म्याग्दी समाचार

बेनी-जोमसोम सडक चैत्र १४ देखि १७ गतेसम्म बन्द हुने

विकल्प न्युज ९ गते ।  जोमसोम : उत्तरी/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी/जोमसोम ७६ किमी सडक ४ दिनक लागि बन्द हुने भएको छ । कालिगण्डकी करिडोरअन्र्तगत बेनी/जोमसोम सडकखण्डमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले यही चैत्र १४ गते देखि १७ गतेसम्म ४ दिनका लागि सडक आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला सडक सुरक्षा […]

बेनीमा तिन महिने सिलाई कटाई तालिम सुरु

विकल्प न्यूज/बेनी चैत ९ गते । बेनीमा तिनमहिने सिलाई कटाई तालिम सुरु भएको छ । नगरपालिकाको गरिबी निवारणका लागि लघु उघम विकास कार्यक्रमको आयोजनामा सोमबार देखी बेनीमा तीन महिने व्यवसायी सिलाई कटाई तालिम सुरु भएको हो । सो तालिमको नगरप्रमुख हरिकुमार श्रेष्ठले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । नगरप्रमुख श्रेष्ठले तालिममा प्राप्त सिपलाई उपयोग गरेर […]

‘स्विमिङ र डाइभिङ’कला सिकाउन नपाउँदा मन खिन्न हुन्छ’

घोडेपानी, चैत ८ गते । एक्काइस वर्ष नौ महिना भारतीय सेनाको जागिरबाट अवकाश पाएर स्वदेश फर्किंदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको मनमा खेल प्रशिक्षक बन्ने सपना थियो । उहाँ गोर्खा सैनिकमा रहँदा ‘स्विमिङ’ र ‘डाइभिङ’ खेलमा भारतका राष्ट्रिय प्रतियोगितामा विजेता बन्नुभएको थियो । बैसठ्ठी वर्षीय उहाँले सन् १९७८ मा क्यानडामा भएको एघारौँ कमन वेल्थ, […]

प्रहरीको कार्ययोजना सार्वजनिक

विकल्प न्यूज/बेनी चैत ७ गते । जिल्लाको शान्ति सुरक्षाको लागि प्रभाकारी बनाउनका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले कार्ययोजना बनाएको छ। जिल्लामा रहेको शान्ति सुरक्षा चुनौतीहरुको समस्याको पहिचान गर्दै आवश्यक रणनीति सहित अघि बढ्न प्रहरीले कार्ययोजना बनाएको हो । दुई महिना अघि आउनुभएका प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले जिल्लाका सरोकारवालाहरुको छलफल तथा अन्तरक्रियापछि आफुले कार्ययोजना […]

भारतमा एकैदिन करीब ४१ हजार सङ्क्रमित

नयाँदिल्ली, चैत्त ७ गते। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि तिव्र बृद्धि हुदै गएको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा २३ हजार ६५३ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर भएकाले महामारी थप फैलिदै […]

गण्डकी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नेपाल सिफारिस

विकल्प न्यूज/पोखरा चैत ६ गते । गण्डकी प्रदेश लोक सेवा आयोगको अध्यक्ष नियुक्तिका लागि पूर्व सचिव विष्णु प्रसाद नेपाल सिफारिस हुनुभएको छ । गण्डकी प्रदेश सरकारको प्रमुख सचिवबाट चार दिन अघि मात्रै अनिवार्य अवकास पाउनुभएका पूर्व सचिव नेपाललाई मूख्यमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिले अध्यक्षमा सिफारिस गरेको हो । प्रमुख प्रतिपक्ष दलका नेता तथा सभामुख सदस्य […]

सुत्केरीको रोदनः मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो….

काठमाडौं । चैत ६ गते ।  चौध वर्षअघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँडिएको देख्नेहरु जो कोहीको पनि मन अमिलो हुन्छ । अन्तरजातीय जोडीले भागी विवाह गरेरसँगै जीउने मर्ने वाचा गरेका थिए । ‘एक मुठी सास र […]

जलजलाको धाइरिङ नमुृना कृषि गाउँ छनोट

विकल्प न्यूज÷जलजला चैत ६ गते । पर्वतको जलजला गाउपालिका वाड न. ७ धाइरिङलाई गण्डकी प्रदेश सरकारले नमुना कृषि गाउँ छनोट गरेको छ । कृषिको राम्रो संभावना रहेको धाइरिङलाई कृषि क्षेत्रको विकास र विस्तारको लागि नमुना कृषि गाउँ छनोट गरेको हो । प्रदेश अन्तरगतको भूमि व्यवास्था कृषि तथा शहकारी मन्त्रालयले “मुख्यमन्त्री जलवायुमैन्त्री नमुना कृषि गाउँ छनोट […]

मालढुंगा–बेनी सडक खण्ड चौडा तथा स्तरोन्नति हुँदै

ठाकुरप्रसाद आचार्य /म्याग्दी म्याग्दी, चैत ६ गते ।  उत्तर दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर अन्तर्गत मालढुङ्गा–बेनीसम्मको सडकलाई दुई लेनमा विस्तार गरी कालोपत्रे गर्ने योजना अगाडि बढाइएको छ । बहुवर्षीय ठेक्कामार्फत सडक निर्माण गर्न लागिएको हो । म्याग्दीको सदरमुकाम बेनी जोड्ने छोटो दूरीको यो सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका थिए । यस सडकलाई कालिगण्डकी कोरिडोर […]

काँग्रेस नेता जोशीको उपचारमा सरकारले १० लाख दिने

विकल्प न्युज म्याग्दी चैत ६ सरकारले पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ दिने भएको छ । शुक्रबार बिहान जोशीको स्वास्थ्य अवस्थाको जानकारी लिन नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको उपचारमा १० लाख सहयोग गर्ने घोषणा गरेका हुन् । नर्भिक अस्पतालका चिकित्सकले पोखरेललाई जोशीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका […]

नयाँ वर्षका अवसरमा बेनीमा लोक साँस्कृतिक उत्सव

विकल्प न्यूज/बेन चैत ६ गते । नयाँ वर्ष २०७८ का अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा लोक साँस्कृतिक उत्सवको आयोजना गरिने भएको छ । ‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन ’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले उत्सवको आयोजना गर्न लागेको हो । बैशाख १ देखि ३ गते सम्म बेनीको खुल्ला मञ्चमा […]

विरुवा उपलब्ध गराउने बाहनामा जलजलाका किसानबाट जथाभवी पैसा संकलन

विकल्प न्यूज/जलजला चैत ६ गते । पर्वतको जलजला गाउँपालिकाका किसानलाई विरुवा बेच्ने बहानामा एक कम्पनीले ठगी गरेको आरोप लागेको छ । चितवनको भरतपुरमा कार्यालय रहेको धनलक्ष्मी बायोटेक्नोलोजो प्रालिका प्रतिनिधिहरुले विरुवा उपलब्ध गराउने बाहनामा किसानबाट जथाभावी पैसा उठाएका हुन् । ३ महिना अघिदेखि पर्वतको धाइरिङ, नाग्लीबाङ, फट्केढुंगा, बेनी नगरपालिकाको सारेमारे क्षेत्रका किसानबाट पैसा संकलन गरिरहे पनि […]

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुला

विकल्प न्यूज/बेनी चैत ६ गते ।   सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले आज (चैत ६ गते) शुक्रबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशनमा ल्याएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको […]

नेतृत्वको ढुलमुले चरित्रका कारण कांग्रेसले अवसर गुमायो ः नेता पौडेल (भिडियो)

विकल्प न्यूज/बेनी चैत १ गते । नेपाली कांग्रेस म्याग्दीले बेनीमा राखेको श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको ढुलमुले चरित्रका कारण कांग्रेसले अवसर गुमाएको बताउनुभएको छ । कांग्रेस म्याग्दीका पूर्व सभापति स्व भुपेन्द्र बहादुर खड्काको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा नेता पौडेलबाट व्यक्त विचारहरु ः

नेकपाका मुस्ताङ इन्चार्ज फिल्टर रिहा

विकल्प न्यूज/ बेनी चैत १ गते ।  नेपाल कम्युनिस्ट पार्टीका मुस्ताङ जिल्ला इन्चार्ज फिल्टर आइतबार रिहा भएका  छन । सरकार र नेकपाबीच वार्ताको प्रसंग चलिरहेको बेला इन्चार्ज फिल्टरलाई गत फागुन १३ गते पार्टी कामको सिलसिलामा  म्याग्दीको मालिका गाउँपालिकाको रूम गाउँबाट प्रहरीले पक्राउ  गरेको थियो । फागुन २१ गते सरकार र नेकपाबीच भएको ३ बुँदे सहमति […]