म्याग्दी समाचार

सवारी चालकको स्वास्थ्य परिक्षण

विकल्प न्युज/बेनी चैत्र ४ गते । बेनी नगरपालिका ९ गलेश्वरमा आइतबार सवारी चालकहरुको सडकमै स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बेनी अस्पतालको प्राबिधिक सहयोगमा सवारी चालकहरुको रक्तचाप र आँखा जाँच गरेको हो । दिउँसो ११ देखि २ बजेसम्म ६५ जना चालकहरुको स्वास्थ्य परिक्षण गरिएको ट्राफिक प्रहरी बैकुण्ठ पौडेलले बताउनुभयो । नौ जनामा […]

उसु संघले ग¥यो खेलाडी सम्मान

विकल्प न्यूज/बेनी चैत ४ गते । जिल्ला उसु संघ म्याग्दीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश स्तरीय छनौट प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सोमबार सम्मान गरेको छ । उसु संघ म्याग्दीका अनुसार गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदका लागि छनौट भएका अनिश अर्मजा र शुशिल श्रेष्ठ तथा रजत पदक प्राप्त गर्ने सुरज […]

‘दर्ता नगरे सामाजिक सञ्जाल बन्द’

चैत्र ४, २०७५ काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाललाई सामाजिक सञ्जाल उपभोगको थलो मात्र हुन नदिने बताएका छन् । उनले नेपालको कानुनअनुसार सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआए बन्द गर्ने बताए । मन्त्रालयले संसद्मा दर्ता गरेको सूचना प्रविधिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा छलफलका लागि आयोजित कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘दर्ता भएनन् र नेपालविरुद्ध नचाहिने […]

पौडी खेल्दा वेपत्ता बालकको शब फेला

विकल्प न्युज /बेनी चैत्र २ गते । बेनी स्थित म्याग्दी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक बालकको चार दिनपछि सव फेला परेको छ । गत बुधवार म्याग्दी नदीमा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका अन्नपूर्ण गाउँपालिका ८ राम्चे काफलडाँडा घर भई हाल बेनी नगरपालिका ७ मंगलाघाटमा बस्दै आएका १५ वर्षका हेमचन्द्र गर्बुजाको शनिवार […]

स्वर्गीय मातापिताको सम्झनामा विपन्नको उपचारमा सहयोग

विकल्प न्यूज/बेनी चैत १ गते ।एक दम्पत्तीले स्वर्गीय मातापिताको सम्झनामा म्याग्दीमा गरिब तथा विपन्नको उपचारमा सक्रिय परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारको पर्यटकीयस्थल घोरेपानी घरभई हाल नेदरल्याण्डमा रहेका धनबीर र चोक्टी बुदुजा पुनले स्वर्गीय पिता हर्क बहादुर र माता पार्वती बुदुजा पुनको सम्झनामा कोषलाई ५० […]

निशुल्क आँखा शिविर ः१५ सय बढीको जाँच तथा ८४ जना मोतिया विन्दुको शल्यक्रिया

साधन राम्जाली/ विकल्प न्युज बेनी शुक्रबार चैत्र १ गते । म्याग्दीको सदरमुकाममा गत फागुन २९ गतेदेखी सुरु भएको तीन दिने निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर सम्पन्न भएको छ । हामी नेपाली काठमाण्डौँको प्रमुख आयोजना तथा बेनी र पर्वतमा रहेका लायन्स क्लबको आयोजना र बेनी नगरपालिका र आक्स फाउडेशनको समन्वय तथा नेपाल आँखा अस्पताल […]

एसइइ परिक्षा लक्ष्यित सेनेटरी प्याडको व्यवस्था

विकल्प न्युज/ बेनी बेनी शुक्रबार चैत्र १ गते । चैत्र १० गतेदेखि सुरु हुन लागेको एसइइ परिक्षालाई लक्ष्यित गरि म्याग्दी स्थित परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि प्रदेशका २१७ वटा परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाएको छ । मन्त्रालयकी निर्देशक तुलसा […]

स्वर्गीय मातापिताको सम्झनामा विपन्नको उपचारमा सहयोग

विकल्प न्युज/ बेनी चैत्र १ गते । एक दम्पत्तीले स्वर्गीय मातापिताको सम्झनामा म्याग्दीमा गरिब तथा विपन्नको उपचारमा सक्रिय परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारको पर्यटकीयस्थल घोरेपानी घरभई हाल नेदरल्याण्डमा रहेका धनबीर र चोक्टी बुदुजा पुनले स्वर्गीय पिता हर्क बहादुर र माता पार्वती बुदुजा पुनको सम्झनामा […]

शिख माविलाई पूर्व विद्यार्थीको सहयोग

सेते तिलीजा / विकल्प न्युज शिख चैत्र १ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५ मा रहेको शिख माविलाई दुई जना पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । हाल जापानमा कार्यरत लिलाराम बुद्धुजा र सिंगापुरमा कार्यरत लक्ष्मण बुद्धुजाले संयुक्त रुपमा २५ हजार रुपैयाँ उपलब्ध गराउनुभएको विद्यालयले जनाएको छ । शिख माविमा कक्षा १२ सम्मको अध्ययन […]

बेनी बजार अनुगमन

साधन राम्जाली /विकल्प न्युज बेनी  चैत्र १ गते । शुक्रबार बेनी बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको नेतृत्वमा जिल्ला स्थित म्याग्दी उद्योग बाणिज्य संघ ,जिल्ला प्रहरी कार्यालय , कोष तथा लेखा नियन्त्रक कार्यालय , बेनी नगरपालिकाका जनप्रतिनिधि ,घरेलु तथा साना उद्योग विकास समिति कार्यालय, राष्ट्रिय अनुसन्धन विभागको […]

क्षयरोगी पहिचान गर्न खकारको नमुना परिक्षण सुरु

विकल्प न्यूज/बेनी फागुन ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा बिहीबारदेखि क्षयरोगी पहिचान गर्न खकारको नमुना परिक्षण सुरु भएको छ । स्वास्थ्य मन्त्रालय अन्तरगतको राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौको आयोजनामा बेग स्वास्थ्य चौकीमा तीन दिन सम्म साविक बेग गाविसको ५ वटा वडाका ५१० जनाको खकारको नमुना परिक्षण गरिने जनाइएको छ । क्षयरोगको अवस्था पहिचान गर्न […]

अझै भेटिएनन् बेपत्ता बालक

विकल्प न्युज / बेनी फागुन ३० गते । बुुधबार पौडी खेल्ने क्रममा अपराह्न ४ बजे म्याग्दी नदिमा बेपत्ता बालक अझै सम्म पनि भेटीएका छैनन् । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले पनि खोजी कार्यलाई प्रभावकारी बनाउन बेपत्ता बालकको खोजिका लागि विहिबार तालिम प्राप्त गोटाखोरको टोली परिचालन गरेको छ । गोटाखोर परिचालन गरे पनि बेपत्ता बालकको अवस्था […]

म्याग्दीमा प्रहरीसँग विद्यार्थी कार्यक्रम सुरु

विकल्प न्यूज/बेनी फागुन ३० गते । समुदाय–साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रहरीसँग एक दिन कार्यक्रम सुरु गरेको छ । विद्यार्थीहरुलाई प्रहरीको गतिबिधि र उद्देश्यको बारेमा जानकारी गराउने, दुव्र्यसनी, अपराध, दुर्घटना, विकृति न्युनीकरणमा सघाउने उद्देश्यले कार्यक्रम सुरु गरेको हो । कार्यक्रम अन्तरगत बुधबार बेनीको लोकदिप आवासीय मावि, बेनी आवासीय र लिटिल गार्डेन एकेडेमीका ३० […]

शान्तिकोषको कार्यालयमै आएर सहयोग

विकल्प न्यूज/बेनी फागुन ३० गते । गरिब र विपन्नको उपचारमा सहयोग जुटाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गर्नेहरु बढिरहेका छन् । कोषलाई सहयोग गरी आजिवन सदस्यता लिन परोपकारी मनका धनीहरु कोषको कार्यालय खोज्दै आउँछन् । यस्तै विहिवार कोषलाई सहयोग गर्न यूके र हङकङबाट घर विदामा आएका मोना हङकङका पूर्व कोषाध्यक्ष कर्णबहादुर पुर्जा, यूकेका घन […]

पौडी खेल्न गएका बालक बेपत्ता

विकल्प न्युज बेनी फागुन २९ गते । पौडी खेल्ने क्रममा बुधबार अपराह्न ४ बजे म्याग्दीमा एक बालक बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा जिल्लाको अन्नपुर्ण गाउँपालिका –८ राम्चे ,काफलडाडाँ निवासी अन्दाजी १४ –१५ बर्षे हेमचन्द्र्र गर्बुजा मगर रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अपराह्न ४ बजेको समयमा विद्यालयबाट छुट्टी भएर घर फर्किने क्रममा गर्बुजा […]