्पताल भवन निर्माण

विकल्प न्यूज\बेनीफागुन १३ गते । म्याग्दीको सदरमुकाम बेनी देखि नजिक रहेको पर्वतको जलजला गाउँपालिका ३ माझफाँटमा १० बेड क्षमताको पालिका स्तरीय अस्पताल भवन निर्माण भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार सुविधासम्पन्न अस्पताल भवन निर्माण गरिएको हो । अस्पताल भवन निर्माणका लागि गाउँपालिकाले २०७८ असार २३ गते दुईवर्ष […]
बेनीको कालिपुलमा सडक कालोपत्रे सुरु

ठाकुरप्रसाद आचार्य\बेनीफागुन १३ गते । बेनी नगरपालिका ८ कालिपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे गर्न गरिएको छ । योजनाको ठेक्का सम्भौता अवधि सकिएपछि निर्माण कम्पनीले सडक कालोपत्रे थालेको हो । राष्ट्रिय गौरब कालिगण्डकी कोरिडोर सडक, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने कालिगण्डकी मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गे पुल सम्म पाँच सय मिटर सडकलाई […]
रघुगंगामा सार्वजनिक सुनुवाई सम्पन्न

विकल्प न्यूज\बेनीफागुन १३ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले सात महिनाको अवधिमा ३३ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । मंगलवार गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१\०८२ को हालसम्म कुल ४८ करोड ६५ लाख ३९ हजार बजेटमध्ये ३३ दशमलब ३१ प्रतिशत वित्तीय प्रगती भएको जानकारी गराइएको हो । गाउँपालिकाले चालुतर्फ ३८ दशमलब […]
माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु

विकल्प न्यूज/बेनीफागुन १२ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु भएको छ । हाइड्रो इम्पाएर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध देखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माण कार्यको आइतबार गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्रि रेशमबहादुर जुुग्जाली (सुविन)ले शिलन्यास गर्नुभयो । कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष […]