म्याग्दी समाचार

भकुण्डे देखि ज्यामरुककोत सम्म पदमार्ग निर्माण (भिडियोसहित)

विकल्प न्यूज/बेनी साउन २९ गते ।    बेनी नगरपालिका २ भकुण्डे देखि ज्यामरुककोत पुग्न पदमार्ग निर्माण गरिएको छ । भू– तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको १४ लाख ९९ हजार ४ सय ८६ रुपियाँ र उपभोक्ताको तिन लाख ६५ हजार ५ सय ९९ रुपैया बराबारको श्रमदानबाट दुईसय पचास मिटर पदमार्ग निर्माण गरिएको हो । सिमेन्टेट ढलान सहितको […]

बागलुङमा खुल्यो कपडा बैङ्क

विकल्प न्यूज/बेनी साउन २९ गते । गरिब, दुखी, असहाय, अपाङ्ग तथा सडक बालबालिकालाई सहयोग गर्ने उद्देश्यले बागलुङमा कपडा बैङ्कको स्थापना भएको छ । ओसो अमृतम मेडिटेसन बागलुङले बागलुङ नगरपालिका ३ को ज्ञानोदय बुद्ध विहार टोलमा बैङ्कको स्थापना गरि पुराना घरायसि सामान संकलन तथा वितरण कार्य सुरु गरेको हो । बैङ्कमा जो कोही नागरिकले आफ्ना पुराना […]

मंगला र रघुगंगामा सुत्र प्रणालीबाट वित्तिय कारोबार सुरु

विकल्प न्यूज/बेनी साउन २९ गते । म्याग्दीको मंगला र रघुगंगा गाउँपालिकाले जिल्लामा पहिलोपटक स्थानीय तह संचित कोष व्यवस्थापन (सुत्र) प्रणालीबाट वित्तिय कारोबार गर्न थालेका छन् । स्थानीय तहमा वित्तिय अनुशासन कायम गर्न सुत्र प्रणाली लागू गरिएको हो । चालु आर्थिक वर्ष देखि महालेखा नियन्त्रक कार्यालयले सबै स्थानीय तहमा सुत्र प्रणाली लागू गर्न परिपत्र गरेअनुसार जिल्लाका […]

अर्मनको कुरसिम्लामा सामुदायिक भवन निर्माण

विकल्प न्यूज/बेनी साउन २९ गते । मंगला गाउँपालिकाको ५ नम्बर वडा अर्मनको कुरसिम्लामा एकिकृत भवन निर्माण गरिएको छ । वडाको सिफारिसमा गाउँपालिकाको गत आर्थिक वर्षमा विनियोजित बजेटबाट एकिकृत भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५ /०७६ मा गाउँपालिकाबाट विनियोजित चार लाख र जनश्रमदान एकलाख गरी पाँचलाख रुपैयामा भवन निर्माण गरिएको उपभोक्ता समितिको अध्यक्ष मनमाया […]

घलेम्दी जलविद्युत आयोजनाको परीक्षण सफल

विकल्प न्यूज/बेनी साउन २८ गते ।  म्याग्दीमा निजी क्षेत्रबाट सञ्चालित ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजनाको परिक्षण सफल भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको आयोजनाले परिक्षण सफल भएको जनाएको छ । आयोजनाको सवै काम सम्पन्न भई सोमबार र मंगलबार गरिएको परिक्षण सफल भएको कम्पनी सचिव बिमल रिजालले बताउनुभयो । एकमहिना अगाडि नै परीक्षण गर्ने […]

म्याग्दीका स्थानीय तहमा सवा ५ करोड राजश्व संकलन

साधन राम्जाली /विकल्प न्यूज साउन २८ गते । म्याग्दीका स्थानीय तहले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएका छन् । एक बर्षको अवधिमा एक नगरपालिका सहित ६ स्थानीय तहले करिब सवाँ पाँच करोड रुपैयाँ राजश्व संकलन गरेका हुन । स्थानीय तहले दिएको रिपोर्ट अनुसार गत आर्थिक बर्षमा स्थानीय तहको आन्तरिक आम्दानी उत्साहजनक […]

मंगलाले थाल्यो हरित सडक निर्माण अभियान

विकल्प न्यूज/बेनी साउन २८ गते । यहाँको एक स्थानीय तहले ग्रामिण सडकलाई हरित सडक बनाउने अभियान थालनी गरेको छ । मंगला गाउँपालिकाले ग्रामिण सडकहरुलाई हरित सडक बनाउन वृक्षारोपण गर्न थालेको हो । सडकलाई वातावरण मैत्री, दिगो,व्यवस्थित र हराभरा बनाउन हरित सडक निर्माणको अभियान सुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका केन्द्र बावियाचौर देखि प्रत्येक वडातह सम्म […]

स्थानीय तहमा दिगो विकासको खाका आवश्यक

काठमाडौँ, साउन २८ गते ।प्रदेश र स्थानीय तहले दिगो विकासका लक्ष्य हासिल गर्न अझै स्पष्ट खाका बनाउन सकेका छैनन् । राष्ट्रिय योजना आयोगले दिगो विकासका लक्ष्य हासिल गर्न प्रदेश र स्थानीय तहले स्पष्ट खाका नबनाएको जनाएको हो । दिगो विकासको लक्ष्य हासिल गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग विविध बुँदामा प्रतिबद्धता जनाएको छ । संविधानले सातवटै प्रदेश […]

मानविकीमा पनि चारवर्षे पाठ्यक्रम

काठमाडौँ, साउन २८ गते ।त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कार्यक्रमलाई तीनवर्षेबाट चारवर्षे बनाएको छ । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले चारवर्षे बनाउने निर्णय गरेको हो । ब्याचलर इन आर्ट्स (बीए)मा ३१ विषय अध्यापन गरिँदै आएको छ । त्रिविमा स्नातक तहमा अन्य सबै सङ्कायका कार्यक्रम चारवर्षे भइसकेका थिए । त्रिवि मानविकी तथा […]

घिउ दिएर सुत्केरी भेट्छन् जनप्रतिनिधि

  तम्घास, साउन २८ गते ।  गुल्मीका एक वडा अध्यक्ष घिउ लिएर सुत्केरी भेट्न जाने गरेका छन् । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष लोकप्रताप शाह वडाभित्र कुनै महिला सुत्केरी भएमा सुत्केरी भएको एक साताभित्र एक माना घिउ लिएर सुत्केरी भेट्न जाने गर्नुभएको छ । उहाँले सुत्केरी भएको समयमा जनप्रतिनिधि घरमा […]

म्याग्दी उद्दार समिति बहराइनलाई मोनामा रुपान्तरण

विकल्प न्यूज/बहराइन साउन २८ गते ।  बहराइनमा रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी उद्दार समितिलाई सोमबार सम्पन्न ११ औ महाधिवेशनबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराइनमा रुपान्तरण गरिएको छ । सन २००२ मा स्थापना भएर बहराइनमा रहेका म्याग्देली र आफ्नो जन्मथलोको आपत, विपत्, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी उद्दार समितिलाई अधिवेशनबाट मोनाको राष्ट्रिय कार्यसमिति बनाइएको […]

जगन्नाथमा रथ यात्रा (फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन २७ गते । म्याग्दीको बेनी नगरपालिका ५ जगन्नाथधाममा सोमबार भगवान जगन्नाथको रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिर(धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले मन्दिर परिसरमा रथयात्रा गरेको हो । रथयात्रामा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि,जनप्रतिनिधि,सरकारी कार्यालयका प्रमुख र भक्तजनहरु सहभागी थिए । सिंजा सामाज्यको पतन पछि कर्णाली प्रदेशमा बाईसे राज्यहरु र गण्डकी प्रदेशमा […]

क्रेडिट एण्ड कमर्स बैंक लि.द्धारा खातावालालाई औषधि उपचार खर्च भूक्तानी

विकल्प न्यूज/बेनी साउन २६ गते । नेपाल क्रेडिट एण्ड कमर्स बैंक  लि. NCC BANK बेनी शाखाले बैंकमा बचत खाता खोली कारोवार गर्ने बचतकर्तालाई विरामी भएवापत दशहजार रुपैयाँ औषधि उपचार खर्च भुक्तनी गरेको छ । बैकका शाखा प्रबन्धक लक्ष्मण शर्माले खाता खोली कारोबार गर्नुभएका बेनी नगरपालिका २ निवासी भिमबहादुर रिजाललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । […]

लुलाङमा ४ .७ रेक्टरको भूकम्प

विकल्प न्युज/ बेनी साउन २४ गते । म्याग्दीको धौलागिरि गाउँपालिका २ लुलाङलाई केन्द्रविन्दु बनाएर शुक्रबार (आज) साँझ ६स्२६ बजे ४।७ रेक्टर स्केलको भूकम्प गएको छ। राष्टिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक राकेश शर्माका अनुसार अहिले भर्खरै गएको यो भूकम्प लुलाङलाई केन्द्र विन्दु बनाएर गएको हो। ‘यो गोरखा भूकम्पको नयाँ पराकम्प होइन्,पश्चिम क्षेत्रमा कुनै पनि […]

बेनीका सरकारी कार्यालयमा प्रशासनको छड्के

विकल्प न्युज/बेनी साउन २४ गते । बेनी स्थित संघीय सरकार मातहतका कार्यालयहरुको शुक्रबार जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको निर्देशनमा सात वटा कार्यालयमा बिहान १०.१० देखि ११ बजेसम्म एकै पटक अनुगमन गरिएको थियो । हाजिरी छड्के एवं सार्वजनिक सेवा प्रवाह तथा सुशासनको अवस्था संग सम्बन्धित विभिन्न सूचकमा केन्द्रित […]