खेलकुद

अन्नपूर्ण गाउँपालिकाद्धारा किर्तिपुर मेयर कप विजेता खेलाडीलाई सम्मान

विकल्प न्यूज/बेनी असार १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रव्यापी अन्तर स्थानीय तह ९यू १८० मेयेर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भई विजयी बन्न सफल खेलाडिहरुलाई सम्मान गरेको छ । किर्तिपुर नगरपालिकाको आयोजनामा असार २ गतेदेखि ९ गते सम्म काठमाडौँमा संचालन भएको पुरुष बास्केटबल प्रतियोगितामा प्रथम स्थान हाँसिल गरि म्याग्दी फर्किएको अन्नपूर्ण गाउँपालिकाबाट […]

पर्वतलाई ठेलो प्रतियोगिताको उपाधि

विकल्प न्यूज/बेनी जेठ २० गते । म्याग्दीको बेनी स्थितखुल्ला मञ्चमा शनिबार भएको गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो प्रतियोगिताको उपाधि पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थानमा पर्वतनै विजयी प्राप्त ग¥यो । म्याग्दीसंगै पर्वत र बागलुङका ११ जना खेलाडी सहभागि भएको ठेलो प्रतियोगितामा पर्वतबाट हुनुभएका […]

बेनीमा ठेलो खेलको प्रदेशस्तरीय प्रतियोगिता हुने

ठाकुरप्रसाद आचार्य/बेनी जेठ १६ गते । म्याग्दीको बेनीमा परम्परागत ठेलो खेलको गण्डकी प्रदेशस्तरीय प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दीको व्यवस्थापनमा जेठ २० गते बेनीको खुल्ला मञ्चमा दोस्रो प्रदेश स्तरीय परम्परागत ठेलो खेल प्रतियोगिता संचालन हुने भएको हो । परम्परागत संस्कृतिका रुपमा रहेको ठेलो खेलको संरक्षण […]

बौद्ध युवा क्लवले जित्यो सेभेन ए साइड फुटबल

धु्रवसागर शर्मा \ विकल्प न्यूज म्याग्दी १ वैशाख म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा आयोजना गरिएको रु एक लाख पुरस्कार रासीको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवाक्लव बेनी मंगलाघाटले जितेको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवाक्लवले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रवार (आज) भएको फाइनल खेलमा रिभरसाइड युवा क्लवलाई चारका […]

प्रौढ भलिबलको उपाधि हिस्तानले जित्यो

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख १ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा जारी अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तर्फको प्रौढ भलिबलको उपाधि वडा नम्बर ७ हिस्ताले जितेको छ । शुक्रबार वडा नम्बर ७ घराम्दीमा भएको फाइनलमा खेलमा वडा नम्बर ५ शिखलाई ३–२ को सेटमा जित निकाल्दै हिस्तानले उपाधि हासिल गरेको हो । प्रौढ भलिबल प्रतियोगितामा प्रत्येक वडाबाट […]

बगरफाँटमा एक लाख पुरस्कारको सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

धु्रवसागर शर्मा/विकल्प न्यूज म्याग्दी २८ चैत म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा मंगलवार (आज)देखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँवर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख […]

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य /म्याग्दी चैत २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ हिस्तानको घराम्दीमा सोमबार देखि पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता र वास्केटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा(खम्बिर)ले उद्घाटन गर्नुभयो । प्रतियोगिता आगमी वैशाख १ गते सम्म सञ्चालन हुने […]

‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लवलाई

विकल्प न्यूज\बेनी चैत ७ गते । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मंगलबार खुल्लामञ्चमा आयोजित फाइनल खेलमा कालिपुल युनाइटेड क्लबलाई पराजित गरेर पश्चिम म्याग्दीले बाजी मारेको हो । निर्धारित समय १–१ बराबरीमा टुंगिएपछि थपिएको २० मिनेटमा दुबै टिमबाट कुनै गोल हुन […]

बेनीमा म्याग्दी कप लिग फुटबल प्रतियोगिता सुरू

विकल्प न्यूज\बेनी चैत १ गते । बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि म्याग्दी कप सुपर लिग फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन गर्नुभयो । मन्त्री जुग्जालीले […]

म्याग्दी कपको तयारी पूरा

म्याग्दी, फागुन ३० गते । म्याग्दीको बेनीमा चैत १ गते देखि सञ्चालन हुने म्याग्दी कप–२०७९ आमिन्त्रत फुटबल लिगको तयारी पूरा भएको छ ।  म्याग्दी कप व्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सहआयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बेनीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता व्यवस्थापन समितिका संयोजक विक्रम सुवेदीले जानकारी दिनुभयो । ADV प्रतियोगितामा म्याग्दीका ८ सहित […]

पल्सर स्पोर्ट्स अवार्डबाट अरुणा वर्ष खेलाडी घोषित

विकल्प न्यूज/बेनी फागुन २३ गते । फुटबलका अन्जन विष्ट र भलिबलकी अरुणा शाही १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले मंगलबार आयोजना गरेको विशेष समारोहमा अन्जन पुरुषमा र अरुणा महिला स्पर्धामा वर्ष खेलाडी घोषित भएका हुन् । पुरुषतर्फ अन्जनले क्रिकेटका दीपेन्द्रसिंह […]

रचनात्मक कार्यमा बगरफाँटका युवा ः खेलकुद मार्फत चिनाउँदै गाउँ समाज

धु्रवसागर शर्मा /विकल्प न्यूज फागुन २१ गते । राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरु प्नि मौलाउँदै गएका छन् । तर,म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरुले विभाजित समाजमा मौलाउँदै गएका विकृति र विसंगतिहरुलाई रोक्दै विभिन्न रचनात्मक कार्यहरु मार्फत समाजलाई जोड्ने र गाउँलाई चिनाउने कार्यहरु गर्दै आएका […]

सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन्

विकल्प न्यूज/बेनी फागुन १९ गते ।  म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् । सुकुम्बासी परिवारकी […]

म्याग्दीमा पहिलोपटक लिग फुटबल प्रतियोगीता हुने

विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दीमा पहिलो पटक ‘म्याग्दी कप’ लिग फुटवल प्रतियोगिता हुने भएको छ । म्याग्दी कप ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा आगामी चैत १ गते देखि १० गतेसम्म सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा लिग फुटवल प्रतियोगिता हुने भएको हो । विहिवार बेनीमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत सो कुराको […]

बेनी नगरले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्युज / बेनी फागुन १३ गते । बेनीमा शनिबनर सम्पन्न भ्एको जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा बेनी नगरपालिकाले १५ स्वर्ण,७ रजत र ८ काँस्य पदक जितेको हो । प्रतियोगितामा ५ स्वर्ण, ७ रजत र ३ काँस्य सहित अन्नपुर्ण गाउँपालिका द्धितीय […]