फिचर
तिहारलाई झिनिया….
बेनीको एक घरको छनमा झिनिया सुकाउँदै । तिहारमा दिदीबहिनीले झिनिया, सेलरोटीको कोशेली लैजाने चलन छ । तिहार नजिकिएसंगै झिनियाको बिक्री बढेको छ । तस्विर सन्तोष गौतम
अलैची नर्सरी….
अलैची नर्सरी…. बेनी नगरपालिका १० तोरीपानीका कृषक सागर बानियाँको नर्सरीमा उत्पादीत अलैचीका बिरुवा । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा बानियाँले पन्ध्र हजार अलैचीका बिरुवा उत्पादन गर्नुभएको छ । म्याग्दीमा अलैची खेती विस्तार सम्बन्धि योजनालाई प्राथमिकता दिएको कृषि विकास कार्यालयले जनाएको छ । तस्विर/ सन्तोष गौतम
गाउँघरमा पिङको रौनक
विकल्प न्यूज/बेनी म्याग्दीको शिखमा लिङगे पिङको तयारी गरिदैं । दसैंको आगमन सँगै गाउँगाउँमा पिङ खेल्ने र दसैं मनाउनेहरुको चहलपहल बढेको छ ।
म्याग्दीको सुन्दर गुर्जा गाउँ
सुन्दर गाउँ । म्याग्दीको दुर्गम गुर्जा गाउँ । यो गाउँ जिल्लाकै दुर्गम गाउँमा पर्दछ । छन्त्याल जातिको बसोवास रहेको यो गाउँका वासिन्दाहरुको जडिवुटीलाई प्रमुख आयस्रोतका रुपमा लिइन्छ । तस्विर/ सन्तोष गौतम
बेगखोलामा बाढी आएपछि(स्थलगत फोटोफिचर)
विकल्प न्युज/बेगखोला भदौ १७ गते । तस्विरहरु ठाकुरप्रसाद आचार्य
यस्तो देखिन्छ रत्नेचौरबाट धौलागिरि (फोटो)
भदौ ५ गते । आइतबार विहान बेनी नगरपालिका १ रत्नेचौरबाट देखिएको धौलागिरि हिमालको दृष्य । तस्विर ठाकुरप्रसाद आचार्य
रमणिय खोप्रालेक
म्याग्दीको शिख गाविसमा पर्ने खोप्रालेकबाट हिमालको दृष्यवलोकन गर्दै पर्यटकहरु तस्विर/ चित्र तिलिजा पुन
गलेश्वरमा किन बढ्दैछन् भक्तजन ? (फोटोफिचर)
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ साउन । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरमा धार्मीक पर्यटकको आगमन वृद्धी भएको छ । गलेश्वरको धार्मीक महत्वका बारेमा प्रचारप्रसार, सडक, पदमार्ग र मन्दिर परिसरमा पुर्वाधार निर्माण भएपछि धार्मीक पर्यटकको आगमन उल्लेख्य मात्रामा बढेको हो । धार्मीक स्थलको दर्शन, पुजाआजाका साथै प्राकृतिक सौन्दर्यता र मनोरम वातावरणमा रमाउन सकिने भएकाले गलेश्वर […]
लस्ती बजारको सुन्दरता
तस्विर ठाकुरप्रसाद आचार्य असार २८ गते । कालिगण्डकी करिडोर अन्तर्गत मालढुङगा बेनी सडकमा पर्ने लस्ती बजार । लस्तीखोलाले धाइरिङ र नाग्लीबाङ गाविस छुट्टाएको छ । पछिल्लो समय यहाँ बजारको विकास भइरहेको छ । कालीगण्डकी करिडोर पुरा भएमा विकासको संभावनाको ढोका खुल्ने देखिन्छ ।
वर्षातमा यस्तो देखिन्छ सुन्दर रुप्से झरना हेर्नुहोस १० तस्विर
तस्विरहरु ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज असार २८ गते ।
हिस्तानकी परिश्रमी महिला …
हिस्तानकी परिश्रमी महिला … विकल्प न्यूज म्याग्दी,असार२१ गते । म्याग्दीको हिस्तान गाविस ४ टिकोटकी टिका तिलिजा प्लाष्टिक टनेल भित्र लगाइएको गोलभेडा खेतीमा काम गर्दै । तिलिजाले जिल्ला कृषि विकास कार्यालय म्याग्दीले उपलब्ध गराएको युवा लक्ष्ति कार्यक्रमबाट ४० हजार रुपियाँ अनुदान लिएर व्यवसायिक गोलभेडा खेती गर्न थाल्नुभएको छ । तस्विर ठाकुरप्रसाद आचार्य/म्याग्दी
हिस्तान र राम्चेमा लोभलाग्दो आलु खेती (फोटो)
विकल्प न्यूज/बेनी असार १८ गते । म्याग्दीको हिमाली क्षेत्रमा आलु खन्ने सिजन सुरु भएको छ । आलु उत्पादनका हिसावमा प्रख्यात रहेका हिस्तान र राम्चेका किसानहरु यतिखेर खेतवारीमा लगाएको आलु खन्न व्यस्त देखिन्छन् । यसपाली यी दुइगाउँबाट मात्रै एककरोड रुपियाँ भन्दा वढीको आलु निर्यात हुने कृषकहरु बताउँछन् । यहाँको आलु स्वादीष्ट भएकाले पोखराका ठूला होटलहरुमा माग […]
दिदीबहिनीको सहयोगी हात
म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत बेनपा १० तोरीपानीका गोपाल खत्रीलाई बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाद्धारा नगद पाचहजार पाचसय ५५ रुपियाँ सहयोग गर्दै । आर्थिक अभावमा खत्रीले अध्ययनलाई निरन्तरता दिन समस्या भएको समाचार विभिन्नि मिडियाहरुबाट आएपछि अहिले सहयोग मनहरु बढीरहेका छन् । तस्विर विकल्प न्यूज
व्यस्त छन् धाइरिङका परीश्रमी किसान हेर्नुहोस १० तस्विर
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पर्वत,धाइरिङ असार १७ गते । पर्वत जिल्लामै ताजा तरकारी उत्पादनमा पकेट क्षेत्रका रुपमा मानिएको धाइरिङ गाउँ पछिल्ला एक दशक यता विउ उत्पादनमा पनि नाम कमाउन थालेको छ । यति खेर धाइरिङ सल्यान,बास्बोट,र मिलनचोकका कृषकहरु गोलभेडा र काक्रोको विउ निकाल्न व्यस्त छन् । पक्तिकातार गत हप्ता धाइरिङ सल्यान गाउँमा पुग्दा समथर मिलेको सल्यानको […]