कालिगण्डकी घाटमा शवदाह स्थल निर्माण


विकल्प न्यूज/बेनी
असार १४ गते ।


बेनी स्थित कालिगण्डकी घाटमा शवदाह स्थल निर्माण गरिएको छ । बेनी नगरपालिका ७ स्थित कालिगण्डकी र म्याग्दी नदीको संगमस्थलमा शवदाह स्थल निर्माण गरिएको हो ।


कालिगण्डकी स्वच्छता कार्यक्रम योजना मार्फत ६० लाख रुपियाँ बजेटबाट कालिगण्डकी घाटमा शवदाह स्थल निर्माण गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । नदी किनारमा फोहोर बढ्नुका साथै अन्त्येष्टि कार्यमा समेत समस्या भएकाले व्यवस्थित शवदाह स्थल निर्माण गरिएको उहाँको भनाई छ ।


कालिगण्डकी स्वच्छता कार्यक्रम शिर्षकमा संघीय सरकारबाट चालु आर्थिक वर्षमा विशेष अनुदान मार्फत प्राप्त भएको बजेट ठेक्का मार्फत कार्यान्वयन गरी नगरले शवदाह स्थल बनाएका हो ।

#ADD


शवदाह स्थल निर्माणका लागि नगरपालिकाले यही असार १५ गते भित्र निर्माण सम्पन्न गर्न २०८२ बैशाख १७ गते एसके कन्ट्रक्सनसँग ५३ लाख पाँचहजार दुईसय १७ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता लगत्तै काम थालेको निर्माण कम्पनी तोकिएको मिति भन्दा अगावै योजना सम्पन्न गरेको छ । नदी किनारमा सम्माएर आरसीसी ढालन सहित शवदाह गर्न सहज हुने गरी संरचना निर्माण गरिएको छ । अन्त्येष्टि कार्यमा सहभागी मलामीहरुलाई बस्ने स्थल पनि निर्माण गरिएको छ ।

#ADD


कालिगण्डकीको घाटमा शवदाह स्थल व्यवस्थित नहुँदा फोहोर बढ्नुका साथै मलामीहरुलाई जोखिम र समस्या भएको थियो नगर प्रमुख केसीले भन्नुभयो, ‘‘नदी किनारमा शवदाह गर्न सहज हुन गरी भौतिक संरचनाहरु निर्माण भएपछि विशेष गरेर बर्खायममा म्याग्दी र कालिगण्डकी नदीमा पानीको सतह बढ्दा पनि सहज र सुरक्षित रुपमा अन्त्येष्टि गर्न मिल्ने भएको छ ।’’ बेनी नगरपालिका लगायतका अन्य स्थानीय तहहरुबाट पनि अन्त्येष्टिका लागि शव कालिगण्डकी घाटमा ल्याउने गरिन्छ ।