म्याग्दी समाचार
म्याग्दीमा रु एकलाखको मीडियाकर्मी हित कोष स्थापना
विकल्प न्यूज/बेनी बेनी २३ साउन । म्याग्दीमा सञ्चारकर्मीहरुको सहयोगका लागि मीडियाकर्मी हित कोष स्थापना भएको छ । म्याग्दी मीडिया सोसाईटीको बुधबार बेनीमा बसेको बैठकले एक लाख रुपैयाँको हितकोष स्थापना गर्ने निर्णय गरेको हो । कोषको ब्याजबाट बिरामी र दुर्घटनामा परेका सञ्चारकर्मीहरुलाई सहयोग उपलब्ध गराउने सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालले बताउनुभयो । कोष सञ्चालनको कार्यबिधी तयार पार्नका […]
प्रशासनद्धारा ग्रामिण क्षेत्रका पसलहरुमा अनुगमन सुरु
धिरन खत्री/विकल्प न्यूज म्याग्दी, २३ साउन । जिल्ला प्रशासन कार्यालय म्याग्दीले ग्रामिण क्षेत्रका पसलहरुमा अनुगमन सुरु गरेको छ । बुधबार बेनी नगरपालिका २ बगरफाँट र दुधेकोलाका ८ ओटा किराना पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा धरै मात्रामा उपभोग्य मिति समाप्त भएका पेय पर्दाथ भेटीएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादवी अर्यालले बताउनुभयो । सहायक प्रजिअ […]
सुर्केमेलाका सत्र घर पहिरोको जोखिममा
विकल्प न्यूज/बेनी साउन २३ गते ।बस्ती माथीको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका ४ सुर्केमेला गाउँ जोखिममा परेको छ । बेनी नगरपालिका ३ को पहाडबाट खसेको पहिरोले खोल्सामा बाढी आउन थालेपछि फेदीमा अवस्थित सुर्केमेला जोखिममा परेको हो । पहिरोले खोल्सा बनाएर छेउछाउको बस्तीतर्फ कटान गरेको छ । पहिरोका कारण १७ घर जोखिममा परेका स्थानीयबासी टिकाबहादुर […]
महिला र बालहिंसा न्यूनीकरणका लागि एकवर्षे कार्य योजना तयार
सन्दिप शर्मा/म्याग्दी साउन २३ गते । बेनी नगरपालिका क्षेत्र भित्र महिला र बालहिंसालाई न्यूनिकरण गर्नका लागि एकवर्षे कार्ययोजना तयार पारिएको छ । सोमवार र मंगलबार बेनीमा भएको लैङ्गितामा आधारित विभेद विरुद्ध नागरिक समाजको सञ्जालले आयोजना गरेको कार्यशाला गोष्ठीले एकवर्षे कार्ययोजना तयार पारेको हो । सिविन नेपाल म्याग्दीको समन्वय र प्लान इन्टरनेश्नलको सहयोगमा दुइदिन सम्म सञ्चालन […]
गलेश्वर मन्दिरमा साउनको तेस्रो हप्तासम्म नौ लाख बढी भेटी संकलन
सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको तेस्रो हप्तासम्म नौ लाख रुपैयाँ भेटि संकलन भएको छ । यस वर्षको तिन वटा साउनको सोमबार मध्य पछिल्लो सोमबार सबैभन्दा बढी भक्तजन आएको र भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार जानकारी गराएको छ । तेस्रो सोमबार तिन […]
ज्येष्ठ नागरिकद्धारा पुल र बाटो मर्मत
सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ साउन । बेनीका एक जेष्ठ नागरिकले निजी लगानीमा पुल र बाटो मर्मत गर्नुभएको छ । बेनी नगरपालिका ७ ईन्द्रेणीटोल निवासी ७६ वर्षिय नैनकुमार श्रेष्ठले मंगलाघाट स्थित झोलुङ्गे पुल, पुल देखि सडकमा निस्कने र बेनी भगवती मन्दिर नजिकैको पुल देखि खबरातर्फ जाने बाटो मर्मत गर्नुभएको हो । जिर्ण अवस्थामा रहेको पुलको […]
बरंजाका थापाको सुनको सिक्री (भिडियो सहित)
सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ साउन । मंगला गाउँपालिका ३ खर्कका नवगायक कृष थापाको तिज गीत सुनको सिक्री सार्वजनिक भएको छ । थापा र गायीका लक्ष्मी परियारको स्वर रहेको गीतको म्युजीक भिडीयो क्रियटिभ मिडीया मार्फत सार्वजनिक भएको हो । बलबहादुर परियारको शब्द तथा लय रहेको गीतको म्युजीक भिडीयोमा कलाकार धु्रब जिसी र सिमान्ता बानियाँको अभिनय […]
बेनीमा सेन्चुरी कमर्सियल बैंकको शाखा विस्तार
विकल्प न्यूज/बेनी साउन २२ गते ।सेन्चुरी कमर्सियल बैंकले म्याग्दीको सदरमुकाम बेनीबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबार बेनी नगरपालिका ८ न्यूरोडमा एक कार्यक्रमविच नयाँ शाखाको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ ले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । सेन्चुरी कमर्सियल बैंकको यो एकसय १२ औं शाखा हो । बेनी शाखाको […]
गलेश्वरधाम दर्शन बोलको भजन गीत विमोचन
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, साउन २१ । म्याग्दीका लोकगायक रवि कार्कीले हालै बजारमा ल्याएको गलेश्वरधाम दर्शन बोलको गीत सोमबार विमोचन भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको प्रस्तुतीमा गलेश्वर मन्दिरको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित गीत निर्माण गरिएको हो । साउने सोमबारको अवसर पारेर गलेश्वर मन्दिरमा एक कार्यक्रमकाबीच गीतको विमोचन गरिएको गलेश्वर शिवालय क्षेत्र […]
मालढुंगा–बेनी सडक सहज
अगन्धर तिवारी/पर्वत साउन २१ गते । मध्यपहाडी लोकमार्गको मालढुंगाबाट म्याग्दी सदरमुकाम बेनी १३ किलोमिटरको दूरीमा छ । ट्रयाक खुलेको २३ वर्षसम्म पनि यो सडकमा वर्षाको सिजन पहिरो खस्ने क्रम रोकिएको छैन । यस वर्ष पनि साउन महिना सुरु भएपछि यो सडकको दर्जन ठाउँमा पहिरो खसेको छ । साउनको पहिलो सातादेखि झरी नरोकिएपछि सडकमा पहिरो झर्ने क्रम पनि रोकिएको […]
पचहत्तर हजार पर्यटकले म्याग्दी भ्रमण गरे
विकल्प न्यूज/बेनी साउन २० गते । एक वर्षको अवधिमा करिब पचहत्तर हजार जना विदेशी पर्यटकले म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७३/७४ को तुलनामा २०७४/७५ मा म्याग्दी भ्रमण गर्ने पर्यटकहरुको संख्या १४.२६ प्रतिशत अथवा चार हजार ८९७ जनाले बढेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार २०७४ साउन देखि २०७५ असारसम्म म्याग्दी […]
बेनी नगरपालिकाको कार्यालय भवनमा तला थप
विकल्प न्यूज/बेनी साउन १९ गते । बेनी नगरपालिकाको भवनमा तला थप गरिएको छ । साबिक अर्थुङ्गगे गाविसको भवनबाट सञ्चालत हँुदै आएको भवनमा नगरपालिकाले दुई वटा तला थप गरेको हो । ठेक्का मार्फत तिन वटा कोठा र सभाहल निर्माण गरिएको नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले जानकारी दिनुभयो । सबै कोठा र सभाहलमा शौचालय समेत रहेको छ । […]
राष्ट्रियसभा अध्यक्ष तिमिल्सीना जलजलाको बाढी पहिरो प्रभावित क्षेत्रमा
विकल्प न्यूज/बेनी साउन १८ गते । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले दुई साता अघि बाढी पहिरोको चपेटामा परेको पर्वतको उत्तरी जलजला गाउँपालिकामा स्थलगत रुपमा निरीक्षण गर्नुभएको छ । उहाँले बाढी र पहिरो पीडित परिवारलाई राहत वितरण गर्नुभएको छ । अध्यक्ष तिमिल्सीनाले बाढी पहिरोमा परेको जलजला गाउँपलिका वडा नं ७ र ८ मा पर्ने लस्तीमा पुगेर शुक्रबार […]
ट्याक्सी सँगै म्याग्दी नदीमा बेपत्ता आमा छोराको पहिचान खुल्यो
विकल्प न्यूज/बेनी म्याग्दी, १८ साउन । शुक्रबार मध्यान्न सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता भएका छन् । असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा डाईभिङ सिक्ने हाल पर्वतको जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी खाती र उनीसंगै बसेका ८ बर्षका छोरा सागर खाती बेपत्ता भएका हुन् । म्याग्दीको […]
सिक्दै गरेको ट्याक्सी म्याग्दी नदिमा खस्दा अामा छाेरा वेपत्ता
धिरन खत्री / वेनि म्याग्दी, १८ साउन । सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता भएका छन् । असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा डाईभिङ सिक्ने पर्वत जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी र उनका ७ बर्षका छोरा बेपत्ता भएका हुन् । अधिकारीले जिल्ला प्रहरी कार्यालय अगाडी रहेको […]