फोटो
दिदीबहिनीको सहयोगी हात
म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत बेनपा १० तोरीपानीका गोपाल खत्रीलाई बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाद्धारा नगद पाचहजार पाचसय ५५ रुपियाँ सहयोग गर्दै । आर्थिक अभावमा खत्रीले अध्ययनलाई निरन्तरता दिन समस्या भएको समाचार विभिन्नि मिडियाहरुबाट आएपछि अहिले सहयोग मनहरु बढीरहेका छन् । तस्विर विकल्प न्यूज
सडकको यस्तो अवस्था कहिले सम्म ?
विकल्प न्यूज/बेनी असार १४ गते । बेनी जोमसोम सडक अन्तर्गत घार गाविसको रातोपानीमा यात्रुवाहक वस हिलोमा फसेपछि धकल्दै यात्रुहरु । सरोकारवाला निकायले समयमै सडक मर्मतमा ध्यान नदिँदा बेनी जोमसोम सडकको ठाउँठाउँमा यात्रुहरुले यस्तै समस्या भोग्दै आएका छन् । तस्विर ठाकुरप्रसाद आचार्य / म्याग्दी
आफ्नै माटो प्यारो लाग्ने परिश्रमी युवा ……
विकल्प न्यूज/बेनी पर्वत धाइरिङ,असार १० गते धाइरिङ सल्यानका युवा कृषक योग्रेन्द्र पौडेल काक्रोको विउ निकाल्ने तयारी गर्दै । पाँचवर्ष कतारमा वसेर आउनुभएका पौडेलले अहिले गाउँमै व्यवसायिक तरकारी खेती गर्नुभएको छ । उहाँले तरकारी खेतीबाट वार्षिक ३ लाख रुपियाँ बचत गर्नुहुन्छ । विदेशमा गर्ने श्रम स्वदेशमै गर्न सके प्रशस्त पैसा कमाउन सकिने पौडेलको अनुभव छ । […]
धाइरिङमा रोपाई – छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला … (फिटोफिचर)
विकल्प न्यूज/बेनी असार ५ गते । यसपाली असार लागेसँगै कृषकहरुलाई रोपाईको चटारो सुरु भएको छ । यो वर्ष मनसुन समयमै सुरु भएकाले किसानहरुलाई केही राहत मिलेको हो । प्रमुख अन्नबालीको रुपमा रहेको धान असारमा रोपेसँगै मंसिरमा भित्राउन तयार हुन्छ । मानो रोपेर मुरी फलाउने समय भएकाले अधिकांश कृषक यतिवेल व्यस्त छन् । गाउँघर तिर छुपुछुपु […]
ठूलोबगरमा बन्यो पुल
विकल्प न्यूज/बेनी असार २ गते । म्याग्दीको घार ९ रातोपानी देखि भुरङ ८ ठूलोबगर जोडन् कालिगण्डकी नदी माथि झोलुङगे पुल निर्माण भएको छ । जिल्ला विकास समिति म्याग्दी,विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) परियोजनाको आर्थिक सहयोग र स्थानीयवासीहरुको श्रमदानमा उक्त पुलको निर्माण गरिएको हो । पुल निर्माण पछि यहाँका वासिन्दाहरुलाई आवतजावत गर्न […]
विकसीत हुँदै दरबाङ बजार ….
विकसीत हुँदै दरबाङ बजार …. पश्चिम म्याग्दीको व्यापारिक केन्द्रको रुपमा विकास हुँदै दरवाङ बजार । पछिल्लो समय दरवाङ बजारमा वित्तिय संस्थाहरु खुल्ने क्रम वढ्दै गएको छ । तस्विर ठाकुरप्रसाद आचार्य
यस्ता छन् बेनीको क्याम्पस चोक वाढीका तस्विरहरु
विकल्प न्यूज/बेनी जेठ ३० गते । तस्विरहरु ठाकुरप्रसाद आचार्य
लेखपढ गर्न सिक्दै……
बेनीको म्याग्दी पुस्तकालयमा सञ्चालित उज्यालो वैकल्पीक विद्यालयमा अंक, अक्षर लेखपढ गर्न सिक्दै महिलाहरु । तस्विर सन्तोष गौतम
मुना गाविसमा डोके एम्बुलेन्स…..
म्याग्दीको मुनामा बिरामीलाई डोकोमा बोकेर स्वास्थ्य संस्थातर्फ लगीँदै । तस्बिर : रासस
मुना गाविसमा सडक पु¥याउन
विकल्प न्यूज/बेनी म्याग्दी जेठ २४ गते । दुर्गममा सडक ः जिल्लाको दुर्गम मुना गाविसमा सडक पु¥याउन डोजरद्धारा ट्याक खन्दै । तस्विर सन्तोष गौतम
मेहनती महिला …
विकल्प न्यूज/बेनी जेठ २४ गते । बेनी नगरपालिका ४ रोटेकी एक महिला आफूले उत्पादन गरेको काक्रो देखाउँदै । पछिल्लो समय यहाँका महिलाहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित हुन थालेका छन् । तस्विर सन्तोष गौतम
पुरा भयो सिँचाई नहर
विकल्प न्यूज/बेनी जेठ २३ गते । सिचाई विकास सब डिभिजन कार्यालय म्याग्दीद्धारा बेनपा ३ बिमीराबोटमा सञ्चालित अधेरीखोला सिन्धाली सिचाई आयोजनाको नहर । तस्विर नवविकल्प
सरसफाई अभियानमा हाम्रो पनि साथ छ
विकल्प न्यूज/बेनी जेठ २३ गते । ४३ औ विश्व वातावरण दिवसका अवसरमा बेनी बजारमा रहेको लिटल गार्डेन एकेडेमीले कालिगण्डकी – म्याग्दी नदी सरसफाइ गरेको छ । वास पत्रकार मञ्च म्याग्दीले थालनी गरेको अभियानलाई सफल पार्न आइतवार विद्यार्थीहरुले सरसफाइ गरेका हुन । विद्यालयले पछिल्ला तिन वर्ष यता वातावरण दिवसका अवसरमा नदी सरसफाइ गर्दै आएको छ । […]