म्याग्दी समाचार
बेनी अस्पतालमा संक्रमितको चाप बढ्यो ः अक्सिजन र बेडको अभाव हुन थाल्यो
विकल्प न्यूज/बेनी जेठ २ गते । सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोरोना संक्रमित विरामीको चाप बढ्न थालेको छ । स्वासप्रस्वासमा समस्या भएर अस्पताल आउनेको संख्या सोमबार बढेको छ । नियमित १८ देखि २० जना सम्म संक्रमितको उपचार गरिरहेको अस्पतालमा सोमबार भने ३२ जना विरामी उपचाररत छन् । सोमबार ग्रामिण भेगबाट धेरैको संख्यामा विरामीहरु अस्पतालमा आएका […]
शरीरमा अक्सिजनको कमी हुँदा किन घोप्टो परेर सत्नुपर्छ ?
काठमाडौं । कृतिम प्रक्रियाबाट अक्सिजन लिनुपर्ने अवस्थामा पुगेका कोरोना संक्रमितलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको प्रयोग गर्दा ध्यान दिन आग्रह गरेको छ । अक्सिजन लिँदा विशेष ध्यान नपुर्याए अपेक्षित कार्य नहुने भन्दै मन्त्रालयले यसमा ध्यान दिन आग्रह गरेको हो । मन्त्रालयले सकेसम्म घोप्टो परेर सुत्न आग्रह गर्दै यसो गरे शरीरमा अक्सिजनको मात्रा बढाउन सहयोग पुग्ने […]
जलजलाको माझफाँटमा थप १६ जनामा कोरोना पुष्टि
विकल्प न्यूज\जलजला जेठ २ गते । पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा आइतबार थप १६ जनामा कोरोना पुष्टि भएको छ । वैशाख ३१ गते पिसिआर परिक्षणका लागि संकलन गरिएका ५० जनाको नमुना स्वाबको बागलुङमा गरिएको परिक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ । कोरोना पुष्टि हुनेहरुमा वडा नम्बर २ का १४ जना,३ र ४ का […]
बेनी नगरपालिकाका कर्मचारीले संकलन गरे अक्सिजन कन्सनटेटर खरिद गर्ने रकम
विकल्प न्यूज/बेनी जेठ २ गते । बेनी नगरपालिकामा कार्यरत कर्मचारीहरुले कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्ने ४ लाख ६ हजार ८ सय २१ रुपैयाँ सहयोग गरेका छन् । नगरपालिकामा कार्यरत ७० जना कर्मचारीहरुले स्वच्छिक रुपमा उक्त रकम सहयोग गरेका हुन । कोरोना संक्रमितहरुको उपचारमा प्रयोग हुने उपकरण अक्सिजन कन्सेनटेटर खरिद गर्नका […]
बेनी अस्पतालमा अक्सिजन सहितको २० शैयाको आइसोलेसन सञ्चालनमा आयो
ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आईसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुनथालेपछि अस्पतालको निर्माणधिन भवनमा तयार पारिएको आइसोलेसन कक्षा आइतबार देखि सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाले […]
नेपाली कांग्रेस म्याग्दीले एम्बुलेन्स र ‘फुड बैंक’ स्थापना
म्याग्दी, जेठ २ गते । कोरोनाको दोस्रो लहरसँगै संक्रमतिको उपचारका लागि एम्बुलेन्स र जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरिएको छ। तिब्र गतिमा फैलिएको संक्रमणले निषेधाज्ञा थप हुने अवस्था देखिएपछि जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स, हेल्प डेक्सको स्थापनाका साथै खाद्यन्न लगायतको सहयोगका […]
म्याग्दीमा आइतबार ११ जना कोरोना संक्रमित थपिए
विकल्प न्यूज/बेनी जेठ २ गते । म्याग्दीमा आइतबार एघार जना कोरोना संक्रमित थपिएका छन् । एन्टिजिन परिक्षणकाे मात्र भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
बेनी अस्पतालमा पुग्दा ……
ठाकुरप्रसाद आचार्य /बेनी जेठ १ गते । म पछिल्ला एकहप्ता यता दिनमा दुईपटक अस्पताल पुग्छु । कोरोनाको जोखिम बढेसँगै जिल्लामा निषेधाज्ञा जारी छ । वाहिर निस्किन पाइदैन । म एक सञ्चारकर्मी भएकाले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ । त्यसैले कोठामा बस्न मनै लाग्दैन । अस्पतालमा आज कस्ता विरामीहरु आए,उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ र जिल्लामा […]
गण्डकीमा कोरोनाले थप १४ जनाको मृत्यु
विकल्प न्युज/ पाेेखरा जेठ१ गते । गण्डकि प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ। यो सँगै प्रदेशमा कोरोना सङ्क्रमित मृत्युको सङ्ख्या तीन सय ५५ पुगेको छ। मृत्यु भएकाहरूमा कास्कीका छ जना, पर्वतका तीन जना, स्याङ्जाका दुई जना, म्याग्दी, तनहुँ र गोरखाका एक/एक जना रहेका छन्। मृत्यु भएकामध्ये १२ जनाको पोखरामै […]
शनिबार म्याग्दीका कुन पालिकामा कति थपिए संक्रमित ?
विकल्प न्युज/ बेनी जेठ १ गते । शनिबार एकै दिन अन्नपूर्ण गाउँपालिकामा थप ७५ जनामा काेराेना पुष्टि भएको छ । यसै गरि नगरपालिकाका ६४ जना, मंगला गाउँपालिकाका २८ जना, रघुगंगाका ५२ जना, धवलागिरी गाउँपालिकाका १ जना र रघुगंगा गाउँपालिकाका ५ जना, बेनीनगरपालिकाका ४ जना, धवलागिरी गाउँपालिकाका २ जना र मालिका गाउापालिकाका १ जना गरी जम्मा […]
शनिबार म्याग्दीमा थप २३० जनामा काेराेना पुष्टि
विकल्प न्युज/ बेनी जेठ १ गते । म्याग्दीमा शनिबार थप २३० जनामा काेराेना पुष्टि भएकाे छ । एकसय महिला र एकसय ३० जना पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । पुष्टि भएकामा बेनी नगरपालिकाका ६४ जना, मंगला गाउापालिकाका २८ जना, रघुगंगाका ५२ जना, अन्नपूर्ण गाउँपालिकाका ७५ जना, धवलागिरी गाउापालिकाका १ जना र जलजला गाउँपालिकाका ३ […]
म्याग्दीमा शुक्रबार ५८ जना संक्रमित थपिए
विकल्प न्युज/ बेनी बैशाख ३१ गते । म्याग्दीमा शुक्रबार ५८ जना नयाँ संक्रमित थपिएका छन । पिसिअार परिक्षणमा ४८ र एन्टिजिन परिक्षणकाे १० गरि साे संख्यामा संक्रमित थपिएका हुन । नयाँ थपिएका मध्य बेनी नगरपालिकामा ३४,रघुगंगामा ५,जलजलामा ४,अन्नपूर्ण मा १ र मालिकामा ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले […]
बागलुङमा कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु
विकल्प न्युज/बेनी बैैशाख ३१ गते । कोरोनाका कारण बडिगाडका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । संक्रमणबाट बाबाको मृत्यु भएको एक साता पछि दुई छोराको संक्रमणकै कारण मृत्यु भएको हो । धौलागिरी अस्पतालमा उपचारत बडिगाड गाउँपालिका–४ का ४० वर्षको पुरुषको बिहीबार राती मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले बताउनुभयो […]
प्रहरीले अक्सिजन सिलिन्डर संकलन गरी हस्तान्तरण गर्याे
विकल्प न्युज/ बेनी म्याग्दी ३०,वैशाख । प्रहरीले बजारबाट अक्सिजन सिलिन्डर संकलन गरेर बेनी अस्पताल लाई बुझाएको छ । बेनी काे बजार क्षेत्रका ग्यारेज र उद्योगबाट विहिवार संकलन गरेका २२ थान सिलिन्डर अस्पताललाई बुझाएको हाे । कोभिड-१९ को संक्रमणबाट म्याग्दी जिल्लामा बिरामीको चाप बढेकोले उपचारको क्रममा अति आवश्यक अक्सिजन सिलिन्डरको अभाव हुन नदिन प्रहरीले बजार क्षेत्रबाट […]
जलजलाका काेराेना संक्रमितकाे पाेखरामा मृत्यु
विकल्प न्युज/ जलजला बैशाख ३० गते । पर्वतकाे जलजला ७ धाईरिङका काेराेना संक्रमित पुरूषकाे पाेखरामा उपचारका क्रममा निधन भएको छ । ५० वर्षिय काेराेना सक्रमित पुरूषकाे गण्डकी अस्पताल पाेखरामा उपचारका क्रममा विहिवार निधन भएको वडा अध्यक्ष टुङ्गनाथ शर्माले बताउनुभयाे । जलजलामा अहिले सम्म ४ जना संक्रमितको निधन भईसकेकाे छ । गाउँपालिकामा ८५ जना सक्रिय संक्रमित छन […]