ठूलोबगरमा बन्यो पुल

विकल्प न्यूज/बेनी
असार २ गते ।
म्याग्दीको घार ९ रातोपानी देखि भुरङ ८ ठूलोबगर जोडन् कालिगण्डकी नदी माथि झोलुङगे पुल निर्माण भएको छ । जिल्ला विकास समिति म्याग्दी,विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) परियोजनाको आर्थिक सहयोग र स्थानीयवासीहरुको श्रमदानमा उक्त पुलको निर्माण गरिएको हो । पुल निर्माण पछि यहाँका वासिन्दाहरुलाई आवतजावत गर्न सहज भएको छ । पुलको विहिवार एक कार्यक्रमको आयोजना गरेर उद्दघाटन गरिएको छ । पुल निर्माणमा स्थानीय गैरसरकारी संस्था मिलन म्याग्दीले सहजीकरण गरेको थियो । तस्विर ठाकुरप्रसाद आचार्य 13450720_1017856124934918_3309187182728987006_n DSC00517