ताजा समाचार:
Search

म्याग्दी समाचार

२५ मेगावाटको दरवाङ म्याग्दी खोलामा लगानीको अवसर

विकल्प न्यूज/बेनी फागुन १७ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ– म्याग्दीखोला जलविद्युत आयोजनामा म्याग्देलीलाई लगानीमा प्राथमिकता दिने गरी बेनीमा लगानी र अवसर सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । धौलागिरी कालिका हाइ्रड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको केही महिना अगाडी महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले मालिका […]

महभिरमा खानेपानी आयोजना निर्माण

विकल्प न्युज महभिर फागुन १६ गते । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटको महभिरमा जुगेपानी खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ ।पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत ५६ लाख ३५ हजार १७ रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट महभिर गाउँका ५८ घरधुरी लाभान्वित भएका छन् । मालिका गाउँपालिकाले पाँच लाख ६३ हजार ५०१, नेपाल […]

असिना पानीले खबराका किसानको लाखौंको तरकारी नष्ट

साधन राम्जाली/ विकल्प न्युज म्याग्दी फागुन १६ गते ।  बुधबार राती परेको असिना पानीले म्याग्दीको बेनी नगरपालिका २ खबरामा कृषकहरुले आफ्नो खेतबारीमा लगाएको लाखौंको तरकारी नष्ट गरेको छ । राती १२ बजेदेखि साढे १२ बजेको समयमा परेको भीषण असिना र पानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो । असिना र पानीले तरकारी […]

आगलागीबाट नागीमा १४ वटा बाख्रा मरे

पुर्ख फगामी /विकल्प न्यूज राम्चे १६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा गोठमा भएको आगलागीबाट एक किसानले साढे १ लाख बढीको आर्थिक क्षति व्यहोरेका छन् । स्थानीय कृषक आईती गर्वुजाको गोठमा रहेका पशु चौपायालाई न्यानो गराउन बालिएको आगो गोठमा सल्किएर आगलागी हुँदा बाख्रा सहित गोठभित्र रहेका सामान जलेर रु १ लाख ५७ हजार बढीको क्षति भएको […]

दोहोरो कर हटाउन दरवाङका व्यवसायीहरुको माग

विकल्प न्यूज/बेनी फागुन १६ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारका ब्यवसायीहरुले दोहोर कर हटाउन माग गरेका छन् । आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र गाउँपालिकालाई कर तिर्नुपर्दा मर्कामा परेको व्यवसायिहरुको गुनासो छ । दरवाङका व्यवसायीहरुले गाउँपालिकाकाले लिने गरेको व्यवसाय कर हटाउन माग गर्दै अध्यक्ष श्रीप्रसाद रोकालाई मंगलबार हस्ताक्षर संकलन गरेर […]

औलामा खानेपानी आयोजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ फागुन । म्याग्दीको मालिका गाउँपालिका ३ औलामा ठूलोगैरा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको आयोजनाको बुधबार तेस्रो तथा अन्तिम अनुगमन र सार्वजनिक परिक्षण गरिएको छ । आयोजनाको फिनल्याड सरकारकी प्राबिधिक सल्लाहकार सन्ना लिना राउटेनाले उद्घाटन गर्नुभयो । ७० […]

नेपाल मगर संघ म्याग्दी शाखाको अध्यक्षमा पाइजा

समिर रोका मगर बेनी , फागुन १६ गते । नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौ जिल्ला अधिवेशन समापन भएको छ । बुधबार राती सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनबाट नयाँ अध्यक्षमा डकमाया पाइजा मगर निर्वाचित हुनुभएको छ । अधिवेशनबाट अध्यक्ष पाइजा मगर सहित उपाध्यक्ष लोकेश पुन मगर ,सचिव खम थापा मगर ,सहसचिव हिरा बहादुर पुन मगर, […]

‘लाहुरे’ संस्कारले गर्दा राज्य सत्तामा मगर समुदायको उपस्थिती न्युन रह्योः मन्त्री थापा

साधन राम्जाली / विकल्प न्युज बेनी  फागुन १५ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले लाहुरे संस्कारका कारण राज्य सत्तामा मगर समुदायको प्रतिनिधित्व न्युन रहेको बताउनुभएको छ । बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको होे […]

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको हो । ‘घटनास्थलमा सबै सातजनाको […]

जिसस म्याग्दीको विशेष जिल्लासभा बेनीमा सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी फागुन १५ गते । जिल्ला समन्वय समिति म्याग्दीको विशेष जिल्ला सभा बेनीमा सुरु भएको छ । सभाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्घाटन गर्नुभएको हो । जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री थापाले जनता सँग नजिकमा रहेको स्थानीय सरकार प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार सफल […]

मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीद्न्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । थप विवरण आउन बाँकी छ । साभार कान्तिपुर दैनिक काठमाडौँ संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त […]

प्रभु सहकारीद्धारा दिवंगत सेयर सदस्यको परिवारलाई सहयोग

विकल्प न्यूज/बेनी फागुन १५ गते । मंगला गाउँपालिका २ बाबियाचौर स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थाले दिवंगत सेयर सदस्यको परिवालाई आर्थिक सहयोग गरेको छ । सेयर सदस्य स्वर्गीय हरिप्रसाद आचार्यको निधन भएको वार्षिक पुण्य तिथी पारेर मंगलबार परिवारका सदस्यलाई पच्चिस हजार रुपैयाँ सहयोग गरिएको सहकारीका प्रबन्धक राजकुमार पाण्डेले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष भिमप्रसाद […]

म्याग्दीको उच्च भेगमा भारी हिमपात – विद्यालयहरु बन्द

विकल्प न्यूज/बेनी फागुन १५ गते ।  म्याग्दीका उच्च भुभागहरुमा बुधवार विहान देखि भारीमात्रामा हिमपात भएको छ । मंगलबार राती देखि परेको अविरल वर्षा सँगै आएको हिमपातका कारण चिसो बढेकाले विद्यालयहरुमा पठनपाठन बन्द गरिएको मालिका गाउँपालिका ५ देविस्थान स्थित भिम मावि का शिक्षक यामनाथ पौडेलले जानकारी दिनुभयो । विद्यालय पुरै हिमपातले परेको छ । चिसो बढेकाले […]

बिम ‘लिफ्ट’ खानेपानी आयोजनाको भब्य उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज बिम १४ फागुन ।  म्याग्दीको मालिका गाउँपालिका ७ मा निर्माण भएको बिम लिफ्ट खानेपानी आयोजनाको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । फिनल्याड सरकारका प्राबिधिक सल्लाहकार सान्ना लिना, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, वडा अध्यक्ष रेशम जुग्जाली र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका सरसफाई विज्ञ चन्द्रभक्त बिष्टले आयोजनाको उद्घाटन गर्नुभएको […]

उसुमा म्याग्दीलाई दुई पदक

विकल्प न्यूज/बेनी फागुन १४ गते । जारी आठौं राष्ट्रिय खेलकुदको प्रदेश छनौटमा म्याग्दी जिल्लाले पहिलो स्वर्ण पदक उसु मार्फत हात पारेको छ । म्याग्दीका उसु खेलाडी शुशिल श्रेष्ठ स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदकालागि छनौट भएका छन् । चितवनको भरतपुरमा फागुन १३ देखि शुरु भएको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट बेनी नगरपालिका ९ का शुशिल गत […]