फिचर
रत्नेचौरको सुन्दरता ‘बुढो पोखरी’ (फोटोफिचर)
विकल्प न्यूज/बेनी फागुन २१ गते । बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा रहेको बुढो पोखरीले रत्नेचौरको सुन्दरता थपेको छ । दशकौं अगाडि गाई भैंसीलाई पानी खुवाउन र पौडिनका लागि निर्माण गरिएको उक्त पोखरीको स्तर उन्नति भएसँगै पर्यटनको केन्द्र बन्न थालेको छ । पोखरीबाट धौलागिरि हिमाल देख्न सकिन्छ । पोखरीको संरक्षणमा वडा कार्यालय जुटेको छ ।
तातोपानी कुण्डमा भीड ((फोटोफिचर) )
विकल्प न्यूज/बेनी फागुन १७ गते । तातोपानी कुण्डमा भीड । म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको तातोपानी कुण्डमा स्नान गर्न आएका विरामीहरुको भीड । कोरोना महामारीका कारण बन्द भएको कुण्ड फागुन १ गते देखि पुन सञ्चालनमा आएसँगै कुण्डमा स्नान गर्न आउने विरामीहरुको भीड लाग्ने गरेको छ । तस्विर ः ठाकुरप्रसाद आचार्य /’बेनी
‘म्याग्दी प्रेस’ दैनिकको लोकापर्ण (फोटोसहित)
विकल्प न्यूज/बेनी फागुन ७ गते । म्याग्दीको सदरमुकाम बेनीबाट प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार देखि ‘म्याग्दी प्रेस’ देनिकको प्रकाशन शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्दबहादुर केसीले पत्रिकाको लोकापर्ण गर्नुभएको हो । विगत एकदशक भन्दा वढी रेडियो र कलाकारिता क्षेत्रमा क्रियाशिल संचारकर्मी अमित विश्वकर्माले पत्रिकाको प्रकाशन गर्नुभएको हो । पत्रिकाको लोकापर्ण गर्नुहुँदै […]
सुन्तला खेतीबाट समृद्ध बासखर्क
ठाकुरप्रसाद आचार्य/जलजला माघ २९ गते । पर्वतको जलजला गाउँपालिका १ बासखर्कका भुवन पाइजाले वार्षिक १५ लाख रुपियाँ बराबरका सुन्तला विक्री गर्नुहुन्छ । विगत १५ वर्ष देखि उहाँले व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएको छ । ३० रोपनी जमिनमा एकहजार बोट सुन्तलाका विरुवा उहाँको फर्ममा छन् । पाइजाले मात्र होइन बासखर्कका दुईसय १० घरपरिवारले वर्षौ देखि […]
तस्विरमा हेर्नुहोस म्याग्दी बहुमुखी क्याम्पसको २० औं क्याम्पस सभा तथा ११ औं अधिवेशन
विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको आइतबार २० औं क्याम्पस सभा तथा ११ औं अधिवशेनको उदघाटन सत्र सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले सभाको उदघाटन गर्नुभएको हो । सभाको उदघाटन गर्नुहुँदै सांसाद थापाले जिल्लाको शैक्षिक विकासका लागि क्याम्पसले खेलेको भूमिकाको चर्चा गर्नुभएको छ । उहाँले सवैको सामुहिक […]
मतदाता नामावलीमा नाम दर्ता गर्न मंंगलामा सकस (फोटो फिचर)
विकल्प न्यूज/बेनी पुस ८ गते । मतदाता नामावलीमा नाम दर्ता गर्न मंगलाका सर्वसाधरणहरु राती सम्म बस्नुपरेको छ । निर्वाचन कार्यालय म्याग्दीले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत मंगला गाउँपालिकामा बुधवार र विहिवार गाउँगाउँबाट आएका सर्वसाधरणहरुले नामावली दर्ता गर्न राती १० बजे सम्म बस्नुपरेको गुनासो गरेका छन् । मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि […]
वरीपरी हिउँले घेरिएको मुस्ताङको ढुम्बा ताल(फोटो कथा)
ठाकुरप्रसाद आचार्य/मुस्ताङ पुस ४ गते । वरीपरि रहेका निलगिरि हिमाल,धौलागिरि,मानापाथी लगायतका हिमश्रृङ्खलाको मनोरम दृश्य । अनि ढुम्बा ताल ! मुक्तिनाथ पुग्ने पर्यटक चिसो मौसमको प्रवाह नगरी घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल पुग्छन् । जोमसोमबजारबाट १५ मिनेटमा यहाँ पुग्न सकिन्छ । ताल सम्म पुग्नका लागि सडक निर्माण गरिएको छ । ढुम्बा तालमा पुग्ने पर्यटकले […]
पर्यटकीय स्थल टोड्केमा म्याग्दी मिडिया सोसाइटीको अधिवेशन सम्पन्न (फोटोफिचर)
विकल्प न्यूज/बेनी मंसिर २४ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा म्याग्दी मिडिया सोसाइटीको पाँचौं साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रकार टोड्के स्थित टोड्के हिल रिसोर्टमा सम्पन्न संस्थाको अधिवेशनले पुन कमल खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हरिकृष्ण गौतम,सचिव अमित विश्वकर्मा, कोषाध्यक्ष ठाकुरप्रसाद आचार्य,सहसचिव राकेश शर्मा र सदस्यहरुमा सन्तोष […]
बेनीमा जेसीज कप फुटबल प्रतियोगिताको १९ औं संस्करण सुरु (फोटो)
विकल्प न्यूज/बेनी मंसिर २२ गते । सदरमुकाम बेनीमा बुधबार देखि १९ औं जेसिज कप फुटबल प्रतियोगिता सुरु भएको छ । अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगितामा जिल्लाभरबाट २१ विद्यालयको सहभागिता रहेको जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता मंगलबार उद्घाटन गरिएको थियो । प्रतियोगिता मंसिर २५ गतेसम्म संचालन हुने छ । […]
गलेश्वरमा शतवीज छर्ने भक्तजनको चहलपहल (फोटोफिचर)
विकल्प न्यूज/बेनी मंसिर १७ गते । म्याग्दीको प्रशिद्ध गलेश्वरधाममा बालाचतुदर्शीका दिन (आज) सदवीज छर्ने भक्तजनहरुको चहलपहल देखिएको छ । कोरोना महामारीका लामो समय देखि सुनसान बनेको मन्दिरमा आज भने भक्तजनको चहलपहल भएको हो । सतवीज छर्न म्याग्दीका साथै बागलुङ,पर्वत लगायतका जिल्लाहरुबाट भक्तजनहरु आएका छन् । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका […]
जलजलाको गौशालामा हुर्किदै छन गाईहरु (भिडियो/फोटो)
विकल्प न्यूज/बेनी मंसिर १६ गते । स्थानीय जातका गाईको सरक्षण गर्न पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा गौशाला स्थापना गरिएको छ । लोपहुँदै गएको स्थानीय जातका गाईको संरक्षण गौशाला स्थापना गरिएको हो । गौशालामा हाल स्थानीय जातका ३२ वटा गाईहरु छन् । गण्डकी गोपाल गौशालाले दुईवर्ष अघि नेपालमै पहिलो पटक गौ महोत्सव आयोजना गरेको थियो । […]
बेनीमा मगरमुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन सुरु(फोटोफचर)
विकल्प न्यूज/बेनी मंसिर ८ गते । विप्लव नेतृत्वको नेकपाको भातृ संगठन मगरमुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन बेनीमा सुरु भएको छ । बेनीको खुल्ला मञ्चमा सम्मेलनको उद्घाटन नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले गर्ने जनाइएको छ । सम्मेलनमा देशभरबाट करिब ४ सय प्रतिनिधिहरु सहभागि भएका मगर मुक्ति मोर्चाका संयोजक गमबहादुर श्रीसमगरले बताउनुभयो । सम्मेलनका अवसर बेनीमा […]
कांग्रेस म्याग्दीको अधिवेशन : मतगणना सुरू
विकल्प न्युज/ बेनी म्याग्दी, ३ कात्तिक । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापती , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको मतगणना सुरु भएको छ । मतदानमा कुल ७३५ मतदातामा ७१२ मत खसेकाे छ । महाधिवेशन प्रतिनिधि वाट मतगणना सुरू गरीएको छ । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन […]
कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनमा निर्बिरोध नभएका पदमा मतदान सुरु (फोटो/भिडियो)
विकल्प न्यूज/बेनी मंसिर २ गते । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान सुरु भएको छ । अधिवेशनमा समापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भएपनि उपसभापति, सचिव, सह-सचिव र महाधिवेशन प्रतिनिधि लगायतका पदमा मतदान मार्फत टुंगो लगाउन लागिएको हो ।
नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन सुरु (फोटो\भिडियो)
विकल्प न्यूज/बेनी मंसिर १ गते । नेपाली काँग्रेस म्याग्दीको आगमी नेतृत्व चयनका लागि बेनीमा सातौं जिल्ला अधिवेशन सुरु भएको छ । अधिवेशन सुरु हुनभन्दा पहिला बेनीमा काँग्रेसले बाजागाज सहित ¥याली निकालेको छ ।