नेकपाका मुस्ताङ इन्चार्ज फिल्टर रिहा

विकल्प न्यूज/ बेनी

चैत १ गते । 

नेपाल कम्युनिस्ट पार्टीका मुस्ताङ जिल्ला इन्चार्ज फिल्टर आइतबार रिहा भएका  छन । सरकार र नेकपाबीच वार्ताको प्रसंग चलिरहेको बेला इन्चार्ज फिल्टरलाई गत फागुन १३ गते पार्टी कामको सिलसिलामा  म्याग्दीको मालिका गाउँपालिकाको रूम गाउँबाट प्रहरीले पक्राउ  गरेको थियो ।

फागुन २१ गते सरकार र नेकपाबीच भएको ३ बुँदे सहमति अन्तरगत सरकारले नेकपाका बन्दी नेता तथा कार्यकर्ताहरूलाई रिहाई गर्ने र सम्पूर्ण मुद्धाहरू खारेज गर्ने निर्णयअनुसार नेकपाका नेता तथा कार्यकर्ताहरू रिहाई र्भइरहेका छन ।

र अन्य सम्पूर्ण बन्दी नेता तथा कार्यकर्ताहरू पनि रिहाई हुने प्रक्रिया भईरहेको नेकपाले बताएको छ ।

नेकपाका नेता माइला लामा, हेमन्तप्रकाश ओली ‘सुदर्शन’, ‘विरगन्ज’ लगायत थुप्रै नेता तथा कार्यकर्ताहरूले अझै पनि बन्दी जीवन बिताइरहेका छन ।