म्याग्दी समाचार
राम्चेमा योजनाको काम निर्धारित समय अगाबै सम्पन्न

विकल्प न्यूज/बेनीअसार १४ गते । म्याग्दीको अन्नपूर्णगाउँपालिका– ८ राम्चेमा शतप्रतिशत योजनाको काम निर्धारित समय अगाबै सकिएको छ । चालु आर्थिक वर्ष २०८१ र८२ मागाउँपालिका र वडा कार्यालयमार्फत सञ्चालन भएका पूर्वाधार निर्माण योजना गत जेठ अगावै सम्पन्न भएका हुन् । यस वर्ष वडाभित्र करिब रु एक करोड बढी बजेटबाट सडक, पदमार्ग, भवनलगायतका पूर्वाधार निर्माण गरिएको वडा […]
शिक्षण पेसाबाट अवकाश लिएर किवी खेतीमा किष्ण पुर्जा

ठाकुरप्रसाद आचार्यम्याग्दी,असार १४ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका ८ नांगीका सेवा निवृत्त शिक्षक किष्ण पुर्जाले गाउँमै व्यवसायिक किवी खेती थाल्नुभएको छ । स्थानीय हिमाञ्चल माध्यमिक विद्यालयमा कार्यरत पुर्जाले २९ वर्षे लामो शिक्षण पेसाबाट हालै मात्र अवकाश लिएर व्यवसायिक रुपमा किवी खेती सुरु गर्नुभएको हो । चारवर्ष अघि लगाउनुभएको किवीको बोटले यसपाली देखि फल दिन थालेको […]
कालिगण्डकी घाटमा शवदाह स्थल निर्माण

विकल्प न्यूज/बेनीअसार १४ गते । बेनी स्थित कालिगण्डकी घाटमा शवदाह स्थल निर्माण गरिएको छ । बेनी नगरपालिका ७ स्थित कालिगण्डकी र म्याग्दी नदीको संगमस्थलमा शवदाह स्थल निर्माण गरिएको हो । कालिगण्डकी स्वच्छता कार्यक्रम योजना मार्फत ६० लाख रुपियाँ बजेटबाट कालिगण्डकी घाटमा शवदाह स्थल निर्माण गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । नदी किनारमा […]
म्याग्दीमा व्यावसायिक अरिँगाल पालन

म्याग्दी, असार १२ गते । पाखो बारीको भित्तामा ससाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिँगालका गोला छन् । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाही राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिँगाल पालन गर्नुहुन्छ । शाहीले नजिकैको जङ्गलबाट ल्याएर ११ गोला अरिँगाल पाल्न थालेको जानकारी दिनुभयो । राहुवडामा खुर्सानीखेतीका लागि […]
जलजलाको नीति ः शिक्षामा जलजला मोडेल,अब्बल सामुदायिक विद्यालय

ठाकुरप्रसाद आचार्यम्याग्दी,असार १२ गते । म्याग्दीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेर अब्बल बनाउने नीति लिएको छ । शैक्षिक गुणस्तर वृद्धि,आधुनिक प्रविधिको उपयोग गरेर सिकाई अभिवृद्धि,अभिभावक शिक्षा कार्यक्रम र भौतिक पूर्वाधार निर्माणलाई जोड दिँदै सामुदायिक विद्यालयप्रति आशा जगाउने नीति पालिकाले अघि सारेको हो । मंलबार सम्पन्न भएको १९ औं गाउँसभामा […]
धवलागिरिमा महिलाहरुलाई व्यावसायिक बाख्रापालन तालिम सुरु

विकल्प न्यूज\बेनीअसार ११ गते । राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिकामा महिलाहरुलाई लक्षित गरेर व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम सुरु भएको छ । धवलागिरि गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा बुधवारदेखि मुनामा तालिम सञ्चालन गरिएको हो । गाउँपालिकाभित्र विभिन्न वडामा रहेका एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका […]
पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

म्याग्दी, असार ११ गते । जिल्लाको बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा बनाई वितरण गरिएको हो । आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु भएको आयोजना सात वर्षमा सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद […]
अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख

विकल्प न्यूज\बेनीअसार ११ गते । ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित मङ्गलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट ल्याएको छ । गाउँसभाको २१औं अधिवेशनबाट आउँदो आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रमसहित बजेट सार्वजनिक गरिएको हो । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी […]
म्याग्दी भलिबल कप : फाइनल टक्कर आयोजक र पाहुनाबीच

विकल्प न्यूज\बेनीअसार १० गते । आयोजक म्याग्दी र स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु दुई लाख पुरस्कार राशिको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता ‘म्याग्दी भलिबल कप–२०८२’ को फाइनलमा पुगेका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा म्याग्दी जिल्ला भलिबल सङ्घले आयोजना गरेको प्रतियोगिताको बुधबार हुने फाइनलमा प्रथम […]
जलजलाको बजेट ५९ करोड ५४ लाख पारित

विकल्प न्यूज\बेनीजलजला,असार १० गते । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको लागि ५९ करोड ५४ लाख रुपैयाँ बजेट छलफल सहित पारित भएको […]
बेनी नगरपालिकाको बजेट ७१ करोड ८० लाख

ठाकुरप्रसाद आचार्यम्याग्दी,असार १० गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ७१ करोड ८० लाख २७ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।मंगलबार बेनीमा १७ औं नगरसभामा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । चालु तर्फ ५४ करोड ९३ लाख ३० हजार र पूँजीगत तर्फ […]
अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

विकल्प न्यूज\बेनीअसार १० गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो । हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही […]
धवलागिरीको बजेट ४६ करोड ५६ लाख

ठाकुरप्रसाद आचार्यम्याग्दी,असार ९ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्षका २०८२\०८३ का लागि ४६ करोड ५६ लाख ६ हजार पाँचसय ६३ रुपियाँको बजेट ल्याएको छ । सोमबार गाउँपालिका केन्द्र मुनामा भएको २४ औं गाउँसभामा अध्यक्ष प्रेमप्रसाद पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले अनुमानित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको […]
मंगलाको बजेट ४४ करोड ६१ लाख

विकल्प न्यूज\बेनीअसार ९ गते । म्याग्दीको मंगला गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न २०औं गाउँ सभामार्फत आउँदो आवको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । मंगला गाउँपालिकाले आगामी वर्षमा विभिन्न कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्न, कार्यालय व्यवस्थापन, शिक्षक […]
मालिकाको बजेट ४६ करोड दुई लाख

विकल्प न्यूज\बेनीअसार ९ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि ४६ करोड दुई लाख तीन हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सोमबार आयोजित गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त बजेट […]