ताजा समाचार:
Search

फिचर

म्याग्दी भ्रमण वर्षलाई जलजलाको साथ

विकल्प न्यूज/बेनी बैशाख ३१ गते । आइतवार देखि औपचारिक रुपमा सुरु गरिएको म्याग्दी भ्रमण वर्ष २०७५ लाई पर्वतको उत्तरी जलजला गाउँपालिकाका स्थानीयहरुले साथ दिएका छन् । भ्रमण वर्षको उद्घाटनका समयमा जलजला ३ पर्वत बेनीमा रहको कालिगण्डकी आमा समुह बेनीमा निकालिएको ¥यालीमा सहभागि भएका थिए । तस्विर ठाकुरप्रसाद आचार्य

आज देखि म्याग्दी भ्रमण वर्षको शुभारम्भ (फोटोफिचर)

विकल्प न्यूज/बेनी बैशाख ३० गते । म्याग्दीमा आन्तरिक एवम् वाह्य पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको म्याग्दी भ्रमण वर्षको आज नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । बजारमा निकालिएको ¥यालीका फोटोहरु हेर्नुहोस 

घराम्दीको मारुनी नाच ………

घराम्दीको मारुनी नाच ……… विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा पुगेका पाहुनाहरुको स्वागतका लागि मगर समुदायको मौलीक मारुनी नाच प्रस्तुत गर्दै कलाकारहरु । तस्विर सन्तोष गौतम

तातोपानीमा पर्यटक…..

विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्दै पर्यटकहरु । पर्यटकीय याम भएकाले तातोपानी स्नानका लागि आउने पर्यटकको चहलपहल बढेको छ । तस्विर नवविकल्प

घराम्दीको आलु खेती

विकल्प न्यूज/बेनी बैशाख २७ गते । अन्नपूर्ण गाउँपालिका ७ घराम्दीका कृषकले गरेको आलु खेती । तस्विर विकल्प न्यूज

जमराबाट जुस !

जमराबाट जुस ! विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको मल्जाजी  जुस पसलमा जुस बनाउनका लागि  गरिएको जमरा खेती । स्वास्थ्यवद्र्धक मानिने जमरालाई प्रशोधन गरि जुस बनाएर बिक्री गरि राम्रो आम्दानी गरेका छन् । पछिल्लो समय जमराको जुसको माग वढेको छ ।  तस्विर सन्तोष गौतम

महादेव माविमा कम्प्युटर सिक्दै…

विकल्प न्यूज/बेनी बैशाख २० गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माविमा प्रवासमा रहेका पूर्व विद्यार्थीको सहयोगमा कम्प्युटर सिक्दै विद्यार्थीहरु । तस्विर सन्तोष गौतम

फराकिलो बन्दै बेनी–दरवाङ सडक

विकल्प न्यूज/बेनी बैशाख १९ गते । बेनी–दरवाङ सडक योजना अन्तरगत म्याग्दीको बेनी नगरपालिका ४ सिंगाको कुनाताल क्षेत्रमा पहाड काटेर सडक फराकीलो बनाइदै । बैशाख १० गतेदेखि बिहान ५ देखि ९ र दिउँसो १२ देखि ४ बजेसम्म सवारी रोकेर सडक फुटाउने काम गरिँदै आएको निर्माण कम्पनीले जनाएको छ । तस्विर विकल्प न्यूज  

पाहुनाको स्वागत …..

पाहुनाको स्वागत विकल्प न्यूज/बेनी बैशाख १८ गते । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा आउने पाहुँनाहरुलाई फुलमालाले स्वागत गर्न वसेका महिलाहरु । तस्विर विकल्प न्यूज

पर्यटकलाई सास्ती …

विकल्प न्यूज/बेनी बैशाख १८ गते । मुस्ताङको जोमसोम देखि मार्फातर्फ पैदलमार्ग भएर जादै गरेका पर्यटकहरु । सडकको धुलो र सवारी साधनले फ्याँक्ने धुवाँले पदयात्रामा आएका पर्यटक दुखित छन् । तस्विर विकल्प न्यूज

तातोपानीमा पर्यटक…..

विकल्प न्यूज/बेनी बैशाख १८ गते । तातोपानीमा पर्यटक….. म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्दै पर्यटकहरु । पर्यटकीय याम भएकाले तातोपानी स्नानका लागि आउने पर्यटकको चहलपहल बढेको छ । तस्विर सन्तोष गौतम  

महभिर–घराम्दी–पेरीभारानी सडकको भब्य उद्घाटन (फोटोफिचर)

सन्तोष गौतम /विकल्प न्यूज घराम्दी १५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ घराम्दीमा स्थानीय बासिन्दाले एक करोड रुपैयाँ भन्दा बढी चन्दा जुटाएर निर्माण गरेको सडकको शनिबार उद्घाटन गरिएको छ । महभिर घराम्दी पेरीभारानी सडक उपभोक्ता समितिले आयोजना गरेको समारोहमा घराम्दी घर भई हाल बेलायत निवासी बरिष्ठ चन्दादाता होमबहादुर फगामी र ९४ वर्षिया जेष्ठ नागरिक तिलीसरा […]

बेगमा तयार भयो खानेपानी ट्याङ्की

रघुगंगा गाउँपालिका १ मा सञ्चालित बृहत बेगखोला खानेपानी तथा सरसफाई आयोजनाको एक लाख लिटर क्षमताको रिजर्भ टंकी । तस्विर नवविकल्प

अन्नपूर्ण गाउँपालिकाको हिस्तान राम्चे सडक स्तारोन्नती तथा मर्मतको काम गरिँदै

अन्नपूर्ण गाउँपालिकाको हिस्तान राम्चे सडक स्तारोन्नती तथा मर्मतको काम गरिँदै । तस्विर नवविकल्प

राम्चेमा लोभलाग्दो आलुखेती

विकल्प न्यूज/बेनी बैशाख १२ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा गरिएको आलु खेती । यस क्षेत्रका बासिन्दाले आलु खेतीलाई मुख्य आयस्रोत बनाएका छन् । तस्विर नवविकल्प