शिख माविलाई पूर्व विद्यार्थीको सहयोग

सेते तिलीजा / विकल्प न्युज
शिख चैत्र १ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५ मा रहेको शिख माविलाई दुई जना पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । हाल जापानमा कार्यरत लिलाराम बुद्धुजा र सिंगापुरमा कार्यरत लक्ष्मण बुद्धुजाले संयुक्त रुपमा २५ हजार रुपैयाँ उपलब्ध गराउनुभएको विद्यालयले जनाएको छ ।


शिख माविमा कक्षा १२ सम्मको अध्ययन गर्नुभएका वुद्धुजाद्धयले उपलब्ध गराउनुभएको रकम मध्य कक्षा ९ का सुवास परियार र लक्ष्मी पुर्जालाई दुई हजार पाँच सय रुपैयाँका दरले उपलब्ध गराइएको छ । बाँकी बीस हजार रुपैयाँ भने अन्य गरिब विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराउन बुद्धुजाद्धयले विद्यालयलाई अनुरोध गर्नुभएको छ ।