रत्नेचौरको सुन्दरता ‘बुढो पोखरी’ (फोटोफिचर)

विकल्प न्यूज/बेनी
फागुन २१ गते । बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा रहेको बुढो पोखरीले रत्नेचौरको सुन्दरता थपेको छ । दशकौं अगाडि गाई भैंसीलाई पानी खुवाउन र पौडिनका लागि निर्माण गरिएको उक्त पोखरीको स्तर उन्नति भएसँगै पर्यटनको केन्द्र बन्न थालेको छ । पोखरीबाट धौलागिरि हिमाल देख्न सकिन्छ । पोखरीको संरक्षणमा वडा कार्यालय जुटेको छ ।